सुन्दरहरैंचा । पर्यटकीय गन्तव्यको रुपमा परिचित मोरङ्गको सुन्दरहरैंचा नगरपालिका ५ मा रहेको हसिना सिमसारमा पछिल्लो समय विकासका काम भइरहेको छ । हसिना सिमसारको क्रमिक विकास र प्रवद्र्धनले गर्दा यो मोरङ्गको उत्कृष्ट प्रर्यटकीय स्थलको रुपमा चिनिदै आएको छ ।
आज विश्व सिमसार दिवस । यस दिवसको दिन हसिना सिमसारमा भब्यताका साथ मेला आयोजना गरिएको छ । मेलामा स्थानीयले आफैले विभिन्न परिकार बनाएर बिक्री गरेका छन् । कोभिड महामारीको आक्रान्तले गर्दा भिडभाड कम गर्ने उद्देश्यले ठूलो मेला भने आयोजना भएन ।
हसिना सिमसारको विकासका लागि विभिन्न स्रोत साधनलाई प्रहिचान गरेर सिमसारसम्म आउने र जाने सवारी साधनको उचित ब्यवस्थापन गर्न सके यसको प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् ।
मेलाको दिन खबरबिटका लागि सुन्दरहरैंचाबाट दयाराम कटेलले कैद गरेको केही तस्बिर :