Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

महिला हिंसा कहिलेसम्म सहने ?

खबरबिट by खबरबिट
05/10/2021
in FEATURE, विचार
0
महिला हिंसा कहिलेसम्म सहने ?
36
SHARES
895
VIEWS
Share on FacebookShare on Twitter

रक्सि पिएर आफ्नी श्रीमतीलाई रातभरी मरुन्जेल पिटेर भोलिपल्ट बिहानै आदि पाउ मौलिसुप र सुकुमेल मुखमा हालेर चपाउँदै महिला हिंसा विरुद्धको गोष्ठी र सभामा प्रमुख अथिति भएर भाषण दिएको भरमा कसरी रोकिन्छ महासय बलात्कार र हत्याका घटना ?

महिला भएकै कारण भोग्नुपर्ने विभेद, अन्याय तथा अन्य शारीरिक, मानसिक तथा मनोवैज्ञानिक आघात नै महिला हिंसा हो । कतिपय हिंसाहरु त यस्ता छन्, जुन पीडितले आफुमाथि हिंसा भइरहेको छ भन्ने समेत भेउ पाएका हुँदैनन् । एक व्यक्तिले अर्को व्यक्तिलाई दिने यातना, पीडा, दुःख र अपमानलाई पनि हिंसा भनिन्छ । यो शारीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ । शारीरिक रुपमा कुटपिट गर्ने, डर धम्कि देखाउने, मानसिक रुपमा अपमान,गालि,गलौज गरि गैर कनुनी रुपमा नजरबन्द गर्ने वा थुनामा राख्ने जस्ता कार्यहरु हिंसाका रुपहरु हुन् । त्यस्तै यसका साथै यौनजन्य प्राकृतिक दुव्र्यवहार, वैवाहिक बलात्कार, बलात्कार, चेलिबेटि बेचबिखन, जबरजस्ति यौन व्यवसायमा संलग्न गराउने, देउकी, छाउपडी, वादि, यौन सन्तुष्टिका लागि गरिने गलत क्रियाकलापहरु सबै महिला हिंसाजन्य क्रियाकलाप भित्र पर्दछन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

नेपालमा महिला माथि अन्याय परापूर्वक काल देखि नै हुँदै आएको पाइन्छ । हाम्रो हिन्दु धर्म संस्कृति रितीरिवाज, सामाजिक विधि व्यवहारमा पनि महिलाहरुलाई पछाडि नै पारेको देखिन्छ । पितृसतात्मक सोचका कारण घरपरिवार अधिकारबाट नै महिला भन्नासाथ नकारात्मक दृष्टिकोणले हेर्ने चलन छँदैछ । आर्थिक पहुँचमा शिक्षा, रोजगार र चेतनामा पछि परेका कारण महिलाहरु हेपिँदै आएका छन् ।

नेपालको संविधान २०७२ मा महिलाहरुको हक सम्बन्धि व्यवस्था गरिएको छ । जस अन्तरगत महिला भएकै कारण कुनै किसिमको भेदभाव गरिने छैन, प्रत्येक महिलाहरुलाई स्वाभिमानी भई, स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकार उल्ललेख गरिएको छ । त्यस्तै कुनै पनि पुरुषले महिला विरुद्ध शारीरिक, मानसिक, यौनजन्य र अन्य कुनै पनि हिंसाजन्य कार्यहरु गरिने छैन, त्यस्ता कार्यहरु भएमा सम्मानित अदालतद्वारा कानुनबमोजिम दण्डनीय हुनेछ भनी उल्लेख गरिएको छ ।

अझ झन् पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढवा दिएको छ । पीडित महिलाको उजुरीका आधारमा यस्ता घटनाहरु बाहिर आउने गर्दछन् । जसमा कतिपय अपराधीहरु फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानुनका कारण छिट्टै उन्मुक्ति पाउँछन्

