Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

२० करोडको स्वदेशी स्यानिटाइजर खपत

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
30/08/2020
in पत्रपत्रिका
0
२० करोडको स्वदेशी स्यानिटाइजर खपत
10
SHARES
244
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो।

नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ। उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ। ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन्। बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु ग¥यो। बजारको मागभन्दा चार गुणा बढी उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक महेशकुमार जजुको दाबी छ। वार्षिक उत्पादन १ हजार २ सय मेट्रिक टन छ। उनले उद्योगले निर्यातका लागि अनुमति माग गरेको सुनाए।

फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ। उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ। महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ। साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन्। गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

Tags: पत्रपत्रिकासेनिटाइजर

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
लायन्स क्लब र लियो क्लब अफ रामधुनी सिटीद्वारा विपन्न परिवारलाई मास्क र साबुन वितरण

लायन्स क्लब र लियो क्लब अफ रामधुनी सिटीद्वारा विपन्न परिवारलाई मास्क र साबुन वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.