इटहरी। फोटो पनि कफी पनि भन्ने नाराका साथ इटहरीमा फोटोकफी क्याफे संचालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबिच हाँस्यकलाकार सुमन कार्कीले क्याफे हाउसको उद्घाटन गरे ।
इटहरी रंगसाला छेउमा रहेको क्याफेको उद्घाटन गर्दे कार्कीले कफी हाउसले युवाहरुको ध्यान केन्द्रीत गर्ने बताए । कफि पिउँदै स्तरीय फोटो खिचाउन पाइने क्याफेको विशेषता रहेको ग्राफिक डिजाइनरसमेत रहेका सञ्चालक मध्येका एक निरज निरौलाले बताए ।
शान्त तथा शितल वातावरणमा रमाउन चाहनेहरुको लागि भनेर क्याफेको संरचना तयार गरिएको उनको भनाइ छ । निरजले आफू ग्राफिक डिजाइनर भएकै कारण समेत फोटो र कफिलाई एकैठाउँमा संलग्न गरेको बताए ।
सुरुवातमा कफिको व्यवस्था गरिएपनि खाजाका परिकारहरुसमेत राखिनेछन् । इटहरी रंगशाला र कोशी राजमार्ग नजिकै भएको हुँदा क्याफेले धेरैभन्दा धेरै ग्राहकहरुको माया पाउनेमा उनी विश्वस्त छन् ।
आफूहरुले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिएको अर्की सञ्चालिका रेणु घिमिरेले बताइन् ।