Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

जहाँ बिरामीको परीक्षणै हुँदैन

पत्रपत्रिकाबाट (खबरबिट) by पत्रपत्रिकाबाट (खबरबिट)
15/05/2021
in प्रदेश खबर
0
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि
105
VIEWS
Share on FacebookShare on Twitter

भीमदत्त-१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एकरदुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन ।

जिल्लामा दैनिक डेढरदुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४र५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाँदै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन कपिलदेव जोशीले भने । उनका अनुसार केन्द्रबाट टोली नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउन निर्देशन आए पनि यसतर्फ पालिकाहरूले चासो दिएका छैनन् ।

छिमेकी मुलुक भारतमा दिनहुँ ३र४ लाखको संख्यामा संक्रमित थपिँदै छन् । यस्तो अवस्थामा पनि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट ९थ्री टी० को अवधारणा लागू गरेर रोकथामको प्रयास भइरहेको छ । कञ्चनपुरमै पनि गत वर्ष संक्रमण देखिँदा स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै खटिएका थिए ।

संक्रमित देखिनेबित्तिकै ट्रेसिङ र परीक्षणमा विशेष चासो दिइएको थियो । तर अहिले न स्वास्थ्यकर्मी देखिन्छन् न त जनप्रतिनिधि । ‘गत वर्ष स्रोतसाधन थियो, टिम पनि राम्रो थियो,’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘अहिले परीक्षणका लागि एन्टिजेन किट र भीटीएम नै छैन ।’ कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति पनि तयार नभएको उनले बताए । गत वर्ष भीमदत्त नगरपालिकाले २५ सय भीटीएम खरिद गरेर स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाएको थियो ।

‘अहिले एन्टिजेन किट पनि पाउन गाह्रो भयो,’ प्रमुख जोशीले भने, ‘नगरपालिकाले ५ सय किट खरिद गरेको छ तर आइपुगेको छैन ।’ उक्त किटहरू आइपुगेपछि कोरोनाबाट मृत्यु भएकाका आफन्तहरूको ट्रेसिङ र परीक्षण गरिने बताए ।

भीमदत्त नगरपालिकाले होम आइसोलेसनमा बसेकाहरूको निगरानीका लागि वडा स्तरमा टोली बनाएकाले अब छिटै अनुगमन गरेर उनीहरूको अवस्था बुझिने जोशीले दाबी गरे । तर नगरपालिकासँग यसपटक सक्रिय संक्रमितहरूको तथ्यांकसमेत छैन ।

कोरोना संक्रमण रोकथामका लागि कञ्चनपुरमा वैशाख १६ देखि जारी निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेर जेठ ७ सम्म पुर्‍याइएको छ । संक्रमणको दर भने नघटेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड– १९ फोकल पर्सन जोशीले बताए । ‘दुई साता कडा लकडाउनसँगै पालिकाहरूले ट्रेसिङ र परीक्षण बढाउनुपर्छ,’ उनले भने । अहिलेकै अवस्थामा संक्रमण नघट्ने देखिएको उनको भनाइ छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

Tags: काेराेना संक्रमणपत्रपत्रिकास्वास्थ्य परीक्षण

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
माघि पर्वको अवसरमा बराहक्षेत्रमा सार्वजनिक विदा

बराहक्षेत्रमा थप ३३ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या १०५ जना पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.