पूर्वीय दर्शनमा नैतिक शिक्षाको महत्त्वलाई उच्च प्राथमिकता दिइएको छ। हिन्दू धर्म, बौद्ध , र जैनले नैतिक शिक्षा र सदाचारको शिक्षालाई प्रमुख मान्यता दिएका छन्। भगवद्गीता, धम्मपद, र उपनिषद् जस्ता धार्मिक ग्रन्थहरूमा नैतिक शिक्षा र जीवनको उद्देश्यका बारेमा महत्वपूर्ण उपदेशहरू पाइन्छ िमहात्मा गान्धीले नैतिक शिक्षालाई जीवनको प्रमुख उद्देश्य मानेका छन्। सत्य, अहिंसा, र प्रेमलाई गान्धीजीले नैतिक शिक्षाको मूल मान्यता बनाएका थिए। उनले भनेका थिए,’नैतिक शिक्षाले मात्र समाजमा स्थायित्व र समृद्धि ल्याउन सक्छ।’
‘पाश्चात्य दर्शनमा पनि नैतिक शिक्षाको महत्त्वलाई मान्यता दिइएको छ। प्लेटो, अरस्तु, र सुकरात जस्ता दार्शनिकहरूले नैतिकता र सदाचारको शिक्षालाई प्रमुख स्थान दिएका थिए। अरस्तुले भनेका थिए, ‘नैतिक शिक्षाले मात्र व्यक्तिलाई सच्चा नागरिक बनाउन सक्छ। नैतिक शिक्षा भनेको व्यक्तिको आचरण, सदाचार, र मूल्यहरूको विकासको शिक्षण हो। यसले व्यक्तिलाई समाजमा सकारात्मक भूमिका निभाउन प्रेरित गर्छ। नैतिक शिक्षाले मात्र समाजलाई स्थायित्व र समृद्धि तर्फ अग्रसर गर्न सक्छ।’
नैतिक शिक्षाले व्यक्तिलाई सही र गलतको बीचमा छुट्याउन सक्ने क्षमता प्रदान गर्छ। यसले व्यक्तिलाई आफ्नो कर्तव्य र अधिकारको बारेमा सचेत बनाउँछ। समाजमा बढ्दो भ्रष्टाचार, अपराध, र अन्यायको सामना गर्न नैतिक शिक्षा अत्यन्तै महत्वपूर्ण छ।नैतिक शिक्षाले व्यक्ति र समाज दुवैको विकासमा योगदान दिन्छ। नैतिक शिक्षा प्राप्त गरेको व्यक्ति मात्र समाजको सुधार र विकासको लागि योगदान गर्न सक्छ। तसर्थ, नैतिक शिक्षाको प्रभाव समाजको हरेक क्षेत्रमा देखा पर्न सक्छ।
नैतिक शिक्षा भनेको मानवीय मूल्य, सदाचार, र आचरण भन्ने बुझ्नु पर्दछ । यसले व्यक्तिलाई नैतिकता, सदाचार, र आदर्शको बाटोमा हिँड्न मार्गदर्शन तथा अभिप्रेरित गरेको हुन्छ। नैतिक शिक्षाले नै व्यक्तिको आन्तरिक विकास र समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ।यसले समाजलाई कुन दिशामा लाने भन्ने कुराको बोध गरेको हुन्छ।आज मानिस नैतिकता विहिन भएको छ । ढाँट, छल, कपट, चोरी डकैतीमा मानिस बढी तल्लिन हुन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता हो । तर आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने आशंका भेटिन्छ। त्यसैले पनि नैतिक शिक्षा आजको आवश्यकता भएको छ ।विगत एक दशकमा गरिएका सर्वेक्षणहरूले नेपाली युवाहरुमा नैतिकस्तरमा निरन्तर गिरावट आएको संकेत गर्छ, जसमा बेइमानी वा अनैतिक व्यवहारमा संलग्न भएको स्वीकार गरिएको छ । भ्रष्टाचार, नातावाद र नैतिक दुव्र्यवहारका घटनाहरू बढ्दै गएका छन्, जसले नेपाली समाजमा नैतिक मूल्यमान्यताको व्यापक पतनलाई झल्काउँछ ।
विश्व नै खुला शिक्षालय हो । जीवन जगत र प्रकृति शिक्षाका साधन हुन । यही प्रकृतिरूपी शिक्षालयमा मानिस नैतिकवान भएर जन्मिन्छ, तर जब ऊ बढ्दै जान्छ, थप ज्ञान प्राप्तिका सन्दर्भमा अनेकौं विषय सिक्छ । सिकाइ नैतिकतामा आधारित नहुँदा समाज सत्य र निष्ठाको बाटो बिराउँदै वास्तविकता भन्दा काल्पनिकतामा रमाउँदै पतनको यात्रा तय गर्छ ।
विद्यालयहरूमा नैतिक शिक्षा अनिवार्य गरिनुपर्छ। बच्चाहरूलाई सानैदेखि नैतिक मूल्यहरू सिकाउनाले उनीहरूलाई सच्चा नागरिक बनाउन मद्दत गर्छ। शिक्षकहरू र अभिभावकहरू नैतिक शिक्षाको प्रमुख वाहक हुन्। उनीहरूले बच्चाहरूलाई सदाचार, इमानदारी, र आदर्शको महत्व बुझाउनु पर्दछ। आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्फ ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो ।
