Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

युरिया मल नपाउँदा किसान समस्यामा

आर.बी. कटवाल by आर.बी. कटवाल
10/08/2020
in FEATURE, स्थानीय
0
युरिया मल नपाउँदा किसान समस्यामा
16
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीमा युरिया मल अभाव भएसँगै किसान चिन्तित बन्न थालेका छन् । युरिया मल बजारमा सहज रुपमा नपाउँदा धानमा हाल्न नपाएको कृषकहरुले गुनासो गरेका छन् ।

नेपालमै मल नपाएपछि जिल्लाका दक्षिणी क्षेत्रका कृषकहरुले कम गुणस्तरको मल भारतीय सीमा बजारबाट ल्याउने गरेका छन् ।नेपालमा मल नपाएको र हाल्दै नहाल्नुभन्दा धान जोगाउन छिमेकी मुलुकबाट भएपनि ल्याउने गरेको हरिनगर गाउँपालिकाका एक किसानले बताए । नेपालमै मल नपाउँदा महँगो मूल्य तिरेर भारतीय बजारबाट ल्याउन बाध्य भएको किसानहरुको भनाइ छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

इनरुवालागयतका बजारमा भने बिलेकमा मल बेच्ने गरेको पाइएको छ । तर कृषि साझा, साझा सहकारी, डिलरलगायतका स्थानमा भने मल सकिएको छ । धान रोपाईँ सकिएको करिब एक महिनामा हाल्नुपर्ने भएपनि मल नपाएर समस्या भएको रामधुनी ८ का जितेन्द्र चौधरीले बताए । ‘बजारमा मल पाउन गाह्रो छ, साझा, सहकारी वा डिलरहरुमा पनि युरिया मल छैन’ उनले भने । हालसम्म आफैंले नकिनेपनि छिमेकी मुलुक भारतीय बजारबाछ छिमेकी किसानहरुले मल ल्याउँदा ठगिएको उनले बताए ।

अघिल्ला वर्षहरुमा पनि समयमै मल नपाउने समस्याबाट ग्रसित छन् किसानहरु । भारतको बजारबाट ल्याइने मल कम गुणस्तरको हुने, प्रतिबोरामा ४/५ केजीसम्म तौल घटेको हुने, महँगो मूल्य पर्ने भएपनि बाध्य भएर किन्नुपरेको किसान बताउँछन् ।

रामधुनी नगरपालिका, बराहक्षेत्र, इनरुवा नगरपालिकालगायत जिल्ला भरिनै यतिबेला मल अभाव छ । दक्षिण भेगका किसानहरुले बिलेक(चोरीनिकासी गरी ल्याइ महँगोमा बिक्री हुने) मा भएपनि किन्न पाइरहेका छन् भने अन्य क्षेत्रका किसान भने बजारमा मलको अभाव छ ।

भदौको पहिलो हप्ता आउन सक्छ : कृषि सामाग्री संस्था, विराटनगर

उता विराटनगरमा रहेको कृषि सामाग्री संस्था लिमिटिडको क्षेत्रीय कार्यालयका प्रमुख नवरत्न गौतमले भदौको पहिलो सातामा मल उपलब्ध हुने सम्भावना रहेको बताए । ‘साल्ट ट्रेङ्गि कर्पोरेशन काठमाडौंले खरिद प्रक्रिया अघि बढाएको छ’ उनले भने, ‘किसानहरुले कहिले पाउँछन् त्यो त भन्न सकिने अवस्था छैन, तर हामीले सुने र थाहा पाएअनुसार भदौको पहिलो साता मल आउन सक्छ ।’

उनका अनुसार साल्ट ट्रेङ्गि काठमाडौंले मल कहिले आइपुग्छ त्यस विषयमा जानकारी गराएको छैन । तर अनौपचारीक रुपमा पाएको जानकारी अनुसार भदौ पहिलो साता मल आइपुग्ने उनको भनाइ छ ।

देशभरी नै समस्या छ : कृषि सामाग्री कम्पनी सुनसरी

कृषि सामाग्री कम्पनी लिमिटेड सुनसरी शाखा इटहरीले हाल युरिया मलको समस्या देशभरी नै रहेको जनाएको छ । विराटनगर हुँदै मल आइपुग्ने भएकाले तत्काल आउने सम्भावना नरहेको प्रमुख मेघप्रसाद लामिछानेले बताए । ‘हाल मलको समस्या देशभरी नै छ, सबै किसान समस्यामा छन्’ उनले भने, ‘हामीले गर्ने पहल गरेका छौं, सम्भवतः भदौको पहिलो वा दोस्रो सातामा आइपुग्ने भन्ने सुनेका छौं ।’

Tags: किसानकृषिकृषि सहकारीमल अभावयुरिया मलरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
साउन २६ गतेसम्मका लागि सुनसरी जिल्ला निषेधित क्षेत्र घोषणा

सुनसरीमा साउन ३२ गतेसम्म थपियो निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.