काठमाडौं । कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) साँझ जानकारी दिएको हो ।
संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनी ३४ वर्षका नेपाली पुरूष हुन् । उनी दुबइबाट आएका थिए ।