Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सुनसरी गार्डेन दोस्रो चरणमा

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
10/11/2019
in खेलकुद
0
बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद : जय सप्तकोसी र सुनसरी गार्डेन दोस्रो चरणमा
199
SHARES
575
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र ३ नडाहामा जारी बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद अन्तर्गत आइतबारको खेलमा जय सप्तकोसी इङ्गलिस स्कुल बराहक्षेत्र १० र सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ विजयी भएका छन् । एभरेष्ट फुटबल क्लबको खेलमैदानमा जारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको आइतबार भएको माद्यामिकतर्फको दुवै खेलमा जय सप्तकोसी र सुनसरी गार्डेन विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा डिभाइन लाइट एकेडेमी बराहक्षेत्र ५ लाई ६-० गोल अन्तरले पराजित गर्दै गत वर्षको बिजेता जय सप्तकोसी इङ्गलिस स्कुल दोस्रो चरणमा पुगेको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको १५औं मिनेटमा जय सप्तकोसीका मिसेक लिम्बुले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमा जय सप्तकोसीका मनिष राईले गोल गरे । दोस्रो हाफको छैठौं मिनेटमा जय सप्तकोसीका पुजन उराँवले पेनाल्टिमार्फत गोल गरे । दोस्रो हाफको सातौं मिनेटमा जय सप्तकोसीका मिशेक लिम्बूले पुनः गोल गरे भने १०औं मिनेटमा मनिश राईले पुन गोल गरे ।

दोस्रो हाफको १४औं मिनेटमा जय सप्तकोसीका पुजन उराँवले पुनः गोल गरी खेल ६ – ० बनाए । प्रतियोगिताको म्यान अफ दि म्याज जय सप्तकोसीका मनिष राई घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बराह राइजिङ्ग स्टार इङ्गलिस स्कुल बराहक्षेत्र २ लाई १ – ० गोल अन्तरले पराजित गर्दै सुनसरी गार्डेन दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो हाफ गोल रहित भयो भने दोस्रो हाफको आठौं मिनेटमा सुनसरी गार्डेनका अर्कित शाहले गोल गरे । खेल रोमाञ्चक भएपनि शाहको सो गोल नै निर्णायक बन्न पुग्यो ।खेलको म्याच अफ दि म्याच सुनसरी गार्डेनका अर्कित शाह घोषित भए ।

सोमबार माद्यामिक स्तरीय दुई खेल हुने आयोजक बराहक्षेत्र प्याब्सन नगर कार्यसमितिले जनाएको छ । पहिलो खेल भरौल बाल मन्दिर बराहक्षेत्र ३ र जीवन ज्योति इङलिस स्कुल बीच हुनेछ भने दोस्रो खेल स्काइ इङलिस स्कुल बराहक्षेत्र ३ र सिर्द्धार्थ मेमोरियल इङलिस स्कुल बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने (आधारभुत र माद्यामिक) दुवै विधाका विद्यालयलाई नगद १५ हजार रुपैयाँ, २० तोला चादीँकोको सिल, मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाई १० हजार रुपैयाँ, मेडल तथा प्रमाण पत्र प्रदान गरिने बराहक्षेत्र प्याब्सनले जनाएको छ । साथै सम्पुर्ण बिधामा ट्रफी र मेडल प्रदान गर्नृ खेल संयोजक शरण लिम्बूले बताए । खेल ३० गतेसम्म सञ्चालन हुनेछ।

उक्त प्रतियोगितालाई सफल पर्न एभरेष्ट फुटबल क्लबले सहकार्य गरेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
चलचित्र ‘लभ डायरिज’ को गीतमा प्रिन्सी र प्रिज्माको ‘छम छम’

चलचित्र ‘लभ डायरिज’ को गीतमा प्रिन्सी र प्रिज्माको ‘छम छम’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.