उदयपुरको छुट्टाछुट्टै स्थानमा मोटरसाईकल दुर्घटनाहुँदा २ जना चालकको मृत्यु भएको छ । मंगलबार साँझ पौने ७ बजे बेलका नगरपालिका–१ मा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
प्रदेश १–०२–०४६ प ४५३६ नम्वरको मोटरसाईकल दुर्घटनाहुँदा मोटरसाईकल चालक स्थानिय ३५ बर्षीय धन बहादुर तामाङ गम्भिर घाइते भएका थिए । घाइते तामाङलाई उपचारको लागि स्थानिय स्थास्थ्य चौकी लगिएको थियो । उनलाई अस्पतालमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
सोही दिन मंगलबारकाे साँझ साढे ७ बजे शोरुमबाट निकालेको नयाँ नम्बर प्लेट समेत नलेखिएको मोटरसाइकल कटारी नगरपालिका–११ स्थित सगरमाथा राजमार्गमा दुर्घटना भएको छ ।
अनटेष्टमा रहेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कटारी–११ का २४ बर्षीय यम्बर बहादुर श्रेष्टको घटना स्थलमा नै मृत्यु भएको छ । दुर्घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।







