बराहक्षेत्र नगरपालिकाको शिक्षा क्षेत्रलाई हेर्ने हो भने पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय तथा कलेजहरु सञ्चालनमा आएका छन् । केही वर्ष अघिसम्म सामुदायिक विद्यालयले मात्र उच्च शिक्षाको व्यवस्था गरेपनि यतिबेला निकै संख्यामा सामुदायिकसँगै नीजि विद्यालय र कलेजले अध्ययापन गराउन थालेका छन् ।
हाल बराहक्षेत्रमा २५ वटा निजि विद्यालय छन् । यहाँका विद्यार्र्थीहरु अंग्रेजी माध्यममा पढ्नकै लागि धरान, इटहरी वा विराटनगर जाने गर्थे । बराहक्षेत्रका विद्यार्थी अंग्रेजी माध्यममा पढ्न बाहिर जान रोक्नुपर्छ भनेर लामो समय विभिन्न कलेजमा अध्यपन गराउदै आएका शिक्षकहरुको समुहले २ वर्ष अघि जीवन ज्योति इङलिस स्कुल स्थापना गरेको थियो । बराहक्षेत्र नगरापलिकाका मेयर निलम खनालले सो स्कुल २०७५ सालमा स्थापना गरेका थिए । बराहक्षेत्रमा शैक्षिक गतिविधि, अवस्था, शिक्षाको गुणस्तर, कलेजका सुविधा तथा आकर्षणलगायतका विषयमा कलेजका प्रिन्सिपल दिवस बिष्टसँग खबरबिटकर्मी दीपक पुरीले गरेको कुराकानीको सम्पादित अंश :
१. विद्यालयले (प्लस टू)को स्थापना र यहाँ पढाइ हुने विषयको बारेमा केही जानकारी दिनुन ?
यस जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ बागझोडामा छ । २०७५ सालदेखि थप कक्षा ११ र १२ संचालन भएको हो । यश स्कुलले अंग्रेजी र नेपाली दुबै मिडियामा पढाई हुनेछ । यहाँ पढाई हुने बिषयहरु भनेको व्यवस्थापन संकाय सामाजिक शिक्षा, नेपाली, अंग्रेजी, लेखाबिधी, अर्थशास्त्र लगायत पढाइ हुँदै आएको छ ।
२. कस्ता किसिमका विद्यार्थीहरु यहाँ अध्ययन गर्न आउने गरेका छन् ?
बिशेष गरि अहिले हेर्ने हो भने यहाँ सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गर्न सबै वर्र्गीय परिवारका छोराछोरी पढ्न आउने गरेका छन् ।
३. खासगरी विद्यार्र्थीहरु अलि शहरमुखि वा भनौं सहरमा भएको कलेज जाने गरेका छन् । यहीँको उदाहरण दिने हो भने बराहक्षेत्रबाट धरान ,इटहरी, विराटनगरका कलेज वा ग्रामीण भेगका विद्यार्थी बजारको कलेजमा अध्ययन गर्ने परिपाटी पनि छँदैछ, यसमा यहाँको धारणा के छ ?
खासगरी भन्ने हो भने ग्रामीण क्षेत्रमा रहेको विद्यालयप्रति अभिभावकहरुको विश्वास बिद्यालयप्रति अलिक कम छ । भर्खरै एसइइ पास गरेका १७,१८ वर्षका किशोरकिशोरीहरुलाई शहरी परिवेशमा रमाउने चहाना भएको हुँदा ऊनी हरु गुणस्तरीय शिक्षा भन्दा पनि शहरी क्षेत्रमा जानलाई विद्यार्र्थीहरु बढी स्वतन्त्र हुने भएकोले गर्दा विद्यार्थीहरु बाहिर जाने गरेको छन् भन्ने मेरो बुझाइ छ ।
४. यो परिपाटीलाई रोक्न यस कलेज (प्लस टू)ले कस्तो कदम चालिरहेको छ ?
हामीले यस्तो परिपाटीलाई रोक्नका लागि कलेजले गुणस्तरीय शिक्षा तथा परिक्षाफल उन्मुख कार्यक्रम साथै बढीभन्दा बढी अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिरहेको छ । साथै पढाइसँगसँगै ऊनीहरुमा रहेका अन्य प्रतिभा समेत प्रष्फुटन गर्नका निमित्त विभिन्न प्लेटफर्महरु प्रदान गर्ने गरेको छौं । र विद्यार्र्थीहरुको चाहना अनुरुप यश कलेज अगाडि बढ्ने छ ।
५.अनि यहाँ विगतका दिनमा पनि निक्कै संख्यामा विद्यार्र्थीहरु अध्ययन गरिरहेका छन्, यो पक्कै पनि खुसीको कुरा हो । कलेजको कुनकुन पक्षले विद्यार्र्थीलाई आकर्षित गरिरहेको छ ?
