नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षका १५ जना नेताले आफुलाई गरिएको कारबाही स्वेच्छाचारी भएको बताउँदै अध्यक्ष केपी शर्मा ओलीका गतिविधि विरुद्ध डटेर लड्ने बताएका छन् ।
नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितका नेता एवम् सांसद गरेर ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको प्रति आक्रोश व्यक्त गर्दै नेताहरुले त्यसलाई स्वेच्छाचारी निर्णयको संज्ञा दिएका हुन् ।
उनीहरूद्वारा जारी सामूहिक वक्तव्यमा भनिएको छ, “ यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भत्र्सना गर्दछौँ ।”
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।