प्रत्येक महिलाहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धि हक अधिकार हुनेछ भनि उल्लेख गरिएपनि महिला माथि हुने हिंसा बढिरहेको देखिन्छ । महिला हिंसा सम्बन्धि अन्तराष्ट्रिय अनुसन्धान अनुसार बनाइएको सदस्य राष्ट्रको हैसियतमा बनाइएको कानुन भएतापनि कानुन कार्यान्वयन प्रकृया निकै फितलो छ । अझ दुःखको कुरा के छ भने महिलाहरु आफ्नै घरपरिवार बाट सबै भन्दा बढि हिंसाको शिकार बनेका छन् । यस्ता घटनाहरु अज्ञानताका कारण बारम्बार दोहोरिने गरेको पाइन्छ । जसमध्ये बलात्कार पनि ज्वलन्त समस्या र जघन्य अपराधका रुपमा देखा परेको छ । कतिपय महिलाहरु आफ्नै श्रीमानबाट बलात्कृत भइरहेका छन् । तर, ती अधिकाशं घटनाहरु गुपचुपमै रहन्छन् । त्यसैगरी तराईमधेशमा दाइजोको कारण पनि थुप्रौ महिलाहरुले शारीरिक, मानसिक यातना मात्र बेहोर्नुपरेको छैन कतिपयले त अकालमै मृत्युवरणसमेत गर्नुपरेको दर्दनाक अवस्था छ ।

त्यसैगरि ग्रामिण भेगमा बोक्सिको आरोपमा पनि महिलामाथि दुव्र्यवहार हुने गरेको छ । अझ एसिड आक्रमण झन दिन प्रतिदिन बढी रहेको छ । नारीवर्गमाथि भेदभाव, शोषण र अन्यायअत्याचार हाम्रो समाजव व्याप्त छ । महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन भेदभाव पूर्णरुपमै निर्मूल हुनुपर्छ । कथित तल्लो जात तथा एकल महिलालाई बोक्सीको आरोप लगाएर अनेक प्रकारका यातना दिई मलमुत्र खुवाउने, जिउँदै आगो लगाउनेसम्मका अति निकृष्ट क्रियाकलाप पनि हाम्रै गाउँ समाजमा भइरहेका छन् । छोराछोरी जन्मिने प्रकृया र त्यसको निर्धारण पूरुषको क्रोमोजोममा भर पर्ने भएता पनि छोरा नजन्माएको भनेर महिलाहरुले अनेक प्रकारको हिंसा सहनु परेको छ ।

हाम्रो देश नेपालमा पुरुषप्रधान संस्कारको अवशेष अझै बाँकी रहेकाले शिक्षित भनिएका पुरुषहरु पनि महिलामाथि हिंसा थोपरिरहेका छन् । चेतनशील महिला पनि कुनै न कुनै तरिकाबाट विभेदको शिकार हुनुपरेको छ । कुनै न कुनै किसिमले श्रीमतीभन्दा श्रीमान श्रेष्ठ भन्ने दिमागका भित्तामा टाँसिएर बसेको हुँदा महिला हरु पीडित बन्नु परेको छ । अधिकांश पुरुषहरुमा शोषक मनोवृत्तिको सांस्कृतिक विरासत पनि छ । घर परिवार मात्र होइन सार्वजनिक स्थल तथा कार्यालयमा समेत महिलाहरु असुरक्षित छन् । अहिले बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुले विकृत रुप लिइरहेको देखिन्छ । घर, कार्यस्थल, विद्यालय, बाटोघाटो, मेलापात, सार्वजनिक यातायात सबै तिर महिलाले आफुलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अझ झन् पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोगले महिला हिंसालाई बढवा दिएको छ । पीडित महिलाको उजुरीका आधारमा यस्ता घटनाहरु बाहिर आउने गर्दछन् । जसमा कतिपय अपराधीहरु फेला नै पर्दैनन् र पक्राउ परेकाले पनि फितलो कानुनका कारण छिट्टै उन्मुक्ति पाउँछन् । यसले गर्दा पनि अपराधीको मनोवल बढेको देखिन्छ र यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । महिला हिंसा रोक्न राज्य र सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने अवस्था आएको छ ।

