Monday, November 24, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

आर.बी. कटवाल by आर.बी. कटवाल
14/08/2025
in समाचार, स्थानीय
0
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

24
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए ।

उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको जेलर लामिछानेले बताए । ‘मुढा बुन्ने बाँसहरूको सहयोगमा शव बोक्न प्रयोग गरिने घारो जस्तै बनाएर अप्रत्याशित रूपबाटै भागेको देखिन्छ,’ उनले भने, ‘योजनासहित करिब १८ फिट अग्लो पर्खाल नाघेर भागेको पाइएको छ ।’ वर्षा भइरहेकाले उनी भागेको थाहा हुन नसकेको लामिछानेको भनाइ छ । फरार कैदीको खोजी रहेको उनले बताए । जिल्ला अदालत सुनसरीले गत २५ चैतमा खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसअघि उनी २१ साउन ०८१ बाट पुर्पक्षका लागि कारागारमा थिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

यसअघि २३ कात्तिक ०६९ मा पनि झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भएका थिए । जसमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर गत २४ कात्तिक ०८१ मा सार्वजनिक गरेको थियो । ११ जना अझै फरार छन् । एक हजार ६ सय कैदीबन्दी क्षमता रहेको झुम्का कारागारमा हाल एक हजार ७९५ छन् ।

छानबिन समिति गठन
कैदी रूपक पौडेल खत्री फरार भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी निकाय, राष्ट्रिय अनुसन्धान विभाग, कारागारलगायत क्षेत्रका प्रतिनिधिलाई सदस्यका रूपमा राखिएको छ । समितिले कारागारको वस्तुस्थितिको अध्ययन गर्ने र कैदी फरार भएको सन्दर्भसमेत समेटेर प्रतिवेदन तयार पार्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ‘कैदी फरार भएपछि सबै निकाय समेटेर छानबिन समिति गठन गरेका छौँ,’ उनले भने, ‘समितिले काम गरिरहेको छ, चाँडै प्रतिवेदन तयार गर्छौँ, दोषी पत्ता लागेपछि कारबाही हुन्छ ।’

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.