रामधुनी । केही दशक अघि थारु भाषाको गीत संगित विरलै रेकर्डिङ हुन्थ्यो । रेकर्डिङ भए पनि भिडियो या युटुबमा कमै मात्रा हेर्न र सुन्न पाईन्थ्यो तर अहिले अवस्था फरक छ । थारु गीत संगितले पनि दिनानुदिन नयाँ रेकर्डहरु कायम गरिरहेको अवस्था छ ।
थारु गीत संगीतको विकासको लहरले विस्तारै थारु भाषाको गीतहरु र म्युजिक भिडियो युटुब लगायत सोसल मिडिया आउन थालिसकेका छन् । पूर्वी नेपाल र पश्चिमका थारु सर्जक तथा कलाकारले थारु गीत संगितलाई धमाधम सार्वजनिक गरिरहेको छन् । भर्खरै पूर्वमा थारु भाषाको गीत ‘पागल दिवाना सजना’ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर तथा श्रवनकुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ । गाउँ परिवेशको मिठो चित्रण गरी रोमान्टिक शैलीको थारु म्युजिक भिडियो बनेको छ । थारु समाजको यथार्थ र प्रेम र प्रेमिकाको रोमान्स भिडियोमा हेर्न सकिन्छ ।
गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन् । कोरियोग्राफी संग संगै र भिडियोमा रजनिश चौधरी र प्रीति चौधरीले अभिनय गरेका छन् । निर्देशन कथा भने लोकेन्द्र चौधरीले तयार पारेका हुन् । कलाकार रजनिश चौधरीको भनाइ अनुसार यस भन्दा अगाडि पनि थारु,मैथली लगायत नेपाली म्युजिक भिडियोमा अभिनय रहेको यो सबभन्दा उत्कृष्ट थारु म्युजिक बनेको बताए ।
अगामी दिनमा थारु गित संगितलाई उत्कृष्ट डिजिटलाइज गर्दै थारु कल्चर र नेपाली लोक परिवेश अनुरुप म्युजिक भिडियो बनाउने बताए । गीतको म्युजिक भिडियोमा श्रवनकुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ थारु भाषाका गीतहरु सेबिल ईन्टरटेन्मेटले बजारमा सार्वजनिक गर्दै आइरहेको छ ।