नेपाली महिलाहरुको हिंसा सहने बानी, पारिवारिक तथा सामाजिक डरले दूषित क्रियाकलापहरु अझ बढ्दै गएका छन् । नेपाली समाजमा पुरुषहरु सधै उच्च स्थानमा रहने र महिलाहरुको परिश्रम, कामको संवेदनशिलता र प्रजनन स्वास्थको उत्पादन मूलक भूमीका स्वीकार गर्न नसक्दा महिला यौन चाहना पूरा गराउने, घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायम नै छ । वैदेशिक रोजगारमा जाने महिलाहरु पनि विभिन्न प्रकारका पीडा बाध्य भएका र हिंसालाई सामान्य रुपमा लिने प्रचलनले हिंसा झन बढ्न गइरहेको छ । युवा रोजगारको व्यवस्था नहुनु र पुरुषहरु वैदेशिक रोजगारमा जाँदा घरमा महिलाहरु विभन्न प्रकारका हिंसामा परेको अवस्थाहरु ज्यादै पीडादाय र मनभाबुक बनाउने खाल्का छन् ।

सामाजिक साँस्कृतिक धार्मिक अन्धविश्वासी परम्मराका कारण छाउपडि,बोक्सि,देउकि,बालबिबाह आदि भएर महिलाहरुले खपिरहनुपरेका यस्ता विकृति हरु आजकै मितिबाट अन्त्य गर्न आवश्यक छ

नेपालको संविधान २०७२ को प्रस्तावनामा नै लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुत अन्त्य गरि समानुपातिक, समावेशि, सहभागितामुलक सिद्धान्तको आधारमा समतामुलक समाजको निमार्ण गर्न संकल्प गरिएको छ । यस्तै महिला विरुद्ध सामाजिक, सांस्कृतिक, शारीरिक, यौनजन्य हिंसा नगरिने उल्लेख छ तर यसको कार्यन्वयन भएको छैन । अहिलेसम्म बलात्कार घटनामा पीडितको प्रमाण नष्ट गर्ने, यथेष्ट प्रमाण जुटाउन नसकिएको देखिएको छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अफ्ठ्यारो परेको देखिन्छ । त्यसैले अनुसन्धान प्रक्रियामा सुधार गरिनु जरुरि छ । महिला आफुमा नै कसरी सुरक्षित रहने भन्ने चेतना जाग्रित भएन भने हिंसाको घटना भइरहन्छन् । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तिकरण गर्न जरुरी छ ।

हिंसाकै कारणले महिलाका सुनौला सपनाहरु मासिएका छन् । उजाडिएका छन् । हजारौं आमाको काख रित्तिएको छ । आखिर किन राज्य यसरी निरीह बन्दै छ । के महिला सधै यसै गरि सबैको सिकार हुने हो ? खोई कहाँ सुरक्षित छन् महिला ? विद्यालय पुगेकि छोरी बेलुका घर फर्कन्छे कि फर्किन्न थाहाँ छैन, कहाँ कतिखेर आमा बाबाले आफ्नी छोरीको लागि देखेका सपना चक्नाचुर हुन्छ थाहै छैन । कति बेला आमाबाबुको काख खोसिन्छ त्यो पनि थाहै छैन । कुनै पनि हिंसात्मक क्रियाकलापले परिवार समाज र विकासमा प्रत्यक्ष असर पार्ने भएकोले हिंसा अन्त्यका लागि हामी सबै एकजुट हुन आवश्यक छ । देशमा कानुन बनाएर मात्रै हुँदैन, कार्यन्वयन पक्ष पनि बलियो हुनुपर्दछ । कानुन सबै नागरिकका लागि समान हुनुपर्दछ । भनसुन र पैसामा बिक्ने खाल्को हुनु हुँदैन ।

महिला हिंसा र अपमान गर्ने, यौन दुराचार गर्नेहरुलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्दछ । समाजमा प्रत्यक्ष असर पर्ने संचार माध्यमहरु, सामाजिक संजाल, गीत, नृत्य आदि सेन्सर गरेर मात्र प्रदर्शन गर्न दिनुपर्छ । गाउँ समाजमा विकृति ल्याउने किसिमाका भिडियो, चलचित्रहरु प्रतिबन्ध गरिनुपर्दछ । आधुनिकताका नाममा पश्चिमा मुलुकबाट भित्रिएको अर्धनग्न फेसन यौन व्यवहार आदि नेपाल सरकारले नियन्त्रण गर्नुपर्दछ । मदिराजन्य पदार्थहरु र लागुपदार्थ सेवनका कारण अधिकांश हिंसाजन्य घटनाहरु घटेको देखिएकोले यस्ता पदार्थ विरुद्ध जनचेतना फैलाउने र विक्री वितरणमा सरकारी निकायबाट नै प्रतिबन्ध गरिनु पर्दछ । सामाजिक साँस्कृतिक धार्मिक अन्धविश्वासी परम्मराका कारण छाउपडि,बोक्सि,देउकि,बालबिबाह आदि भएर महिलाहरुले खपिरहनुपरेका यस्ता विकृति हरु आजकै मितिबाट अन्त्य गर्न आवश्यक छ ।