समकालीन समाजमा नैतिक शिक्षाको महत्त्व अझ बढी भएको छ। विश्वव्यापीकरण, प्रविधिको विकास, र सामाजिक परिवर्तनका कारण नैतिक शिक्षाको आवश्यकता बढी महत्त्वपूर्ण भएको छ। आजका चुनौतीहरू सामना गर्नका लागि नैतिक शिक्षा अपरिहार्य छ। साच्चै भन्ने हो भने समाजमा नैतिकताको खडेरी नै देख्न सकिन्छ , आज व्यक्ति व्यक्ति वेमेल , परिवार परिवार विचमा बेमेल, श्रीमान श्रीमति विचमा सम्वन्ध विच्छेद,झगडा कोलाहल,हट्ताल देख्न सकिन्छ । आज समाजमा नैतिकता स्खलन भएको देख्न सकिन्छ ।
धार्मिक शिक्षाले नैतिक शिक्षालाई बलियो बनाउँछ। हिन्दू धर्म, बौद्ध धर्म, इस्लाम, र ईसाई धर्मले नैतिक मूल्य र सदाचारको शिक्षालाई प्रमुख मान्यता दिएका छन्। धर्मग्रन्थहरूमा नैतिक शिक्षाका बारेमा महत्त्वपूर्ण उपदेशहरू पाइन्छन्।इम्यानुएल कान्टले नैतिक शिक्षालाई व्यक्ति र समाजको विकासको लागि अत्यन्तै आवश्यक मानेका छन्। उनका अनुसार, ूव्यक्ति स्वतन्त्र र नैतिक हुनुपर्छ। नैतिक शिक्षाले मात्र व्यक्ति स्वतन्त्रता र न्यायको महत्व बुझ्न सक्छ।हरेक नागरिकहरूमा आफ्नो दायित्वको बोध हुन र सिङ्गो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीहरूमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ । हातमा पीएचडीको प्रमाणपत्र बोकेर हिँडेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्नै आमा बाबासँग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान शुन्य छ भने त्यो पीएचडीको प्रमाणपत्रको के अर्थ रु हामी आफैँ मनन गरौँ त, धागो विनाको चङ्गाजस्तै हुन्छ मानव, नैतिक शिक्षा बिना अर्थहीन ।
पूर्व प्राथमिक तहबाटै नैतिक शिक्षाको माध्यमबाट नै ससाना बालबालिकामा देशभक्ति भाव, राम्रो संस्कार, राम्रो मुल्य मान्यताका कुरालाई व्यवहारिक प्रयोगसहित संस्कारको रूपमा विकसित गराउनुपर्ने हुन्छ । जब हामीले कलिलै उमेरबाट राम्रो कुरा आर्जन गर्छौं र व्यवहारमा लागु गर्छौं, तब मात्र दिगो नैतिक ज्ञान आर्जन गर्न र व्यवहारमा ल्याउन सक्षम हुन्छौं । यसले हामीमा राम्रा सुविचारहरू आत्मसाथ गराउन र भविष्यमा जुन क्षेत्रमा लागे पनि उज्वल बनाउन सक्षम हुनेछौं । त्यसो त कागजी अध्ययनले मात्र पनि अपुग हुने रहेछ । त्यसैले पनि नैतिक शिक्षाको व्यवहारिक प्रयोग हुनु जरूरी छ ।
नैतिक शिक्षा भनेको समाजको आधार हो। यसले व्यक्तिलाई सदाचार र आदर्शको बाटोमा हिँड्न मार्गदर्शन गर्छ। समाजको विकास र स्थायित्वको लागि नैतिक शिक्षा अत्यन्तै महत्वपूर्ण छ। हामी सबैले नैतिक शिक्षाको महत्व बुझ्नुपर्छ र यसलाई जीवनको प्रत्येक क्षेत्रमा लागू गर्नुपर्छ।
हामीले हाम्रो घरपरिवार, विद्यालय, समुदाय गर्दै सिङ्गो राज्यलाई नैतिक ज्ञानको धनी बनाउनका निम्ति नैतिक शिक्षालाई महत्त्व दिनु पर्छ । र, हाम्रा नैतिक मूल्य मान्यतालाई समय सापेक्ष प्रयोगमा ल्याउनु पर्छ । नैतिक शिक्षालाई सबै वर्ग, तह तथा क्षेत्रबाट एउटा अभियानको रूपमा अगाडि बढाउन सकेमा मात्र हामी र हाम्रा सन्ततिको भविष्य राम्रो बन्ने छ । साथै असल सन्तान बन्न सक्षम हुने छन् । राष्ट्रले असल राष्ट्रप्रेमी सेवक पाउने छ ।नैतिक शिक्षाले मात्र समाजलाई उन्नति र समृद्धि तर्फ अग्रसर गर्न सक्छ। आउनुहोस्, हामी सबै मिलेर नैतिक शिक्षाको महत्वलाई बुझौं र यसलाई हाम्रो जीवनमा लागू गरौं।