काठमाडौं । रौतहटमा एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।
इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् ।
उनी १६ गते भारतबाट फर्किएको पाइएको छ । लकडाउनको समयमा मध्यरातमा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो ।
क्वारेन्टाइनमा बसेकाहरूको २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित एक निको भइसकेका छन् । अरुको उपचार भइरहेको छ ।




