सुनसरी । बराहक्षेत्र प्याब्सनद्वारा आयोजित चौथो सप्ताह खेलकुद अन्तर्गतको शनिबारको फुटबल प्रतियोगितामा स्काई इङलिस स्कुल र आईरिस बराह विजयी भएका छन् ।
नडाहास्थित एभरेष्ट फुटबल क्लबको खेलमैदानमा भएको अन्तर विद्यालय फुटबल प्रतियोगिताको शनिबारको खेलमा आधारभुततर्फ चिल्ड्रेन हार्ट एकेडेमी बराहक्षेत्र ८ लाई २-१ गोल अन्तरले पराजित गर्दै आईरिस बराह एकेडेमी बराहक्षेत्र १ दोस्रो चरणमा पुगेको छ।
त्यस्तै माद्यामिकतर्फ टाइब्रेकरमा मुन बिम एकेडेमी बराहक्षेत्र ५ लाई ५ -६ गोल अन्तरले पराजित गर्दै स्काई इङलिस स्कुल बराहक्षेत्र ३ दोस्रो चरणमा पुगेको छ । खेलमा गोल रहित भए पछि स्काइ टाइब्रेकरमार्फत विजयी भएको हो ।
आधारभुततर्फ खेलको तेस्रो मिनेटमा चिल्ड्रेन हार्टका निश्चल राईले गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको सातौं मिनेटमा आइरिसका बिबेक मगरले गोल गर्दै खेलको पहिलो हाफसम्म बराबरीको स्थिति बनाए । दोस्रो हाफको १४औं मिनेटमा पेनाल्टिमार्फत आइरिसका नवराज राईले गोल गरे ।
आाधारभुततर्फ म्याच अफ द म्याच आइरिस बराहका जर्सी अनिस श्रेष्ठ घोषित भए । त्यसैगरी माद्यामिकतर्फ स्काई इङलिस स्कुल बराहक्षेत्र ३को सौज्नय रहेको उक्त म्याच अफ द म्याच स्काइका सुमन कार्की घोषित भए ।
आइतबार भने माद्यामिकतर्फ दुई खेल हुने अयोजक बराहक्षेत्र प्याब्सनले जनाएको छ । पहिलो खेल डिभाइन लाइट एकेडेमी बराहक्षेत्र ५ र गत वर्षको विजेता जय सप्तकोसी इङ्गलिस स्कुल बराहक्षेत्र १० बीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेल बराह राइजिङ्ग स्टार इङलिस बराहक्षेत्र २ र सुनसरी गार्डेन बराहक्षेत्र ६ बीच हुनेछ ।
प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।
उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।