२०७५ सालमै हामीले सोचे भन्दा पनि विद्यार्र्थीहरु भर्ना भएका थिए र अहिले पनि राम्रै संख्यामा विद्यार्र्थीहरुले अहिले पनि भर्ना भइरहेका छन् । विद्यार्थीहरुलाई आकर्षित गर्ने पक्ष भनेको अध्यपन पक्षनै हो । यश कलेजमा बिसौ वर्सदेखी स्नातकोत्तर पढाइरहेका शिक्षाकहरुले अध्ययापन गराउने गरेका छन् । शान्त वातावरण जहाँ कोलाहलरहित छ । यसैगरी स्वच्छ वातावरण रहेको समयमा बढी भन्दा बढी परीक्षामा जोड दिँदै आएका छौँ ।
६. ग्रामीण तथा स्थानीय स्तरमा सञ्चालित कलेजहरुको पढाइको गुणस्तर कमजोर हुन्छ भन्ने बुझाई कतिपय अभिभावकको हुनेगरेको छ ? वहाँहरुलाई कसरी प्रस्ट पार्नुहुन्छ ?
ग्रामीण तथा स्थानीय स्तरमा सञ्चालित कलेजहरुको पढाइको गुणस्तर कमजोर हुन्छ भन्ने बुझाईलाई हामीले अन्त्य गरेको छौं । किन कि यस कलेजमा अध्यापन गराउने शिक्षाकहरु दसौंवर्षदेखि धरान, इटहरीमा समेत अध्यनपन गराउँदै आउनु भएको छ । यश कलेजमा जति शिक्षकहरु छन् सबै लामो समयदेखि विभिन्न कलेजहरुमा आबद्ध रहेको र सबै अनुभवी समेत रहेका छन् । सबैभन्दा राम्रो पक्ष भनेको यश कलेजको व्यवस्थापन पक्ष हो । र यसकारण गुणस्तरीय शिक्षामा कमजोरी नरहेको प्रष्ट पार्दछु ।
७. यहाँ पढ्ने वा अब पढ्न चाहने अधिकांश विद्यार्थीको पारिवारिक पृष्ठभूमी हेर्दा कृषी पेशा अंगाल्ने गरेको देख्न सकिन्छ ? यो एक निजी विद्यालय तथा कलेज, शुल्क (फि) को संरचना केकस्तो छ ? अथवा तुलनात्मक रुपमा अन्यको भन्दा के छ ?
बराहक्षेत्र नगरपालिका भए पनि यो अझै गाउँ नै हो । यहाँ पढ्ने वा अब पढ्न चाहने अधिकांश विद्यार्र्थीको पारिवारिक पृष्ठभूमी हेर्दा प्राय सबै कृषि पेशामा आधारित छन् । तर पनि यो निजि क्षेत्रमा रहेको पहिलो निजि ंप्लस टु हो । हामीले विद्यालयमा सबैभन्दा सस्तो शुलभ र आर्थिक रूपमा कमजोर रहेका विद्यार्र्थीहरुलाई समेत छात्रवृत्ति दिने गरेका छौं । यहाँ नेपाली र इङलिस माध्यमबाट पढाइ हुने गरेको छ । जसमा सामुदायिक विद्यालयबाट आउने विद्यार्र्थीहरुको हकमा मासिक एक हजार तीन सय र निजी विद्यालयबाट आउने विद्यार्थीहरुको हकमा एक हजार ५ सय रुपैयाँ लिइरहेका छौं । सायद मलाई लाग्छ यति सस्तो अन्य विद्यालयमा नरहेको हाम्रो ठहर छ ।
८. विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि पाठ्यक्रममा भएको भन्दा बाहेक (अन्य क्षेत्र, व्यवहारिक ज्ञान आदीमा) के कस्ता कृयाकलाप सञ्चालन गर्ने गर्नुभएको छ ?
हामीले अतिरिक्त क्रियाकलाप खेलकुद व्यवसायी अध्ययनको लागि भ्रमण जस्ता मनोरञ्जन क्षेत्र, घुमघाम ऐतिहासिक अध्ययन अनुसन्धान जस्ता कार्यहरु गर्दै आएको र विद्यार्र्थीहरुको माग अनुसार अन्य क्रियाकलाप गर्दै लैजाने छौँ ।
९. अन्त्यमा यहाँका शिक्षक, कलेजको मुख्य विशेषता र आगामी दिनका योजनाहरु संक्षेपमा भनिदिनुहाला ?
शान्त वातावरणसहित स्तरीय भवन, स्मार्ट फर्निचर, मल्टी मिडिया लगायतका विद्यार्र्थीको सर्वाङ्गीण विकासका लागि सैद्धान्तिक र व्यवहारिक शिक्षाका अलावा अतिरिक्त कृयाकलाप तथा शैक्षिक गुणस्तर वृद्धीका लागि मल्टीमिडियाको प्रयोग गरी अध्यापन गराउन स्मार्ट वोर्डको प्रयोग गर्दै आएको छौै । अनुभवी शिक्षाकहरुद्वारा अध्यनपन गर्दै आएको र साथै आगामी दिन यशलाई समय र प्राविधि गतिशीलतालाई हेरि विद्यार्र्थीको चाहना अनुसार अगामी दिनमा विषयहरुको थप गर्दै लैजाने र भोलिको दिनमा स्नातक समेत यसै कलेजबाट पढाई गराउने योजना रहेको छ ।
१०. हवस्त । हामीलार्ई हजुरले यस कुराकानीको लागि समय दिनुभएकोमा धेरैधेरै धन्यवाद ।
मेरा भनाइहरु राख्ने मौका दिनुभएकोमा तपाईं र तपाई आवद्ध लोकप्रिय अनलाई पत्रिका खबरबिटलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु ।
[…] याे पनि पढ्नुहाेस् : ग्रामीण क्षेत्रको कलेजलाई हेर्ने दृष… […]