रामधुनी । सुनसरीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले भोलि (शुक्रबार)देखि लागू हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे छ ।
भोलि शुक्रबारबाट सुरु हुने निषेधाज्ञा आगामी वैशाख २४ गतेसम्म रातिसम्म लागू हुने छ ।









