Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home साहित्य

मोलुङका ‘आइटी सर’

युवराज कटुवाल by युवराज कटुवाल
07/09/2019
in साहित्य
0
मोलुङका ‘आइटी सर’
21
SHARES
509
VIEWS
Share on FacebookShare on Twitter

भर्खरै राजधानीका सडकमा कलिला घामहरु देखा पर्न थालेका थिए । फागुन लागे पनि ठिही गइसकेको थिएन् । राजधानी न हो त्यति छिटो कहाँ जान्थ्यो र ? गोपाल नेपाल भिडमा बसेर पनि आफ्नै जिन्दगीलाई नियालिरहेका थिए । गाउँबाट शहरमा आएर बसेको पनि १० वर्ष भइसकेको थियो । उसो त शहरभन्दा गोपाललाई गाउँ नै औधी प्यारो लाग्थ्यो । शहरमा रहँदा पनि बरुणेश्वरको आँगन सम्झिरहेका हुन्थे । रनबन चहारेको सपना देख्थे । गाँउमा बा थिए । आमा थिइन् । आफूलाई प्यारो ठान्ने गाउँले थिए । गोपालले आफ्नो बिगत सम्झिए । बुढा हुँदै गरेका बा दिनहू घण्टौको बाटो पैदल हिँडेर स्कुल पुग्थे । आमाले झिसमिसेमा उठेर सकिनसकि काम गरेको सम्झे ।

०७४ मा त्यतिबेला नेपालले अमृत साइन्स क्याम्पसबाट बि.एस., सि.एस. आइटिमा स्नातक गरिसकेका थिए । उनका अगाडि दुई वटा विकल्प थिए । घर फर्किने वा राजधानी मै बसेर रोजगारी गर्ने । उनलाई शहरमा बसेर जागिरे बन्ने पटक्कै मन थिएन । उसो त राजधानीमा अवसरहरु पनि नपाएका होइनन् । तर किन किन गाँउमा बसेर नै सेवा गर्ने भावना जागृत भएको थियो । स्कुले जीवनबाट नै गोपालको समाजसेवा गर्ने धोको थियो । र, उनी ०७४ फागुनदेखि गाँउ फर्किए । गाउँमै बस्न थाले ।

READ ALSO

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

गाउँपालिकाले आइटीमा रोजगार खुलायो । नाम निस्कियो । नाम निस्केको दिन खुसिले फुरुङ्ग भए । कम्तिमा गाउँमा बसेर सेवा गर्ने अवसर जो मिलेको थियो । बिदेसिने नेपालीमा उनलाई पर्नु थिएन । आफ्नो देश भन्दा पर बसेर कसैको सस्कृति अंगाल्नु थिएन । बरु उनलाई त जरायोटारको खेतमा पुगेर हिलाम्मे धरतीमा बाहुसे गर्ने मन थियो । मोलुङ खोलाको कन्चन पानिमा डुबुल्की मारेर निस्कनु थियो । कखरा नजानेका नानीहरुको, ओठमा हासो ल्याउन नसक्ने गाउँले आमाबुबामा हासो पो ल्याउनु थियो । यिनै कुरा सम्झिएर त गोपाल गाउँ फर्किएका थिए ।

गाउँमा उनी अब गोपाल नेपाल होइन, आइटी सरका नामले चिनिन थाले । सेवाग्राहीले दिएको आइटी सर उपनाम उनी सहजै स्वीकार्छन् । निरन्तर आइटीको काम गरिरहँदा र सेवाग्राहीलाई सेवा दिइरहँदा पाएको उपनाम थियो त्यो ।

आइटी सरको विषेश पहलमा मोलुङ गाउँपालिकामा सूचना प्रविधी सेवा केन्द्र साथै केन्द्रको दुईवटा माध्यमिक विध्यालय (बरुणेश्वर मा.वि. र शिवदुति मा. वि.)मा सूचना ल्याब पार्न सफल भएका छन् । कहिले मोलुङ खोलाको शिरमा बसेर हेर्छन त कहिले श्रीचौरका डाँडामा बसेर रामपुर टार नियाल्थे । जागिर त उनको गाउँपालिकामा आइटी विभाग हेर्ने थियो । तर गाउँमा सेवा गर्ने पहिलेदेखिकै चाहना के सकिन्थ्यो र । भनिन्न सरकारी काम गर्न थालेपछि अरु क्षेत्रमा समय दिन र काम गर्न खासै सकिँदैन । तर उनको हकमा यो भनाइ लागू हुँदैन । अनि फेरि जागिरेको इच्छाशक्ति र क्षमतामा पनि भर पर्छ । उनी कार्यालय समयमा गाउँपालिकाको कार्यालयबाट सेवाग्राहीलाई सेवा दिन्छन् । बाँकी समयमा गाउँमा सूचना प्रविधि भित्र्याउन, भित्र्याउन पहल गर्न र अबको पुस्तालाई इन्टरनेट र आइटीको ज्ञान दिन लागि पर्छन् । उनी अबको पुस्तामा इन्टरनेट सम्बन्धि ज्ञान हुनुपर्ने उनको भनाइ छ । त्यसैले त होला, गाउँमा कहिँकतै आवश्यक पर्ने वित्तिकै आफूले जानेका कुरा बुझाउन तत्पर हुन्छन् । अचेल कसैलाई केही पर्दा चाल पाउनासाथ पुगिहाल्छन आइटी सर । त्यती मात्र होइन, उनले बिभिन्न पर्यटकीय स्थलहरुको बारम्बार भ्रमण गरे । अनि मोलुङमा पर्यटकीय सम्भावनाका बिस्तृत अध्ययन समेत गरे । उनी गाउँ चिनाउन लागि परेका छन् । गाउँमा अबका पुस्तालाई आइटी ज्ञान बाँड्न थालेका छन् । आइटी सर अचेल समाजसेवी पनि बनेका छन् ।

गाउँमा बसेपछि उनले त्यहााका आवश्यकताहरु बुझे, बुझ्दैछन् पनि । रहरहरु बुझ्दैछन । स–साना बालबालिकालाई किताबी ज्ञान मात्र काफी हुँदैन भनेर बिभिन्न साहित्यका किताबहरु भेला पारेर मोलुङ बुक क्लब स्थापनाको पहिलो चरणमा छन् । गोपाल भन्छन्, ‘अब गाउँमा पनि किताब पढिन्छ ।’

Tags: आइटी सरमोलुङ

Related Posts

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

08/12/2024
कविता : मलाई गितार मनपर्छ
साहित्य

कविता : मलाई गितार मनपर्छ

08/01/2024
महँगी र मायालु (कविता)
साहित्य

महँगी र मायालु (कविता)

02/02/2023
मेरो गाउँ (कविता)
साहित्य

मेरो गाउँ (कविता)

21/06/2021
लुटिएको आत्मा (कथा)
FEATURE

लुटिएको आत्मा (कथा)

24/05/2021
Next Post
पहिलो पाइला नेपालको केन्द्रीय अध्यक्षमा रामधुनीका खड्का

पहिलो पाइला नेपालको केन्द्रीय अध्यक्षमा रामधुनीका खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.