Saturday, May 2, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

लकडाउन प्रभाव : जडिबुटीबाट तेल निकाल्न नपाउँदा बराहक्षेत्रको जनजागृतीलाई ५ लाख रुपैयाँ नोक्सान

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
05/04/2020
in अर्थ
0
लकडाउन प्रभाव : जडिबुटीबाट तेल निकाल्न नपाउँदा बराहक्षेत्रको जनजागृतीलाई ५ लाख रुपैयाँ नोक्सान
260
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण सुनसरीमा बराहक्षेत्र वडा ५ स्थित जनजागृती सामुदायिक वनले उत्पादन गरेको जडिबुटीबाट समयमा तेल निकाल्न नपाउँदा ५ लाख रुपयौं भन्दा बढी मूल्य बराबरको नोक्सान भएको हो ।

वनका अध्यक्ष खड्कबहादुर कार्कीका अनुसार सामुदायिक वनले ९ दशमलब ७६ हेक्टर जमिनमा गतःवर्षदेखि जडिबुटी उत्पादन गरिरहेको छ । पहिलो पटक ४ विगहामा लगाएको क्यामोमिला नामक जडिबुटीको उत्साहजनक रुपमा सप्रिएको थियो । विभिन्न ठाउँबाट अनुगमन गर्न आउँदा समेत राम्रो आम्दानी गर्ने अलकन गरेका थिए ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

जडिबुटी काटेर तेल निलाल्ने मेसिन भएको ठाउँ तरहरा लैजाने तयारी गरेकै समयमा सरकारले लकडाउन घोषणा ग¥यो । लकडाउनमा सवारीसाधन चलाउन कसैले नमानेपछि सो जडिबुटी त्यतिकै थन्किएको छ । लकडाउनको कारण थन्किएको जडिबुटी भण्डारण गरेको कोठामा गुम्सेर कुहिने अवस्था आउन नदिन वनले घाममा सुकाउने उठाउने गर्दा गर्दै क्यामोमिलाका फुल जति सबै झ¥यो ।

अध्यक्ष कार्कीले जडिबुटी उत्पादन गरे पनि पेल्ने मेसिन नहुँदा मेहनत सबै खेर गएको बताए । ‘अझै पनि केही आशा छ, यतिबेला स्थानीय सरकारले साधन उपलब्ध गराए १÷२ केजि भए पनि तेल आउन सक्छ ’ उनले भने ।

उनका अनुसार सामुदायिक वनले वडा कार्यालयलाई ट्याक्टर उपलब्ध गराइदिन आग्रह गर्दा वडाले जिल्ला प्रशासन कार्यालयबाट पास ल्याउनुपर्ने जनाएको थियै । तर पासको लागि जिल्ला प्रशासन पुग्न पनि लकडाउनको कारण समस्या भएको उनले बताए । क्यामोमिला प्रजातिको जुडिबुटीबाट उत्पादित तेलको बजार मूल्य हाल ६० हजार रुपैयाँ प्रतिकेजी रहेको छ । तरहरा जडिबुटी केन्द्रले भने प्रतिकेजी ४० हजार दिने भएको थियो ।

वनको आफ्नै मेसिन भएको अवस्थामा क्यामोमिलाको तेल ५५ हजार रुपैया प्रतिकेजी बिक्री गर्न सकिने अध्यक्ष कार्कीले दाबी गरे । प्राविधिकहरुका अनुसार एक बिगहामा कम्तिमा ४ केजी अधिकतम १२ केजी तेल उत्पादन हुनसक्छ । उक्त जडिबुटी खेती गर्न जिल्ला वन कार्यालयबाट १२ लाख र जनजागृती सामुदायिक वन बाट ५ लाख गरी जम्मा १७ लाखको लगानी लागेको थियो ।

Tags: जडिबुटी उत्पादननाेक्सानबराहक्षेत्रलकडाउनलकडाउन प्रभाव

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

वैदेशिक रोजगारबाट आएका बराहक्षेत्रका ४५ जना होम क्वारेन्टाइनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.