Saturday, November 22, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

संकटमा प्रदेश १ सरकार : तानातानमा एमाले सांसद

खबरबिट by खबरबिट
22/08/2021
in FEATURE, पत्रपत्रिका
0
मुख्यमन्त्री राईद्वारा थप एक सांसद ‘निलम्बन’
8
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेमा फुटसँगै प्रदेश १ को सरकार संकटमा परेको छ। प्रदेश १ मा शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ। एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

प्रदेशसभा १ मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएपछि केही दिन भए पनि सत्तामा रहन र कागजात मिलाएर भ्रष्टाचार ढाकछोप गर्न सरकारले हतारहतार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको बताएका छन्। उनले प्रदेश १ मा दसैंअघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन्। उनले भने, ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दसैंअघि नै नयाँ सरकार गठन हुन्छ।’ प्रमुख सचेतक कार्कीले प्रदेश १ मा संघमा जस्तै गठबन्धन दलहरूकै सरकार बन्ने दाबी गरे। उनले भने, ‘एमालेको सरकार ढलेपछि नयाँ सरकार कांग्रेससहितको गठबन्धनको बन्नेछ। ’

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

एमालेका नेताहरू भने तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्। प्रदेशसभा १ एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए। एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा प्रदेश १ का पाँचजना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनको भनाइ छ। तर, एमालेका पाँचजना मात्रै सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे भने पनि सरकार संकटमा पर्ने उनले बताए। राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभईकन सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन। ’ यतिबेला धेरै सांसदलाई आफ्नो पक्षमा पार्न एमाले र नेकपा एकीकृत समाजवादीकाका नेताहरू सक्रिय छन्।

प्रदेशसभामा कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्कोतर्फ नेकपा एमाले छ। प्रदेशसभामा नेकपा एमालेका ५२, नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। एमालेका ५२ सांसदमध्ये १५ जना आफ्नो पक्षमा आउने नेकपा एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन्।

तर, एमालेका पाँचजनाभन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीतर्फ लागे राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू सबै सांसदलाई आफ्नै पक्षमा राख्न तल्लीन छन्। एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् भन्ने निश्चित भएपछि मात्रै नयाँ सरकार बन्ने भएकाले यसबारे औपचारिक रूपमा छलफल सुरु नभएको विपक्षी गठबन्धनका नेताहरूले बताएका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

Tags: पत्रपत्रिकाप्रदेश १प्रदेश १ सरकारसांसद

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक (भिडियोसहित)

थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.