सुनसरी । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार राति ९ बजे दुहबी २ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सहचालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराट अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा राति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।






