Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home पर्यटन

दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

खबरबिट by खबरबिट
17/01/2023
in पर्यटन, विचार
0
दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’
14
SHARES
361
VIEWS
Share on FacebookShare on Twitter

सामान्यता भन्नुपर्दा देश एउटा प्राकृतिक साथै सांस्कृतिक सुन्दरताले भरिपूर्ण भएको राष्ट्रिय हो । त्यसैमा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको मुटुमा अवस्थित आधिखोला गाँउपालिका वडा नं.०१ मा रहेको सिरुबारी होमस्टे नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो ग्रामिण पर्यटकीय सामुदायिक होमस्टे हो । जतिबेला सिरुबारीमा हामेस्टे स्थापना हुने कुरा हुँदै थियो । त्यतिबेला नेपालका अधिकांश मानिसहरुलाई होमस्टेको बारेमा केही थाहा थिएन । नेपाल सरकारले समेत होेमस्टेको अवधारणा ल्यााएको थिएन । ग्रामिण क्षेत्रको विकास गर्ने महत्वपूर्ण आधार भनेको होेमस्टे हो भन्ने कुरा धेरै विीकासवादी नेताहरुलाई थाहै नभएको बेलामा भारतय पूर्व क्याप्टेन तथा नेपाली काङ्ग्रेसका पूर्व सांसद रुद्रमान गुरुङको मनमा वि.सं.२०२५ सालमै होमस्टेको परिकल्पना आइसकेको थियो । वि.सं.२०४८ सालमा सिरुबारी हामेस्टेको हुटहुटी चलिसकोको थियो । तर त्यति बेला सिरुबारीमा सडक, बत्ति, खानेपानी, स्वास्थ चौकि जस्ता आधारभूत आवश्यक्ताका सुविधाहरु पुगिसकेको थिएन । त्यसैले गर्दा त्यतिखेर उनको सिरुबारी हामेस्टेको सपना पूरा भएन । उनी २०४७ सालको निर्वाचन पछि सांसद भएकै बेला उनले आफ्नो गाउँमा आधारभूत आवस्यक्ताका सुविधाहरु यातायात, बिजुली बत्ति, खानेपानी, स्वास्थ चौकी आदि पुर्याए र उनको त्यो हुटहुटीले अन्तत वि.सं.२०५४ साल असोज २२ गतेका दिनबाट पाहुनाहरु राख्न थाले पछि मात्र सो होमस्टेले सार्थकता पायो ।

यहाँ गुरुङ जातीको भाषा, भेसभुषा र जीवनशैलीको जीवन्त चित्रण अवलेकन गर्न पाइन्छ साथै स्थानीय रुपमा उत्पादित साग सब्जि, कोदो, फापर, आलु, अण्डाबाट बनाइएको खानाको परिकारले पाहुनाहरुको भव्य स्वागत एवम सत्कार गर्ने चलन छ ।

सिरुबारी नेपालकै एउटा चिटिक्क परेको गाउँ हो । जहाँ कलात्मक तरिकाले कुँदिएको ढुङ्गाहरुको पर्खाल, ढुङ्गाकै गाहृो, ढुङ्गाकै बाटोहरु चारैतिर देख्न सकिन्छ । प्रत्येक घरका आगनहरुमा समेत ढुङ्गा छापिएका छन् । यो ऐतिहासिक गाउँ समुन्द्री सतहदेखी १६१० मिटरको उचाइमा अवस्थित छ । यहाँ रहेका जम्मा ४३ घरधुरी मध्ये १९ वटा घरहरुमा होमस्टेहरु सञ्चालनमा छन् । जसमा करिब १०० जना आगन्तुक पाहुनाहरुलाई एकै पटक बास बसाउन सक्ने क्षमता रहेको छ । यहाँ आउने पाहुनाहरुको स्वागत तथा बिदाइ गर्ने जिम्म आमा समुहलाई दिइएको छ । यहाँ नव युवा क्लव, पर्यटन विकास समिति, बुद्ध समूह जस्ता संस्थाहरु समेत रहेका छन् । गुरुङ जातिका मानिस हरुले सञ्चालन गरेको यस होमस्टेका प्राय सबै घरमूलिहरु अवकास प्राप्त नेपाली सेना, भारतीय सेना, ब्रिटिस लाहुरे रहेका छन् । त्यहाँका खेतबारी भने छेवैमा रहेको दलित समुदायका मानिसहरुले कमाउँदै आएका छन् । यहाँ गुरुङ जातीको भाषा, भेसभुषा र जीवनशैलीको जीवन्त चित्रण अवलेकन गर्न पाइन्छ साथै स्थानीय रुपमा उत्पादित साग सब्जि, कोदो, फापर, आलु, अण्डाबाट बनाइएको खानाको परिकारले पाहुनाहरुको भव्य स्वागत एवम सत्कार गर्ने चलन छ ।

