सुनसरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय मिलनचौक बाट नडाहामा सारिएको छ ।
नडाहास्थित ईश्वरमान राईको घरमा अस्थायी रुपमा वडा कार्यालय सारिएको हो । सोमबारदेखिनै कार्यालयबाट काम समेत सुरु भएको बराहक्षेत्र ३ वडा सचिव निलम कार्कीले बताए ।
करिब डेढ वर्षदेखि बराहक्षेत्र ३ मिलन चौकमा रहेको उमेश दाहालको घरमा भाडामा सञ्चालन भइरहेको थियोे । दाहालले १ वर्षका लागि गरेको सम्झौता पुरा भइ थप सम्झौता गर्न नचाहेको र घर खाली गर्न निवेदन दिएपछि अस्थायी रुपमा सारिएको वडाध्यक्ष रुद्र दाहालले बताए ।