युवाहरुको सामाजिक संस्था पहिलो पाईला नेपालको केन्द्रीय अध्यक्षमा बिजय खड्का नियुक्त भएका छन् । सुनसरी रामधुनीका खड्का यसअघि केन्द्रीय महासचिव थिए ।
१६ भाद्रमा बसेको बैठकबाट खड्कालाई अध्यक्षको रुपमा नियुक्ति गरेको हो । सानै उमेरमा रामधुनी नगरस्तरीय बाल सञ्जालबाट सामाजिक काममा संलग्न खड्का पहिलो पाइलाका संस्थापक समेत हुन् । रामधुनीमा स्थापित सुशासनका लागि युवा (वाइजीजी)मार्फत समेत सामाजिक कामको अनुभव बोकेका खड्का पहिलो पाइलामार्फत विभिन्न अभियानमा सक्रिय छन् ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा बिष्णु राज महत, द्वितीय उपाध्यक्षमा साजन थापा, महासचिवमा सुरज गिरी, सचिवमा बिनोद महत, कोषाध्यक्षमा मनिषा शाहनी, सहकोषाध्यमा विशाल बस्नेत र सदस्यहरुमा क्रमशः करिष्मा पन्थ, सविना संग्रौला र गंगा थापा निर्विरोध चयन भएका छन् । १३ जनाको केन्द्रीय कार्यसमती रहने व्यवस्था भएपनि सहसचिव र २ सदस्यको भने टुङ्गो लाग्न अझै बाँकी रहेको संस्थाले जनाएको छ ।
संस्थाले गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा सरसफाई, युवा विकास तथा उत्प्रेरणा र मानव सुरक्षाको क्षेत्रमा कामहरु गर्दै आइरहेको छ।