READ ALSO

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

May be an image of outdoors

यहाँको अर्काे विशेषता भनेको स्वस्छ र सफासुग्घर वातावरण हो । सिरुबारी प्रवेश गर्ने ठाउँदेखि पुरै गाउँ वरिपरि जता डुले पनि एउटा फोहोरको सानो टुक्रा समेत देख्न पाइँदैन । बाटोको छेउमा डस्टबिनहरु राखिएका छन् भने विभिन्न ठाउँमा फोहोर नगर्न सचेत गराउने होर्डिङबोर्डहरु राखिएका छन् । घर, आगन, करेसा, भान्सा, सुत्ने कोठा, बिस्तारा, शौचालय सबै चिटिक्क छन् भने जताततै विभिन्न प्रजातिका फूलहरु ढकमक्क फूलेका छन् । यस्तो राम्रो संस्कार र संस्कृति होमस्टेका पिता क्याप्टेन गुरुङकै पालादेखि चलिआएको स्थानीय बताउँछन् । सिरुबारी गाउँदेखि करिब २० मिनेटको उकालो ढुङ्गाको सिँढी चढेपछि भ्यूटावर आउँछ जहाँबाट हामेस्टे संचालन गरिएको घरहरु प्रस्ट रुपमा देखिन्छन् । हिमाल भने यहाँबाट नदेखिने हुनाले अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, लमजुङ हिमालका लर्कनहरु स्पष्ट दृश्यावलोकनका लागि अझै डेढ घण्टाको पैदल यात्रा गरि गोरुजुरे भन्ने ठाउँमा पुग्नुपर्छ ।

May be an image of 7 people, child and people standing

यो गाउँको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गाउँलेहरुको आत्मियता र आतिथ्यपूर्ण व्यवहार हो । न्यानो माया र हार्दिकतापूर्ण शैलिबाट पाहुनाले आफ्नौ परिवारसँगै बसेको अनुभूति गर्न सकिन्छ । सहरबजारको कोलाहलबाट थाकेर प्रकितिको खोजी गर्दै जानेहरुको लागि होस् वा रुसोको ब्याक टु नेचरको मर्मलाई बुझेर जानेहरुका लागि सिरुबारीको एकान्तपनले बास्तवमै छुट्टै भुस्वर्गको अनुभूति गराउँछ ।

May be an image of 13 people, people standing and people sitting

गाउँमा आउने पहुनाहरुलाई स्वागत गर्न बुद्ध आमा समुहका दिदी बहिनीहरु फूलमाला लिएर जुट्छन भने छुवैमा रहुको दलित बस्तिका दाजुभाईहरु पन्चेबाजा लिएर जुट्छन् र नाच्दैगाउँदै पाहुनाहरुलाई गुम्बामा लगेर बुद्धको मुर्तिको दर्शन गराउने समेत प्रचलन छ । बुद्धको मुर्तिको दर्शन गरेपछि पाहुनाहरलाई शुभ हुन्छ भन्ने एउटा धार्मिक विश्वास छ । त्यसपछि पाहुनाहरुलाई जलपान गराइन्छ र होमस्टे व्यवस्थापन समितिका सदस्यले पाहुनाहरुलाई त्यहाँको विशेषता, नियम र आचार संहिताका विषयमा ब्रिफिङ गर्छन् । अनि पाहुनाहरुलाई पालो अनुसार घरघरमा बाँडेर राखिन्छ ।