हामी हाम्रो परम्परा सभ्यतासँग जोडिएको मातृत्वको भावलाई त्यागेर पनि महिलाहरुले दुःख पाउने काम भएको छ । त्यसैमा अहिलेका महिलावादी अधिकार्मीहरुले छाडा संस्कारको विकास गराउने तर महिलालाई कर्तव्यवोधको अध्ययन अध्यापन नगराउने भुईफुँटबादी अधिकारकर्मीहरुले महिला अधिकार दिने होइनन् कि छाडा बनाउने काम मात्र गर्नेछन् भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । जे होस् हिमवत खण्डका सम्पूर्ण मानव समुदायहरुले नारीहरुलाई दैवक शक्तिको रुपमा लिने गरेकोले नेपालमा नारीहरुलाई सम्मान र इज्जत छ । यसका उदाहरणहरु नेपालका हरेक ठाँउमा देवीका मन्दिरहरु स्थापित छन् ।

तीनै तहको सरकारले समाजमा यस्ता अपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको जिम्मा लिनुपर्दछ तर यहाँ कतिपय जिल्लाका स्थानीय जनप्रतिनिधिको रोहबरमा बलात्कार जस्तो जघन्य अपराधको मिलापत्र समेत गरेको देखिन्छ । यस्तै कतिपय ठाँउमा प्रहरीहरुद्वारा नै महिलाहरु बलात्कृत भएका छन् । त्यसैले राज्यको उपस्थिति बिना यौनजन्य हिंसाको न्यूनिकरण हुँदैन।महिला हिंसा न्यूनीकरण गर्न परिवार र समाजको उतिकै दायित्व हुन्छ । जबसम्म सिङ्गो परिवार र समाज यस्ता अपराधिक घटनाविरुद्ध सजग,सचेत र आन्दोलित हुँदैनन् तब सम्म यस्ता घटना न्यूनीकरण गर्न कुनै पनि हालतमा सम्भव छैन ।

बैदेशिक रोजगारको अन्त्य गरी देशमा रोजगारको व्यवस्था गर्न,सरकारि नीति निर्माण तहमा महिला प्रतिनिधित्वको व्यवस्था गर्ने प्रत्येक परिवारमा महिलाहरुलाई सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउन सकेमा यस्ता समस्याहरु कम गराउन सकिन्छ।

त्यसैले नेपाल सरकारले हिंसा अन्त्यका लागि अनुशासित समाज निर्माण गराउनुपर्दछ भने प्रत्येक महिलाहरुको आफ्नो हक अधिकार र कर्तव्य के हो ? कसरी हिंसाजन्य क्रियाकलापबाट जोगिन सकिन्छ भन्ने बारे शिक्षित, चेतनशील, सभ्य र अनुशासित हुनु आवश्यक छ।महिलाहरुलाई सम्मान गर्न सबै नागरिकहरुले सिक्नुपर्छ ।

महिला र पुरुष यही समाजका उपज हुन्।यहि समाजबाट नै महिलामाथि हिंसा भइरहेको छ । यौन जन्य अपराध, हत्याहिंसा, दाईजोप्रथा, बालविवाह, आदि विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना अभियान सन्चालन गर्न सकियो भने महिला हिंसालाई न्यूनिकरण गर्न सकिन्छ।आसा राखौ।अहिले बनेको नयाँ सरकारले महिला हिंसा अनत्यका लागि नयाँ वातावरण सृजना गर्न सकोस ।

(लेखक निरौला इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता दोस्रो वर्षमा अध्ययनरत छन् ।)

Tags: महिला हिंसारिकेश निराैलाविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
सर्वोच्चको मुद्दा फैसलामा सुधार

सर्वोच्चको उदार आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.