मोरङ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले विद्यार्थीलाई हात धुने तालिम दिएको छ । क्लबको २५ औं स्थापना दिवसमा अयोजित साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार हात धुने तालिम दिइएको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत आइतबार तेश्रो दिन नगरका बुद्ध मा.बि., मिलन प्रा. बि., दुर्गा आ.बि., सरस्वती आ.बि., सिदार्थ प्रा.बि., भागिरथ मा.बि., बाल कल्याण मा.बि., बाल जागरण विद्या मन्दिरमा पुगेर विद्यार्थीहरुलार्इ हात धुने तालिम सञ्चालन गरेको आयोजक क्लबका अध्यक्ष नविन कार्कीले बताए ।
सात दिनसम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक रेस, स्लो साइकल रेस, हाजिरी जवाफ, रचना वाचन, रक्तदान, हात धुने तालिम सञ्चालन हुनेछ ।
त्यसैगरी ढल्के जोवन फुटबल, तृष्ण बुद्धि परीक्षण, सांस्कृतिक कार्यक्रम, जातीय झाँकी लगाएतका कार्यक्रमहरु रहेको अयोजक क्लबका अध्यक्ष नविन कार्कीले बताए ।