Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

खबरबिट by खबरबिट
27/08/2023
in FEATURE, विचार
0
मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका
9
SHARES
214
VIEWS
Share on FacebookShare on Twitter

आलोक खनाल, आयुस रेग्मी

हामीलाई धेरै कुरा थाहा छ, हाम्रो पहिरन हिजो जस्तो छैन । हाम्रो भान्साबाट हिजोका परिकारहरु विस्तारै विस्थापित भइरहेका छन् । हाम्रा चाडवाड पनि हिजोजस्ता छैनन् । यी परिवर्तन भएका छन् । अनि यही गतिमा परिवर्तन हुँदै जाने हो भने थाहा छैन के कस्ता नवीनतम अभ्यासहरु होलान् ?

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

भुटेको मकै र तारेको आलु परिवर्तन भएर पपकर्न र आलुचिप्स वा फ्रेन्च फ्राई बनेर स्वादमा टाँसिएका छन् । मोही रूपान्तरित भएर फरक स्वादमा खान थालेका छौं । जसमा ठेकीको गन्ध र असली मोहीको स्वाद आउँदैन । गुन्यु चोली वा दौरा सुरुवाल पनि पर्व विशेषका पोषाक भएका छन् । दिनहुँ लगाउने ढुङ्ग्री मुन्द्री झण्डै विस्थापित हुँदै टप र झुम्काजस्ता गहनामा परिवर्तित भएका छन् । अनि हामी विस्तारै यिनै परिवर्तित वस्तुलाई आफ्नो ठानेर अपनत्व ग्रहण गरिरहेका छौँ । तिज वा दशैँ आफन्तजनसंग भलाकुसारी गर्नुको साटो मन लागेको गन्तव्यमा घुम्न जाने भइसकेको छ । अनि हामी यिनै परिवर्तित वस्तुलाई आफ्नो ठानेर ग्रहण गरिरहेका छौँ ।

यसरी हामीबाट बिस्तारै हाम्रा मौलिक वस्तुहरु विस्थापित हुने क्रममा छन् । यसको श्रेय कसलाई जान्छ भन्ने विषयमा धेरै बहस पनि भइरहेका छन् । यद्यपि परिवर्तन र विस्थापनको क्रम बढ्दो छ । यसका मुख्य कारणमा हामीले घरी राजनीतिलााई दोष दियौं त घरी आँफैलाई घरीघरी विश्वव्यापीकरण र अर्काको देखासिखी गर्ने परिपाटीलाई दोष दियौँ । अझ दोष दिएको अर्को विषय छ प्रविधिको व्यापक प्रयोगलाई । यसरी हामीले दोष दिइरह्यौँ तथापि समाधान हुन सकेको छैन ।

बजारशास्त्रले त्यसो त आर्थिक, सामाजिक र राजनैतिक तीनै आयामलाई उत्तिकै समेटेको हुन्छ । त्यसैले पनि हाम्रो संस्कृति पलायनताको कारणमा सबै कारणहरू उतिकै महत्वका साथ अघि आउँछन् । संस्कृतिको विकास र अवलम्बन समाज विकासको क्रमसँगै अघि बढ्दै जाने गर्दछ ।

समाज परिवर्तन र सांस्कृतिक मूल्य मान्यतामा आएका परिवर्तनलाई हामीले पटक पटक यसरी समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दै आयौँ अथवा मानिसको मनोवैज्ञानिक चिन्तनको दृष्टिकोणबाट हेर्दै आयौं । राजनीतिक आयामबाट हेर्ने हो भने यी परिवर्तनहरू राजनीतिकै द्योतक हुन् जस्तो लाग्छ । राजनैतिक अस्थिरताको कारण जस्तो लाग्छ । आर्थिक दृष्टिकोणबाट हेर्न हो भने त्यसकै कारण हो जस्तो लाग्छ । गरिबीको चपेटामा खोजिएका सस्ता र सजिला वस्तुको उपयोगिताजस्तो पनि लाग्छ । उता विश्वव्यापीकरण र मुलुकको स्वतन्त्र व्यापार नीतिलाई हेर्ने हो भने हाम्रा मौलिक संस्कृति माथिको अतिक्रमणका कारण जस्तो लाग्छ । यो लेख यी सबै कारणहरु केलाउनका निमित्त तयार गरिएको नभई बजारशास्त्रीय दृष्टिकोणबाट हेरौँ कि भन्नलाई तयार पारिएको मात्र हो, तथापि माथिका दृष्टिकोणसँग बिमती राख्ने अवस्था भने पक्कै छैन । यी सबै अन्तर्निहित विषय हुन् । बजारशास्त्रले त्यसो त आर्थिक, सामाजिक र राजनैतिक तिनै आयामलाई उत्तिकै समेटेको हुन्छ । त्यसैले पनि हाम्रो संस्कृति पलायनताको कारणमा सबै कारणहरू उतिकै महत्वका साथ अघि आउँछन् ।

