म भागिरहन्छु, तँ पछ्याइ रहन्छस्,
एक दिन म थकित्त हुनेछु र
तैँले मलाई लघार्दै लानेछस्
हो जीवन साश्वत सत्य छ
तैँले मलाई लानेछस
तेरो स्वार्थमा प्रयोग गर्नेछस्
मक्काउनेछन् मेरा हड्डीहरु
सकिनेछन मेरा सारा जोस र
चाहानाहरु
आखिर तँ आउनेनैछस्
समय फरक छ ,मौसम फरक छ
फरक यत्ति छ आखिर ढिलो चाँडो रहेछ
ए समय ! तैँले कसैको मित्र लादैछस्
तैले कसैको सत्रु, कसैको गुरु
त कसैलो चेला, कसैको भार त कसैको साहारा ,
कसैको प्रेमि त कसैको बोझ
आखिर त लाँदैछस् ।।
लैजा मन्जुर छु तेरा सर्तहरू।
म हाँसी हाँसी जानेछु तँ सँग
जित तेरै हुनेछ
तर सुन मेरो लास मा
चन्द्र र सुर्य अङ्कित झन्डा हुन पर्छ
मेरोलास देखेर देश रुन पर्छ ।।
मलाई सच्चा देसभक्तले सलामी दिनुपर्छ
फरक छ, म मृत्युमा
सय्यामा जलिरहँदा ,मेरी आमा हाँसिरहुन्
युवाहरूले मेरो लास देखेर मुस्कान छर्नुपर्छ
मेरि प्रेमिका हर्षले बिभुत हुनपर्छ ।
जित त्यतै हुनेछ, तैँले मलाई लानेछस्,
मेरो एउटा सर्त तैले स्वीकार
समय ! मेरो लास बेर्ने कात्रो,
अरुले किन्दिन पर्छ ।।।
बिनाेद काेइराला