Thursday, January 29, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

खबरबिट by खबरबिट
15/07/2021
in पत्रपत्रिका
0
जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

फाइल फाेटाे

187
VIEWS
Share on FacebookShare on Twitter

कानुनी व्यवस्थाको धज्जी उडाउँदै विकास बजेटको एक तिहाइभन्दा बढी रकम असार मसान्त महिनामै खर्च भइरहेको छ । जनताबाट चुनिएका जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता, कर्मचारी र ठेकेदारको मिलेमतोमा असार महिनामा विकास बजेट सकाउन असारे विकासको प्रवृत्ति मौलाउँदै गएको छ ।

प्रदेश २ सरकार स्थापना भएको चार वर्षको अवधिमा विकास बजेटको दोहन असार मसान्तमा अत्यधिक हुने गरेको पाइएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ मा सरकारले पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । यसमध्ये ज्येष्ठ मसान्तसम्म ५ अर्ब ६७ करोड ७७ लाख ६८ हजार रुपैयाँमात्रै खर्च भएको छ । यो रकम २०७७ साउनदेखि २०७८ जेठ मसान्तसम्मको कुल बजेटको करिब एक तिहाइ पनि पुग्दैन । तर असार मसान्तमा मात्रै १२ अर्ब ३२ करोड ५२ हजार रुपैयाँ खर्च गरिएको छ । यो रकम ११ महिनामा खर्च भएको रकमको झन्डै दुई तिहाइ हो । खर्च भएको मध्ये एक तिहाइ हिस्सा अर्थात् झन्डै ६९ प्रतिशत असार मसान्तमा खर्च भएको हो ।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

गत आर्थिक वर्ष २०७६/०७७ मा वर्षभरिको कुल पुँजीगत खर्चमध्ये ४६।९५ प्रतिशत बजेट असार मसान्तमा मात्रै खर्च गरिएको थियो । त्यो वर्षको ११ महिना (२०७६ साउनदेखि २०७७ जेठ)सम्म कुल १९.८१ प्रतिशत मात्रै खर्च गरिएको थियो । यसरी कुल बजेट १७ अर्बमध्ये असार महिनामा मात्रै पुँजीगत बजेटको ८ अर्ब २३ करोड ८० लाख ७० हजार खर्च भएको थियो ।

आर्थिक कार्यविधि ऐन २०५५, आर्थिक कार्यविधि नियमावली २०६४ र व्यवस्थापिका संसद्मा महिनौं छलफल गरी कानुन सरह पारित बजेटका व्यवस्थाको उल्लंघन गरी असार मसान्तमै अत्यधिक खर्च गरिएको छ । आर्थिक वर्ष २०६८/०६९ को बजेटले यो विकृति रोक्न पुँजीगत खर्चमध्ये अन्तिम चौमासिक चैतदेखि असारसम्म ४० प्रतिशत र असार महिनामा मात्रै २० प्रतिशतभन्दा बढी खर्च नपाउने व्यवस्था छ । विगतका हरेक वर्षमा यो व्यवस्थाको व्यापक रूपमा उल्लंघन भएको पाइएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Tags: असारे विकासजनप्रतिनिधिठेकेदारपत्रपत्रिका

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.