संस्कृतिको विकास र अवलम्बन समाज विकासको क्रमसँगै अघि बढ्दै जाने गर्दछ । अर्कोतर्फ बजारशास्त्रको विकासक्रम पनि समाज विकासको क्रमसँगै अघि बढ्दै जाने हो । समाजको विकासक्रम सँगै मानिसका आवश्यकताको पनि विकास हुँदै नै जाने हो । ती आवश्यकताले बजारमा माग सिर्जना गर्छन् । सिर्जित मागको परिपूर्तिका लागि बजारले ठूलो भूमिका निर्वाह गर्दै आएको हुन्छ । सिर्जित स्वाद पूरा गर्छ बजारले । सिर्जित फेसन पूरा गर्छ । व्यापार नै यस्तो साधन हो जसले मानिसको खाँचो पूरा गर्दैछ ।

अर्कोतर्फबाट हेर्दा बजारशास्त्रका समष्टिगत क्रियाकलापहरु छन्, जसले मानव जीवनमा अतिरिक्त आवश्यकता र मनोविज्ञानमा जोड दिन्छन् र त्यसमाथि काम गर्छन् न कि स्वतः सिर्जित आवश्यकता मात्रै पूरा गर्छन् । व्यावसायिक प्रतिस्पर्धा नै पनि यसैमा बढी अन्तरनिहित हुन पुगेको छ भन्दा अतिशयोक्ति नहोला । बजारशास्त्रको तीब्र प्रतिस्पर्धा र आक्रामक बिक्री शैलीको प्रयोग पनि उत्तिकै छ । जब कि हामीलाई धेरै अवस्थामा बजारमा आएका वस्तुले थप आवश्यकता महसुस गराएका छन् । जस्तो कि, जन्मोत्सव मनाउने सिलसिलामा बजारमा केक भित्रियो । सँगसँगै केक काट्ने प्रवृत्ति पनि आयो । आयातित संस्कृतिका परिपुरणको साधनका रुपमा रहेको बजारले यसको पनि भरणपोषण गर्दै नै आएको छ । यसलाई पाश्चात्य मुलुकको प्रभाव भनौँ वा के ? अर्कातर्फ प्रविधिमार्फत वस्तु प्रयोग गरेका फोटो र भिडियो आफन्तहरुले भटाभट सम्प्रेषण गर्ने परिपाटीले उस्तै भूमिका निभाएकै छ ।

दशैँमा घुम्न जाने परम्पराको स्थापनाको कारण पक्कै पनि आन्तरिक वा वाह्य पर्यटन व्यावसायको बजारीकरण पनि एक हो । यो बाहेकका अन्य वाध्यता जस्तो जागिरेको छुट्टी त्यही वेला हुनु होला । यद्यपि ठिक त्यही मौका छोपेर व्यवसायीले छुट अफर दिनु, टुर प्याकेज बनाइदिनु र त्यसलाई सामाजिक सञ्जालमा व्यापक वनाईदिनु आदिचाहिँ बजारशास्त्रकै परिणती हुन् । आक्रामक शैलीमा आएका टुर प्याकेजहरु र पर्यटकीय स्थलका विज्ञापनले घरमा बसेर वा आफन्तसँग भेटघाट गरेर चाडवाड मनाउने परम्परालाई विस्थापित गर्दै गएको प्रतित हुन्छ । संस्कार धान्ने उमेरको पुस्तामा समेत प्रविधिको व्यापक प्रयोग बढेको छ । जसको कारण परम्परागत शैलीमा उनीहरुले नै पनि परिवर्तन गरिरहेका छन् ।

बजारशास्त्रमा दिनदिनै भएका अनुसन्धानहरु ग्राहकमा अतिरिक्त नवीनतम अभ्यासलाई अभ्यस्त बनाउनमा केन्द्रित रहने पनि निश्चित छ । जसले मानिसको आचरण व्यवहारमा वेग्लै छलाङ मारिदिन्छ । मानिसलाई वस्तु प्रतिको आकर्षण बढाउन बजारशास्त्रले अनेकौं रणनीतिहरु अवलम्बन गर्छन् । यसले मुन्धुमका आधारभूत वस्तुमाथि सिर्जनात्मक व्यापार गर्न सक्छ अथवा भनौं गरिरहेको छ ।

बजारशास्त्रमा दुई तत्वहरू सदैव सक्रिय रहन्छन् । पहिलो मानिसका आवश्यकता पूरा गर्ने वस्तु निर्माण गर्नु, दोश्रो अतिरिक्त आवश्यकताको सिर्जना गर्नु । आधारभूत आवश्यकताले मानिसलाई जिउन सिकाउँछ भने अतिरिक्त आवश्यकताले मानिसको मनोविज्ञानलाई परिवर्तन गरिदिन्छ । आवश्यक परे यसले वस्तु सहजीकरण गर्छ र सांस्कृतिक अभ्यासमाथि महत्वाकांक्षा थप गरिदिन्छ । उपभोक्ताको मनोविज्ञानलाई परिवर्तन गरिदिन्छ । अनि सहजीकरणले वस्तु अवलम्बन गर्न गराउन भूमिका खेल्छ वा भनौँ बजारमा ग्राहकको अहमताप्रति विचरण गर्छ र आफू एकछत्र राज गर्न पुग्छ ।

