Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

कोभिड-१९ को असरले थलिएको पर्यटन, अबको चुनौती र कार्यभार

खबरबिट by खबरबिट
14/07/2021
in FEATURE, पर्यटन, विचार
0
कोभिड-१९ को असरले थलिएको पर्यटन, अबको चुनौती र कार्यभार
17
SHARES
413
VIEWS
Share on FacebookShare on Twitter

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । अद्धितीय प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । खासगरी हिमाली प्राकृतिक सुन्दरता,हाम्रो नेपाली मौलिक संस्कृती,नेपाली विशेषता बोकेका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल, मौलिक साँस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका क्षेत्र हुन्।

नेपालको संविधानले यि स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवम प्रसारप्रचार मार्फत राष्ट्रिय अर्थतन्त्र विकासको प्रमुख आधारको रुपमा यस क्षेत्रलाई विकसित गर्ने नीति लिएको छ । पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले पनि र पर्यटन क्षेत्रमा हाम्रा सामु प्रचुरमात्रामा स्रोत साधनको उपलब्धताले गर्दा यो क्षेत्रलाई समृद्ध नेपालको सम्बाहकको रुपमा अर्थ्याउन सकिन्छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

पर्यटन क्षेत्रमा कोभिड १९ को प्रभाव
चीनको बुहानबाट सुरु भई विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ को आकास्मिक प्रकोपबाट नेपाल र यहाँको पर्यटन क्षेत्र अछुतो रहन सकेन । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरुवाती चरणमै स्थगित हुन पुग्यो । नेपाल भ्रमण वर्षको लागि राज्यले यथेष्ट लगानी गरेता पनि त्यसको प्रतिफल लिन सक्ने अवस्था रहेन । विश्वव्यापी रुपमै बजार अर्थतन्त्रमा गम्भीर असरहरु देखापरिरहँदा वस्तु तथा सेवाको उत्पादन र विनीमय प्रभावित भयो ।

बन्दाबन्दिको घोषणाले सडक तथा हवाई यातायात आवातजावतका क्षेत्रमा समेत असर पर्दा होटल, रेष्टुरेन्ट, हाइकिङ, ट्रेकिङ, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनमा समेत अवरोध हुँदा मुलत अघिल्लो २ वर्पको तुलनामा सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको देखिन्छ । सोही अवधिमा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जनमा करिब ७० प्रतिशतले कमि आएको छ । सन् २०१९ मा कुल विदेशी पर्यटक आगमनको संख्या ११ लाख ९७ हजार १९१ रहँदा सो संख्या सन् २०२० मा २ लाख ३० हजार ०८५ र सन् २०२१ मा ३२ हजार ९९७ जनामा मात्र सिमित भएको देखिन्छ । तुलनात्मक रुपमा अघिल्लो वर्षमा भन्दा यो वर्पमा मात्रै ८० प्रतिशतले यो संख्यामा कमि आएको छ । त्रिभुवन विमानस्थलमा अन्तराष्ट्रिय उडान तर्फ यात्रु आगमनको संख्या करिब ७३ प्रतिवशतले घट्दा सन् २०२० को अन्त्यसम्ममा २४ अर्ब ९५ करोड ५९ लाख आम्दानि भइरहँदा यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कमी हो ।

पर्यटन व्यवसायिहरुलाई कर छुट लगाएत वस्तु तथा सेवामा विशेष सुविधा र सहुलियतका कार्यक्रमहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई पुनःसञ्चालन गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने देखिन्छ ।

कोभिड १९ का कारणले भएको क्षति हानी नोक्सानीका सन्दर्भमा विभिन्न अडकल र अनुमान भइरहँदा नेपाल पर्यटन बोर्डले गरेको अनौपचारिक सर्वैक्षण अनुसार नेपालमा पर्यटन र उड्ययन क्षेत्रमा गरी करिब ११ लाख मानिसहरु रोजगार रहेको देखिन्छ । त्यसैगरी यस क्षेत्रमा सन् २०२० को अन्त्यसम्ममा मात्रै १५ खर्ब लगानी भएको देखिन्छ । त्यसैगरी यस क्षेत्रमा कोभिड १९ संक्रमण महामारीसँगै प्रतिमहिना १० अर्ब नोक्सानी भएको उक्त अध्ययन प्रतिवेदनले प्रस्तुत गर्दा नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाका रुपमा रहेको पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर सिगो अर्थतन्त्रमा पर्न गएको छ ।

