सुनसरी । बराहक्षेत्र वडा नम्बर २ चतरामा जारी चौथो टुबोर्ग बराह गोल्डकप फुटबल प्रतियोगिताको आइतबारको खेलमा डाँगीहाट फुटबल क्लब मोरङलाई हराउँदै धनकुटा फुटबल क्लब विजयी भएपको छ । खेलको निर्धारित समयसम्म दुबै टिमको १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमार्फत धनकुटा ३-२ गोल अन्तरले विजयी हुँदै खेलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा कुनै गोल भएन । दोस्रो हाफमा धनकुटाका मनकुमार राईले पहिलो गोल गर्दै खाता खोले । खेलको अन्तिम मिनेटमा डाँगिहाटका विदेश खेलाडी अबदुल्लाले गोल गरि खेललाई बराबरीमा पुर्यए । खेलको निर्णायक गोलको लागि टाइब्रेकर गर्नुपरेको थियो ।
टाइब्रेकरमा धनकुटाका सन्जय रम्तेल, बिजय भुजेल, विवेस गुरुङले गोल गरे भने अनिल चौधरी र मनकुमार राईलेगरेको प्रहार आउट भएको थियो । यता डागिहाटका बिक्रम तामाङ र मौसम लिम्बूले गोल गरे भने बिक्रम धिमाल, बिदेशी खेलाडी अबदुल्ल र सुरेन्द्र खबासले गरेको प्रहार धनकुटाका गोलरक्षक सनम राईले बचाए ।
उक्त प्रतियोगितामा धनकुटाका गोलरक्षक सनम राईले २ गोल सेभ गर्दै खेल जित्न सफल भए । उनी म्याद अफ द म्याच समेत घोषित भए । उनलाई बराहक्षेत्र वडा नम्बर १ र २ का वडाध्यक्ष सुरेन्द्र श्रेष्ठ र हरिकृष्ण भट्टराईले नगद ५ हजार रुपैयनन्सहित ट्र्फि प्रदान गरे ।
आदर्श माबिको खेल मैदानमा कात्तिक ९ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमलाई २ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लब वराहक्षेत्र फुटवल क्लवले जनाएको छ। यसैरी उपबिजेताले १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सोमबारकोको खेल चर्च ब्यइज फुटबल क्लब काठमाडौं र रेडहर्श फुटबल क्लब इलाम बीच हुने आयोजक क्लबका अध्यक्ष चन्द्रबहादुर मगरले बताए । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालय संयोजक तथा वडा १ र २ को कार्यालय सहसयोयोजक रहेका छन् ।