Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

खबरबिट by खबरबिट
26/05/2024
in रंग
0
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
84
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी चलचित्र महोत्सवको अवसरमा एकसाथ सम्मानित भएका छन् । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव २०८१ को अन्तिम दिन एक विशेष कार्यक्रमका बीच सम्मान प्रदान गरिएको हो । श्रेष्ठलाई कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको हो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष तथा निर्माता राज कुमार, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक नविन सुब्बा, निर्माता छबिराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको थियो ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानलगायतले सम्मानित सबैलाई दोसल्ला, खादासहित प्रमाण पत्रले सम्मान गरे ।

सोही अवसरमा वरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचिभमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुवेर शर्मा, चिरञ्जिवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुईटेल, वीरेन्द्र झा, विपिन प्रसाईं, सुवास मेचे, प्रेम देवानलगायतले ‘प्रादेशिक सम्मान’ प्राप्त गरे ।

May be an image of 11 people, dais and text
आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजनामा सिटीपार्टी प्यालेसमा आयोजित कार्यक्रममा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुवेर गिरी, निर्माता संघका कोषाध्यक्ष ज्योतिराज राईलगायत विभिन्न क्षेत्रका थुप्रै व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कोशी प्रदेशमा चलचित्रको गतिविधि बढाउँदै सोही क्षेत्रमा बनेको चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा छोटो तथा फिचर गरेर ४४ फिल्मको सहभागिता थियो । प्रदेशमै पहिलो पटक आयोजना भएको महोत्सव भएकाले सहभागी सबै फिल्मकर्मीलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीले कोशी प्रदेशलाई चिनाउन चलचित्र महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले चलचित्र महोत्सवलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा राखे ।

May be an image of 2 people, violin, saxophone, trumpet, clarinet and crowd
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै शुरु भएको महोत्सवमा कोशी प्रदेशमा चलचित्र निर्माण, विश्वबजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने विषयमा दिनेश डिसी, नवल खड्का, नविन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठलगायतका वक्ता रहेको अन्तरक्रियासमेत आयोजना भएको थियो ।

May be an image of 11 people, clarinet, violin and text that says 'Q山 ജി 1 जदय सलादिद टय २০દ৭ 下約 चलचित्र महोत्सव 209 को प्रदश प्रदेश.बिशाटनगर बिरादनगर cor ly in Yo' 0r पेरल AA मरे pe6иEK 期嗨'
६ दिन कोशी प्रदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र यहाँका चलचित्रको प्रचारप्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्सहान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए । आगामी दिनमा पनि यस्ता महोत्सव निरन्तर आयोजना गर्दै जाने उनले सुनाए ।

Tags: Bannerरंग

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
चलचित्र ‘बिहे पास’काे पोस्टर सार्वजनिक
रंग

चलचित्र ‘बिहे पास’काे पोस्टर सार्वजनिक

20/02/2023
Next Post
इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.