चुनौतीहरु
विश्वव्यापीकरणको प्रभावबाट मौलिक संस्कृती र नेपाली पहिचानको जगेर्ना गर्दै सबै भाषा, संस्कृतीको संरक्षण सम्बद्र्धन गर्नु, संस्कृती एवम् सम्पदा संरक्षणको क्षेत्रमा पर्याप्त लगानी बढाई अध्ययन अनुसन्धानलाई मुर्त रुप दिनु , संघीय संरचनामा आधारित राज्य संरचना अनुसार नै प्रादेशिक र स्थानीयस्तरमा पर्यटन संरचना तयार गरि नयाँ पर्यटकीय स्थलको पहिचान, विकास र विविधीकरण गरि ग्रामिण पर्यटनलाई विकसित र आधुनिक बनाउन संरचना तयार गर्नु, हवाईमार्गबाट हुने आवागमनले आज विश्वलाई नै एउटा गाँउको रुपमा विकास गरेको सन्दर्भमा पर्यटन क्षेत्रको प्रमुख चुनौती नै विमानस्थलको विस्तार सुदृढीकरण, चेक जाँचमा कडाई, नियमित उडानलाई प्राथामिकता दिनु, उच्च हिमाली भेग तथा हिमालहरुमा हुने विभिन्न प्राकृतिक प्रकोप जोखिम तथा विपदको अवस्थामा उद्दार, राहत र व्यवस्थापन गर्नु मुलक संघीय शासन प्रणालीमा रहेकाले स्थानीय निकायको संग्लनता र सक्रियता बिना पर्यटन क्षेत्रको विकास दिगो हुन नसक्ने कटु यथार्थतालाई भुल्नु हुँदैन र पर्यटन विकासमा स्थानीय सरकारहरुले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गरी जिम्वेवारी, स्वामित्व, सिर्जना गर्नसक्नुलाई पनि चुनौतीको रुपमा अथ्र्याउन सकिन्छ ।

सबै पर्यटकीय स्थलहरुमा सूचना प्रविधिको विस्तार र आधुनिक प्रविधिको पहुँच पुर्याउनु, जलवायु परिवर्तनबाट सृजना भएका जोखिमहरुको न्यूनीकरण गर्नु, कोभिड १९ बाट पर्न गएको मुलत आर्थिक क्षति र व्यवसायिक नोक्सानीलाई द्रुत गतिमा न्यूनीकरण गरी पर्यटनको पुनर्उत्थान गर्नु जस्ता विविध चुनौतीहरु रहेका छन् ।

आगामी कार्यभार
नयाँ नीतिको आवश्यक्ता सर्वप्रथम पर्यटन क्षेत्रमा विकासका निम्ति पुराना कानुन तथा नीतिहरुलाई विस्तापित गरि मुलुकको परिवर्तित संरचना बमोजिम बदलिदो विश्व परिवेश र मानिसका आवश्यक्ता, चाहानालाई समेत दृष्टिगत गरि नयाँ कानुनको निर्माण गरी त्यसको सफल र जिम्वेवारीपूर्वक कार्यान्वयन गर्नु आजको पहिलो कार्यभार हो । मुलुकमा नयाँ संविधान बनेर कार्यान्वयन भइरहेको, संक्रमणकालको अन्त्य भएर दिगो शान्ति, स्थायित्व र विकासको चरणमा प्रवेश गरेको आजको समयमा पर्यटन विकासका लागि बन्ने कानुनले ग्रामिण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने र त्यसका लागि नयाँ पर्यटनस्थलको खोजी, पहिचान, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराउने सेवा सुविधामा वृद्धि, उनीहरुको भौतिक सुरक्षाको प्रत्याभुती, सत्कार र सम्मान, बसाईअवधि लम्ब्याउँदै पर्यटन क्षेत्रलाई संख्यात्मक र गुणात्मक वृद्धि गरि विकास गर्नुपर्ने पृष्ठभुमिमा पर्यटन प्रवद्र्धनलाई नयाँ उचाईमा पुर्याई आर्थिक परिवर्तनको आधारशिला तयार गर्न विद्यमान कानुनी संरचनामा परिवर्तन गरी नयाँ नीति ल्याउनु आवश्यक देखिन्छ ।