यतिबेला बजारको माग सम्बोधन गर्न राज्यले पनि निकैपटक सोच्नु पर्ने हुन्छ । सामान्य उदाहरणका लागि लक्ष्मी पूजामा बालिने गरेका माटोका प्यालालाई बिजुलीबाट बल्ने प्लास्टिकका प्यालाले प्रतिस्थापन गर्ने ठूलो भय उत्पन्न भइसकेको छ । अथवा, भनौँ यसको संरक्षण गाउँले मात्रै गर्दैछ । शहरमा माटोका प्याला कम र प्लास्टिकका प्याला बल्न थालिसके । निर्माण सहजताका हिसाबले जनै पूर्णिमामा हातले सिखा पारेका जनैलाई प्रतिस्थापन गर्ने वस्तु मेसिनले गाँठो पारेको जनै सिद्धहस्त वस्तु भएको छ । त्यसो त बजारशास्त्रीय अभ्यास भनेकै मानिसलाई प्रयोग सहजीकरण गर्नु हो । यद्यपि प्रयोग सहजीकरणले परम्परागत मौलिक वस्तुको उत्पादनमा ह्रास ल्याउने र उस्तै देखिने तर सांस्कृतिक परिवर्तन सहितका वस्तुको उत्पादन गरी विक्री गर्ने मात्रा बढाएको छ । यसलाई राज्यले नियमन गर्न नै पनि निकै सोच्नु र विचार गर्नु पर्ने अवस्था सिर्जना भइसकेको छ ।

अझ भनौँ रैथाने संस्कृतिहरु बिस्तारै पलायनतातर्फ जानु वा तिनले आफ्नो मौलिकता गुमाउँदै जानुमा बजारशास्त्रीय अभ्यासहरू उति नै जिम्मेवार छन् जति अन्य कारणहरु छन् । यसमा आर्थिक हिसाबले समृद्ध मुलुकहरू प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न छन् भन्दै गर्दा अतिशयोक्ति हुँदैन । तिनले हाम्रोजस्तो अविकसित मुलुकमा त्यसको गहिरो प्रभाव छाड्छन्, वस्तुको माध्यमबाट । वस्तु बजारीकरणको माध्यमबाट । तराईमा धोती र कमिजको संस्कृति हराउँदै जानुमा बजारमा आएका सजिला कपडा पहिलो कारण हो यसपछि मात्रै अन्य कारणहरु आउँछन् । गुन्यु चोलाको प्रतिस्थापन गर्न कुर्ता सुरुवाल सहज हुनु अर्को उदाहरण हो । संस्कृतिका विविध पक्ष छन्, जसमा रहेका अप्ठ्यारासँग बजारशास्त्रका रणनीतिहरु खेल्न पुग्छन् । मन्दिरमा बालिने हातले कालेका बत्तीहरु प्रतिस्थापन हुँदैछन् । निधारमा लगाइने काठ घोटेको चन्दनलाई अविर केशरीले प्रतिस्थापन गरेको पनि निकै भइसक्यो । पटुका हराएर पेटीको संस्कृति विकास भएको पनि निकै भयो । तिहारको भाइ मसलामा आयातित कुराहक दिनानुदिन थपिंदै जाँदा कुनै दिन यस्तो आउन सक्छ सेल र अनरसा हुँदैन थालमा । त्यसको सट्टा त्यति नै महत्व वोकेको अर्को कुनै वस्तु हुनसक्छ ।

बजारशास्त्रमा दिनदिनै भएका अनुसन्धानहरु ग्राहकमा अतिरिक्त नवीनतम अभ्यासलाई अभ्यस्त बनाउनमा केन्द्रित रहने पनि निश्चित छ । जसले मानिसको आचरण व्यवहारमा वेग्लै छलाङ मारिदिन्छ । मानिसलाई वस्तु प्रतिको आकर्षण बढाउन बजारशास्त्रले अनेकौं रणनीतिहरु अवलम्बन गर्छन् । यसले मुन्धुमका आधारभूत वस्तुमाथि सिर्जनात्मक व्यापार गर्न सक्छ अथवा भनौं गरिरहेको छ । यसले बुद्धिष्टको प्राकृतिक वस्तुको प्रतिस्पर्धी वस्तु बजारमा ल्याउँछ । मुस्लिमका, यहुदीका वा हिन्दुका भेषभुषा, रहनसहन, गरगहना, आदत, परम्परागत मूल्य मान्यतामाथि नै व्यापारका रणनीतिहरू लगाउन पुग्छ । अथवा स–साना क्षेत्रमा विश्वलाई खण्डीकरण गरेर त्यहाँका मौलिक संस्कृति र परम्पराका झन्झटिला अभ्यासमाथि व्यापार गर्न पुग्छ अनि एउटा छुट्टै पहिचानको थालनी गर्न पुग्छ जुन कुरा आजको मौलिकता भन्दा फरक किसिमको हुन सक्छ ।

Tags: Bannerबजारबजारशास्त्रविचारसंस्कृति

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
लागुऔषध ब्राउनसगुर र ट्याब्लेटसहित २ जना पक्राउ

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.