अहिले कोरोना भाइरस संत्रमण फैलिरहेको बेला बराहक्षेत्र नगरपालिकाले खडा गरेको कोसमा बराहक्षेत्र प्याब्सनले एक लाख ३० हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । यो सँगै राहत कोषमा ५ लाख भन्दा बढी संकलन भएको छ ।
लकडाउनको समयमा विपन्न मजदुरहरुलाई बिहानबेलुका हातमुख जोड्न समस्या भइरहेको बेला खडा गरेको कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग रकम जुटिरहेको बराहक्षेत्र नगरपालिकाले जनाएको छ ।
आइतबार बराहक्षेत्र प्याब्सन नगर कार्यसमितिले १ लाख ३० हजार ५ सय नगर प्रमुख निलम खनाललाई हस्तान्तरण गरेको छ । ‘यस्तो दुखद घडीमा हामीले गर्नु पर्ने जस्तोसुकै सहयोग गर्न तयार छौं,’ प्याब्सन अध्यक्ष कृष्ण तामाङले भने, ‘यदि नगरपालिकालाई क्वारेन्टाइका लागि भवन आवश्यक परे बराहक्षेत्र नगर भित्रका निजि स्कुलको भवन दिन समेत तयार छौं ।’
आइतबारनै जनहित क्लब बराहक्षेत्र ६ चक्रघटीले ५० हजार, प्रथम जगतगुरु पिठ चतराले २५ हजार सहयोग गरेको छ भने । बराहक्षेत्र ३ इकाई बस्ने बिष्णुकुमारी राई र मुकुन्द श्रेष्ठले आफ्नो ब्यक्तीगत तर्फबाट २० हजार सहयोग गरेका छन् । यसैगरी बराहक्षेत्र ५ मा रहेको मंगल बचत चन्द्रमा सामुदायिक बचत र कोमल साना किसानले ११ हजार दरले ३३ हजार मेयर खनाललाई हस्तान्तरण गरेका थिए ।
अहिलेसम्म बराहक्षेत्र नगरपालिकाले प्रकोप व्यवस्थापन कोषमा ५ लाख १७ हजार १ सय ११ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।