राति साढे ८ देखि १० बजेसम्म पाहुनाहरुको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम हुन्छ । जहाँ सालैज्युका भाकाहरु घन्कन्छन्, रोइलाको मृदुलयमा सारा गाउँनै गुञ्जयमान हुन्छ । नाच्न र गाउन इच्छा व्यक्त गर्ने पाहुनालाई पनि सम्मानका साथ अवसर दिइन्छ । त्यहाँ बज्ने रोदीका भाकाहरुमा कतै पनि कृतिृमता साथै आधुनिकता पाईदैन,सरलता,मौलीता साथै प्राकृतिकपन तिनको आफ्नोपन हो।

May be an image of tree and sky

नेपालको मात्रै नभएर दक्षिण एसियाकै पहिलो सिरुबारी हामेस्टे पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यो ग्रामिण पर्यटकीय घरबासको पाठशालाबाट सिकेर अन्य ठाँउका मानिसहरुले पनि आज होमस्टे संचालन गर्दै आएका छन्।हामेस्टेले सिरुबारी गाउँ नेपालकै नमुना बनेको भन्दै हजारौ मान्छे हरु प्राकृतीक सुन्दर्ता हेर्न र त्यहाँको पृथक अनुभव बटुल्नका लागि यस गाउँमा आउँछन् । तर सारै दुःख लाग्दो कुरा बिडम्बनाका साथ भन्नू पर्दा यहीँका स्थानीयहरु चाहिँ आधुनिकता, सुविधा र भविष्य खोज्दै शहर पस्ने अनि विदेश भासिने क्रम रोकिएको भने अझै छैन । पर्यटन विकास समितिका अध्यक्ष जितेन गुरुङसार विदेशीने अहिले एक प्रकारको लहर पनि चलिरहेको छ, समय अनुसार कसैको रहर, बाध्यता साथै आवस्यक्ता पनि बनिरहेको छ । सिरुबारीबाट बसाई सररे जाने गइसकेको र अहिले भने बाहिरीने क्रम रोकिएको उनको दाबी छ । अब आउने युवा पुस्तालाई रोक्न सरकारले नै पृथक खाल्को योजना, कार्यक्रम र अवसर ल्याउनु पर्ने समेत उनले बताए । अब आउने सिरुबारीका युवा पुस्ता हरुले होमस्टे संचालन लाई निरन्तरता दिन्छन् कि दिदैनन् भन्ने कुरा अहिलेको मुख्य बहसको बिषय स्थानिय बासिन्दा र होमस्टे संचालकहरुको भएको छ ।

सिरुबारी पुग्न हामीसँग धेरै बाटा छन् । जस्तैः पोखराबाट नौडाँडा पर्वत कार्किनेटा हुँदै बसमा करिब ६ घण्टाको यात्रामा ६४ किलोमिटर पार गर्दै पुग्न सकिन्छ भने पोखराबाट बादखोला दरौ हुँदै पुगिन्छ सिरुबारी । पोखराबाट हेलु अर्जुन चौपारी हुँदै र पोखराहेलु रुपाकोट हुँदै पनि जान सकिन्छ । पोखराको पृथ्वीचोकबाट प्रत्येक दिन बिहान र दिउँसो गरि दिनमा दुई बटा बस सिरुबारी जाने गर्दछ ।

पश्चिमा संस्कृती र आधुनिकताको तीब्र प्रभाव र हाम्रो परम्परागत संस्कृतिप्रतिको बेवास्ता अहिलेको युवा पुस्तामा बढ्दै जाँदा गाउँको मौलीकता दिनप्रतिदिन हराउँदै गएको छ । युवाहरु विदेश पलायन भएका छन्, परम्परादेखि आफ्नो पुर्खाले मान्दै आएको संस्कृति मान्न छोडीसके ।

