सुनसरीको धरान उपमहानगरपालिका २० विष्णुपादुकाबाट लागुऔषध तथा जंगली जनावरको अंगसहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे बिष्णुपादुकाबाट धरान तर्फ जाँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोलाई चेक गर्ने क्रममा उनीहरुलाई पक्राउ गरको हो ।
टोलीले चेक गर्दा टेम्पुको सिटमुनी सेतो प्लाष्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा २४५ ग्राम अवैध लागुऔषध गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ थान, जंगली जनावर घोरल मृगको सिंग जस्तो देखिने स(साना सिंग ४ थान र कस्तुरी मृगको सिंग जस्तो देखिने छालासहितको सिंग २ थान बरामद गरेको हो ।
लागूऔषध तथा जंगली जनावरको अंग समेत बरामद भएसँगै उक्त टेम्पोका चालक धनकुटा सहिदभुमी गाँउपालिका १ घर भई धरान ११ बस्ने २९ वर्षीय नन्दीमान राई, सोही टेम्पोमा सवार सहिदभुमी गाँउपालिका १ घर भई धरान १ ,बस्ने १९ वर्षीय दिनेश भन्ने सबिन राई र उदयपुरको कटारी नगरपालिका(२ ताप्ली घर भई धरान ११ बस्ने २० वर्षीय सागर राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाएको सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा जंगली जनवारको सिंग र पंक्षीको प्वाख आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरान पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।