Tuesday, January 13, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

‘राष्ट्रवाद’ का कारण भारतीय स्थल सेनापति आउँदा नेपाली सेनालाई अलग्गै दु:ख

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
11/11/2020
in पत्रपत्रिका
0
‘राष्ट्रवाद’ का कारण भारतीय स्थल सेनापति आउँदा नेपाली सेनालाई अलग्गै दु:ख
77
VIEWS
Share on FacebookShare on Twitter

एकथरि नेपाली छन्, जो कोही भारतीय पाहुना आए सडकतिर लम्पसार पर्नुलाई नै राष्ट्रवादी हुनु मान्दछन् । यस्तो ‘राष्ट्रवाद’ का कारण नेपाली सेनाले यसचोटि अलग्गै दुःख व्यहोरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा गत साता काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई ‘राष्ट्रवादी’ का कालो झण्डा र धर्नाबाट जोगाउन केही किलोमीटरकै दूरीभित्र हेलिकोप्टर प्रयोग गर्नुप¥यो । बाटो बदलेर गन्तव्य पु¥याउँदा अतिरिक्त समय पनि खर्च भयो ।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

सेनाले नरवाणेलाई पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट कटाएपछि देब्रेतिर लागेर तीनकुने, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजा पु¥याउने योजना थियो । तर, माइतीघर मण्डलामा कालोझण्डा बोकेर केही ‘राष्ट्रवादी’ भेला–जम्मा भएको सूचना पाउनासाथ सवारी रुट एकाएक फेरियो, गोल्डेनगेटबाट देब्रे लागेर कोटेश्वर, ग्वार्को, सातदोबाटो, बल्खु हुँदै कालिमाटी निकाली सोल्टी होटल पु¥याउने । यस्तो गर्दा निर्धारित समय तालिकाबाट केही समय बढी खर्च भयो, तर पाहुनालाई देशमा छिर्नासाथ कालो झण्डा हेर्नुपर्ने झण्झटबाट पार लगाइयो ।

नरवाणेपत्नी तथा इण्डियन आर्मी वाइभ्स एसोसिएसनकी अध्यक्ष बीनासहित एक मेजर जनरल र फुल कर्णेल रहेको चार सदस्यीय टोलीलाई त्यसपछिका यात्राहरू हेलिकोप्टरबाट गराइयो । उनीहरूलाई राखिएको होटल सोल्टीका तीनवटा सुइट रुमको ठीक बाहिरपट्टिबाटै उच्च सुरक्षासाथ कम्पाउण्डमा ल्याउनका लागि छाउनीस्थित रेञ्जर गण र बिशेष सुरक्षाबल सहितका विभिन्न बटालियनमध्ये कोही सैनिक पोशाकमा त कोही सादा पोशाकमा तैनाथ थिए ।

त्यसरी सोल्टीबाट जंगीअड्डा र त्यहाँबाट बालुवाटार, शीतल निवासका भ्रमण भने बुलेटप्रुफ गाडीमा बलियो सुरक्षा घेराबीच गराइएको थियो । त्यस प्रयोजनका लागि बाटोभरि सादा पोशाकका सेना छ्याप्छ्याप्ती थिए । यतिसम्मकि, प्रहरीबाट सूचना चुहिएला भनेर सेनाले त्यति बाक्लो समन्वय गरेन । नरवाणे हेलिकोप्टरबाट उपत्यका पृतनामा ओर्लिएपछि मात्रै दरबारमार्ग, सोह्रखुट्टे र मालिगाउँ प्रहरी बृत्तले चाल पाएका थिए । फर्किने दिन भने सोल्टीबाट उडेको हेलिकोप्टर त्रिअविस्थित सेनाको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुँदा दुबैको चासो थियो, दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने । विविध कारणले चिसिएको सम्बन्धलाई प्रगाढ बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताबारे कुरा गरे । नरवाणेले ‘शुरु गरौँ, म पनि पहल गर्छु’ भने । त्यसो त, उनी आफैँमा सुरक्षा क्षेत्रका मानिस हुन् । मिलिटरी डिप्लोमेसीले गर्ने धेरै होइन । तर, बन्धन खुल्छ भन्ने अपेक्षा नेपालको छ ।
नरवाणेको सम्मानमा आयोजित औपचारिक रात्रिभोजमा कुनै क्याटरिङलाई काम दिइएन । नवनिर्मित जंगी अड्डाको भुइँतलास्थित पुमोरी हलमा सेनाभित्रै तालिमप्राप्त कुकहरूले तयार पारेको परिकार थियो । त्यसअवसरमा पाइपर टोलीले बाजा बजाउँदै रात्रिभोजलाई रोमाञ्चित बनायो । स्कटल्याण्डको व्यागपाइपर टोलीजस्तै नेपाली सेनाले पनि राणाकालदेखि नै यस्तो अभ्यास थालेको हो ।
रात्रिभोजमा नरवाणेले मन्तव्य दिँदा कुनै लिखत पल्टाएनन्, मनमा जो लाग्यो, त्यही बोले । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले भने लेखेर तयार पारिएको शान्दार अंग्रेजी मन्तव्य व्यक्त गरे ।

नरवाणेको यो भ्रमणमा नेपाल र भारतीय सेनाबीच वर्षौंदेखि चल्दै आएको सैन्य अभ्यासको क्रम थप गर्ने सहमति भएको छ । भारतमा नेपाली सेनाबाट सयको हाराहारीमा विभिन्न दर्जाका सैनिकहरू तालिम लिन जाने गरेका छन् । अहिले कोभिड संक्रमण चुलिएको बेला पनि ७० को हाराहारीमा तालिमरत छन् । भारतमा नेशनल डिफेन्स कोर्ष ९एनडिसी० जानेको संख्यामा बृद्धि गरिने सहमति पनि भएको छ ।

यसचोटि नरवाणेमात्रै आएनन्, त्यसअघि नै सैन्य सहयोगका सामान काठमाडौं आइपुगेको थियो । उनको भ्रमणकै अवसरमा भारतले दिएको एम्बुलेन्ससहितका सामान सैन्य सहयोगअन्तर्गतका थिए ।

यसअघि सुशील कोइराला प्रधानमन्त्री रहँदा भारतीय सेनाले नेपाललाई ‘ध्रुव’ नामक ९ सीटे हेलिकोप्टर दिएको थियो । त्यही हेलिकोप्टरको एक अर्ब तिर्नुपर्ने भनिँदै छ । जनआस्था सप्ताहिकमा खबर छापिएको छ ।

Tags: नेपाली सेनापत्रपत्रिकाराष्ट्रवाद’

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
ग्रामीण क्षेत्रको कलेजलाई हेर्ने दृष्टिकोण बदलेका छौं : प्रधानाध्यापक बिष्ट

ग्रामीण क्षेत्रको कलेजलाई हेर्ने दृष्टिकोण बदलेका छौं : प्रधानाध्यापक बिष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.