सुनसरी । बराहक्षेत्र नगरपालिका अन्तर्गत खेलकुद विकास समितिको आयोजनामा आगामी चैत्र १ गते सुरु हुने भनिएको मेयर कप म्याराथम स्थगित भएको छ ।
अहिले विभिन्न देशमा देखा परेको कोरोना भाइरस संक्रमणको त्रासका कारण बराहक्षेत्र नगर प्रमुख निलम खनालले खेलकुद विकास समेतलाई दिएको आदेश अनुसार उक्त म्याराथन प्रतियोगिता स्थगित भएको हो ।
मेयर खनालको आदेश अनुसार खेलकुद समितिले तत्काल बैठक बसि कार्यक्रम हालको लागि स्थगित गरिएको खेलकुद संयोजक आसाराम चौधरीले बताए ।
सरकारले जारी गरेको सूचना अनुसार आमभेलातथा भिडभाड नगर्न अनुरोध गरेपछि सोही अनुसार स्थगित गरिएक संयोजक चौधरीले बताए । फागुन २२ गते नगरपालिकाले सार्वजनिक सूचना समेत निकालेको छ।
