सुनसरी । चौथो बराह गोल्डकप बराहक्षेत्र नगरपालिका २ चतरामा शनिबार (आज) सुरु हुँदैछ । शनिबार दिउँसो २ बजे हुने पहिलो उद्घाटन खेल बराहक्षेत्र फुटबल क्लब आयोजक र राष्ट्रिय जागृत फुटबल क्लव बीच हुने अध्यक्ष अनिल मगरले बताए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बराहक्षेत्र फुटबल क्लबको आयोजनामा गोल्डकप हुन लागेको हो । उदघाटन खेलमा बराहक्षेत्र नगरपालिका प्रमुख मेयर निलम खनाल प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।
उक्त गोल्डकपमा चर्च ब्यायज फुटवल क्लब काठमाडौ, एपीएफ काठमाडौं, डाँगिहाट फुटबल क्लब मोरङ, रेडहर्स फुटबल क्लब इलाम, धनकुटा फुटबल क्लब धनकुटा, राष्ट्रिय जागृती फुटबल क्लब इटहरी, एभरेस्ट फुटबल क्लब बराहक्षेत्र ३ (नडाहा) सुनसरी र आयोजक बराहक्षेत्र फुटबल क्लब चतरा गरी आठ फुटबल क्लबको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष अनिल मगरले बताए ।
झापा ११ र फ्रेन्स क्लब काठमाडौंलाई खेल जुधेका कारण यस पटक आउन नसक्ने भएपछि झापाको सट्टा ए.पि.एफ. काठमाडौं र फ्रेन्स क्लबको सट्टा रेड हर्ष क्लब इलाम सहभागी हुने मगरले जानकारी दिए ।
उक्त प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालयले संयोजक गरेको छ भने सहसंयोजक बराहक्षेत्र वडा नम्बर १ र २ रहेको छ ।