यही स्याङ्जामा अवस्थित सिरुबारी हामेस्टलाई एउटा पाठशालाको रुपमा लिएर आजसम्म आइपुग्दा मुलुकमा १५०० भन्दा धेरै हामेस्टेहरु दर्ता भएर संचालन भैरहेका छन्, तर ती होमस्टेहरुले आफ्नो मौलिकता प्रदर्शन गर्दै छन् कि छैनन् ? तिनले आफ्नो निजात्मकता प्रदर्शन गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा आजको गम्भीर विषय बनेको छ । यसको अनुगमन र निग्रानी गर्ने सम्बन्धित निकाय कहाँ र के गर्दै छ ? यदी बजारकै वस्तु, बजारकै शैली, बजारबाटै आयातित खाध्यान्न, संस्कृति, भेसभूषा सबै कुरा बजारकै जस्तो हुने तर देखावटी नाम मात्र होमस्टे राखेर संचालन गर्ने त्यस्तो हामेस्टेको कुनै महत्व र औचित्य रहन्न । पछिल्लो एक दशक यता मुलुकको धेरै ठाउँमा मापदण्ड विपरीत हामेस्टे संचालन हुँदै गर्दा कतै सरकारले भन्दा पहिला होमस्टेको परिकल्पना गरेर घरबासको मौलिकता मार्फत ग्रामीण विकासमा क्रान्ति गर्दै अतुलनीय योगदान पुर्याएका ग्रामिण पर्यटकीय पिता स्व.क्याप्टेन रुद्रमानको सपना अर्कै दिशातर्फ जानथालेको त होइन भन्ने आशङ्का आमजनमानसमा बढ्दै गएको पाइन्छ । पश्चिमा संस्कृती र आधुनिकताको तीब्र प्रभाव र हाम्रो परम्परागत संस्कृतिप्रतिको बेवास्ता अहिलेको युवा पुस्तामा बढ्दै जाँदा गाउँको मौलीकता दिनप्रतिदिन हराउँदै गएको छ । युवाहरु विदेश पलायन भएका छन्, परम्परादेखि आफ्नो पुर्खाले मान्दै आएको संस्कृति मान्न छोडीसके । जैविक कृषि प्रणाली पनि छोडीसके भने गाउँहरु उराठ लाग्दो भइरहेका छन् । दक्षिण एसियाकै जेठो होमस्टे संचालन गर्ने गाउँ पनि यो प्रवृत्ति र समस्या बाट अछुतो रहन भने सकेन ।

अहिले नेपालमा जति पनि होमस्टे संचालन भैरहेका छन्न ति सबैलाई क्याटेन गुरुङले परिकल्पना गरे अनुसार नै सञ्चालन गर्ने मात्र हो भने पैसा कमाउनकै लागि विदेसिनु पर्ने अवस्था हुँदैन । छैन किन भने यहिले स्वदेशी साथै विदेशी पर्यटक हरुले होटल, रेस्टुरेन्ट भन्दा होमस्टेमै खानबस्न बढी रुचाउने गरेको पाइन्छ । आज हामी माझ होमस्टेका पिता क्याप्टेन रुद्रमान गुरुङ नभए पनि उहाँले होमस्टे संचालन गर्न पुर्याउनु भएको योगदान हामी र हाम्रा आउदा पुस्ताहरुले सधैब उहाँलाई सम्मान साथ सम्झिरहने छन् । उहाँको भैतिक शरीर हामी माझ नरहे पनि उहाँ आफुले पुर्याएको योगदान र मेहनतले गर्दा सदैव अमर रहनु हुने छ ।

(लेखक निराैला इटहरी नमुना कलेजमा स्नातक तेस्राे वर्ष आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन्)

Tags: Bannerपर्यटनरिकेश निराैलासिरूबारीहाेमस्टे

Related Posts

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार
FEATURE

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

21/08/2024
मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका
FEATURE

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

27/08/2023
सुनसरीमा पर्यटन विकासको सम्भावना
FEATURE

सुनसरीमा पर्यटन विकासको सम्भावना

22/08/2023
मानव सभ्यतामा राजनीति र चुनाव
FEATURE

मानव सभ्यतामा राजनीति र चुनाव

10/05/2022
यात्रा : इटहरी-घलेगाउँ-पोखरा
FEATURE

यात्रा : इटहरी-घलेगाउँ-पोखरा

09/02/2022
अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्
FEATURE 2

अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

09/02/2022
Next Post
प्रधानमन्त्रीका २३ स्तम्भ, १२ मन्त्री र ३ राज्यमन्त्री थप

प्रधानमन्त्रीका २३ स्तम्भ, १२ मन्त्री र ३ राज्यमन्त्री थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.