धार्मिक आस्था तथा विश्वास बोकेको पर्वको रुपमा परिचित छठ पर्व तराईका जिल्लामा यसको रौनक देख्न सकिन्छ । तराइका अधिकाम्स ठुला देखि ससाना नदी, ताल, तलाउलाई सरसफाई गरेर घाट निर्माण गरी ४ दिनसम्म ब्रत बसेर उदाउदो सुर्य र अस्ताउदो सुर्यलाई अर्घ दिई विधिवत रुपमा पूजा गर्दा परिवारको दुःख दरिद्र हटेर जाने धार्मिक जनविश्वास रहेको छ ।
अस्ताउदो सुर्यलाई दिने तयारीका केही दृश्यहरु :-
कतै पूजाका लागि नदीको बगरमा आफ्ना घाट सझाउदै गरेको देख्न सकिन्छ ।
पूजाको अन्तिम तयारीमा लागेका भक्तजनहरुले विभिन्न सझावटका सामान सझाउदै गरेको त कतै सोही सझावटका सामान ल्याउदै गरेको दृश्य रामधुनीको झुम्का नहर क्षेत्रमा देख्न सकिन्छ ।
त्यस्तै रातकाे समयमा भक्तिमय वातावरणका लागि भजनकृतन स्थल निमार्ण गरिदै गरेकाे देख्न सकिन्छ ।
धुलाे व्यवस्थापनका लागि नगरपालिकाकाे गाडीले पानी हाल्दै गरेकाे देख्न सकिन्छ ।