ग्रामिण पर्यटनको विकास पर्यटन क्षेत्रको प्रतिफल ग्रामिण समुदायमा पुर्याउन स्थानीय जनतालाई पर्यटन सेवामा सहभागी गराई व्यक्ति तथा समुदायको जीवनस्तर सुधार गर्न होमष्टे कार्यक्रम आजको दिनमा प्रमुख पर्यटनको गन्तव्य देखिन्छ । ग्रामिण जनजीवन र हाम्रो मौलिक संस्कृतीको बारेमा जानकारी दिदै नेपाली रितिरीवाज, कला संस्कृती र रहनसहनको अवगत गराउँदै पर्यटकलाई मोहित पार्नुपदर्छ । स्थानीय समुदायमा उत्पादित मौलिक र परम्परागत सामाग्रीको बिक्रि वितरणको लागि स्थानीय बजारको व्यवस्थापन गर्दै एक स्थान एक पहिचानको नीति अवलम्बन गर्ने । जस्तै पूर्वको भेडेटारमा एभोकाटो, धनकुटाको हिलेमा तुम्बा, बसन्तपुरमा गुराँस, इलामको फिक्कलमा चियाको प्रवद्र्धनात्मक तस्विर राखेको पाइन्छ । स्थानीय स्तरमा मौलिक आकर्षण भएका सम्भाव्य क्षेत्र र वस्तुलाई दृष्टिगत गरी एक स्थानीय तह एक पर्यटन विकास कार्यक्रम संन्चालन गर्नुपर्दछ ।

आन्तरिक पर्यटनको विकास कोभिड १९ महामारीले पर्यटन व्यवसाय धरासायी बनेको परिप्रक्ष्य र संक्रमणको स्थिती जारी रहेको र यो क्रम विश्वव्यापी रुपमै रहेकाले तत्काल विदेशी पर्यटक नेपाल आगमनको सम्भावना न्युन रहेकाले सरकारले आन्तरिक पर्यटन प्रर्वद्धनका लागि नयाँ कार्यक्रमहरु तत्काल सार्वजनिक गरी आम नागरिकलाई आफ्नै देशको विभिन्न पर्यटकीय स्थलको भ्रमणमा सहुलियत, विदाको उपलब्धता गर्नुपर्दछ । यसको पछिल्लो उदाहरणका रुपमा नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरुले बजेट मार्फत घोषणा गरेका सरकारी कर्मचारीलाई पर्यटन विदा उपलब्ध गराउने लगाएतका कार्यक्रमलाई कार्यन्वयन गर्नु पनि आवश्यक देखिन्छ । पर्यटन व्यवसायिहरुलाई कर छुट लगाएत वस्तु तथा सेवामा विशेष सुविधा र सहुलियतका कार्यक्रमहरु सञ्चालन गरी पर्यटन व्यवसायलाई पुनःसञ्चालन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकार, प्रदेश र स्थानीय सरकार साथै नीजि क्षेत्रले व्यवसायिक पर्यटन, प्रर्वतारोहण, पदयात्रा पर्यटन, जलयात्रा, साहसिक पर्यटन जल, स्थल र वायुमा आधारित, सांस्कृतिक पर्यटन, धार्मिक, खेल, चलचित्र, शैक्षिक पर्यटन र कृषि पर्यटन हाम्रो पर्यटनका सम्भाव्य क्षेत्रहरुको विकासमा लगानी गरी, यि क्षेत्रहरुको प्रसारप्रचार ,विकास र पहिचान गर्न सकेमा देशको पर्यटनले आर्थिक, सामाजिक विकासमा टेवा पुर्याई समग्रमा देश ,समुदाय र जनताको जीवनस्तर वृद्धिमा ठूलो टेवा पुर्याउने छ ।

Tags: काेभिड १९पर्यटनबिनाेद खत्रीविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा असारे विकासको प्रवृत्ति मौलाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.