मोरङ । मोरङको बक्राहा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।
रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ वर्षीया माया देवी शाहको मृत्यु भएको हो ।
बिहीबार अपरान्ह साढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् ।
इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा (शुक्रबार) आज बिहान साढे १० बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको उक्त कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।