सुनसरी । जाडो बढेपछि चतरामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोस्टले दाउरा वितरण गरेको छ । अत्यन्तै चिसो र हुस्सु बढेपछी शनिबार बराहक्षेत्र १ चतरा बजारमा सशस्त्र प्रहरी बलले आगो बाल्नका लागि दाउरा वितरण गरेको हो ।
चिसोमा वृद्धवृद्धा तथा बालबालिकाहरुलाई बढी समस्या भएकोले दाउरा र आगोले केही न्यायो दिन सकिने भन्दै बसपार्क, वडाकार्यालय, विभिन्न चोकलगायतका स्थानमा दाउरा वितरण गरिएको चतरा प्रमुख असोक न्यौपानेले बताए ।
बराहक्षेत्र १ मा रहेको बागेश्वरी सामुदायिक वनको दाउरा सहयोगमा वितरण गरेको न्यौपानेले बताए ।
बराहक्षेत्र १ चतरा बजारमा सशस्त्र प्रहरी बल चतराले सफा चतरा अभियान सञ्चालन गरेको ८ हप्ता पुरा भएको छ ।