मोरङ । मोरङको २ स्थानबाट नियन्त्रीत लागूऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् ।
शुक्रवार अपरान्ह ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रीत लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउ स्थितमा पैदल हिँडिरहेका धरान १५ का १९ वर्र्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र लेटाङ नगरपालिका ७ का १८ वर्षीय रोहन तामाङलाई चेक गर्दा उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।
यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेटसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८ वर्र्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपामसहित पक्राउ परेका हुन् । बीआर ३८ एच ६३५९ नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई रोकेर चेक गर्ने क्रममा मोटरसाइकलको सिट मुनी लुकाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो ।
लागूऔषधसहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।