बराहक्षेत्र । आयोजक न्यु जेनेरेशन निलोलाई १-४ गोलले पराजित गर्दै पन्चायन फुटबल क्लब रामधुनी दोस्रो न्यु जेनेरेसन च्यालेज (सेभेन साईज) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यु जेनेरेशन युवा क्लबले सो प्रतियोगिता बराहक्षेत्र ३ भरौलको महेन्द्र माद्यामिक विद्यालयको खेलमैदानमा सुरु भएको हो ।
आइतबार भएको दोस्रो खेलमा खेलको १६ मिनेटमा पञ्चायन फुटबल क्लबका तिर्थ बस्नेतले हानेको थ्री कि प्रहार सिधै गोलमा परिणत भएको थियो । खेलको २१ मिनेटमा आयोजक क्लबका अभिषेक गिरीले गोल फर्काएका थिए । पहिलो हाफको अन्तिम २९ मिनेटमा पुनः पञ्चायन फुटबल क्लबका तिर्थ बस्नेतले डेरिया बाहिरबाट हानेको प्रहारले सिधै जाली चुमेको थियो ।
खेलको दोस्रो हाफमा पञ्चायनका अभिषेक खड्काले ३४ मिनेटमा एक गोल गरे । खेलको थप २ मिनेटमा पन्चायनका तिर्थ बस्नेतले हानेको कर्नर किकलाई आयोजक क्लबका सचिन राईले आत्मघाती गोल गरेका थिए । अन्ततः रोमाञ्चक खेलमा पहिलो हाफमा आयोजकले राम्रो खेले पनी गोल गर्न पाएको अवसर गुमाएका थियो । यता पन्चायनले हानेको धेरै प्रहार आयोजकका गोलरक्षकले बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच पञ्चायनका तिर्थ बस्नेत घोषित भए । उनले नगद एक हजार एक सय रुपैयाँका साथै चेक पाएका थिए । सोमबारको खेल आयोजक क्लब र एपिएफ पूवाअञ्चल
बीच हुने आयोजक न्यु जेनेरेशन क्लबका अध्यक्ष अजित राजधामिले बताए ।
१५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र विधागतमा पुरस्कर समेत रहेको क्लवका अध्यक्ष राजधामिले बताए ।