Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पत्रपत्रिका

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
15/05/2021
in पत्रपत्रिका
0
प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट
9
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। २०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रुपमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपथ लिँदै गर्दा राष्ट्रपतिले पढेका शब्द ईश्वर र प्रतिज्ञा उच्चारण गरेनन्। यसअघिका सपथ ग्रहण कार्यक्रममा पनि ईश्वर शब्द उच्चारण नगरेका ओलीले यसपटक सपथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट प्रतिज्ञा शब्द उच्चारण गर्न पनि अस्वीकार गरे।

READ ALSO

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्। तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालमा धार्मिक गतिविधिमा मोह देखाएका कारण कतिपयले ओलीले यसपटक ईश्वरका नाममा सपथ लिने विश्वास व्यक्त गरेका थिए। ओलीले चितवनको अयोध्यापुरीमा आफ्नै खर्चमा रामसीताको मूर्ति निर्माण गरेर प्रतिष्ठापन गर्नेदेखि पशुपतिमा अर्ब लगानीमा सुनको जलहरी लगाउने काम गरेका थिए।

सपथ ग्रहणका क्रममा प्रतिज्ञा गर्छु भन्नुको अर्थ जनता र मुलुकको संविधानप्रति बफादार छु भनेर प्रतिबद्धता जनाउनु थियो, जसलाई उच्चारण गर्न ओलीले अस्वीकार गरे। महत्वपूर्ण सार्वजनिक पद धारण गर्ने व्यक्ति मुलुक र जनताप्रति प्रतिबद्ध हुन सकून् र आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नेक्रममा दायाँबायाँ नगरुन् भनेर सपथ खुवाउने गरिन्छ।

ईश्वरप्रतिको आस्थाले गर्दा पनि ईश्वरका नाममा सपथ खाएपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिले गलत काम गर्दैन भन्ने विश्वास गरिन्छ । प्रधानमन्त्री ओलीले भने यसलाई आफूअनुकूल बनाएर ग्रहण गरे। उनको यो शैलीको सामाजिक सञ्जालमा आलोचना भएको छ। सपथ ग्रहणको एउटा प्रक्रिया हुन्छ, जसलाई पालना गर्नैपर्छ। नेपाल गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै प्रथम उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा ग्रहण गर्नुपर्ने सपथ हिन्दीमा लिएपछि त्यसले विवाद निम्त्याएको थियो। पछि उनले नेपाली भाषामै पुनः सपथ खानुपरेको थियो । यो समाचार नागरिक दैनिकमा छ ।

Tags: केपी ओलीपत्रपत्रिकाप्रधानमन्त्रीसपथ

Related Posts

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा
पत्रपत्रिका

शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

28/04/2025
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
FEATURE

जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी

02/04/2024
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
पत्रपत्रिका

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

05/11/2023
चिकित्सा शिक्षा आयोगको बदमासी
पत्रपत्रिका

चिकित्सा शिक्षा आयोगको बदमासी

20/08/2023
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
पत्रपत्रिका

सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण

05/06/2023
रोकिएन वैदेशिक रोजगारीको ठगी
अन्तर्राष्ट्रिय

रोकिएन वैदेशिक रोजगारीको ठगी

01/06/2023
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

जहाँ बिरामीको परीक्षणै हुँदैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.