सामान्यतया पर्यटन भत्राले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा गर्ने कार्यलाई जनाउँदछ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) को परिभाषा अनुसार आफ्नो नियमित बासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने, समय विताउन वा अन्य कुनै उद्देश्यले चौविस घण्टा भन्दा बढी समय र लगातारको एक वर्ष भन्दा कम समय बाहिर विताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ ।
यस्ता पर्यटकहरुलाई सःशुल्क घुमाउने, आवासको व्यवस्था गर्ने, यातायात मिलाउने, दृश्यावलोकन गराउने आदि कार्य गर्ने क्षेत्रलाई पर्यटन व्यवसाय भनिन्छ । यस्तो व्यवसायलाई पर्यटन व्यवसाय वा पर्यटन उद्योग पनि भनिन्छ । प्राचिन ठूला भवनहरु हेर्न, कलाकौशलको मजा लिन, नयाँ भाषा सिक्न, नयाँ संस्कृतिहरुको अनुभव लिन र विभित्र प्रकारका स्वादिष्ट खानाहरुको स्वाद लिन सम्पत्र मानिसहरु आफ्नो घरबाट टाढाका ठाउँहरुमा जानका लागि निस्कन्थे । यसै क्रममा पर्यटक भत्रे शब्द सन् १७७२ मा र ‘पर्यटन’ भत्रे शब्द सन् १८११ मा प्रयोग भएका हुन् । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि सुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो ।
त्यतिमात्र होइन धरान आसपासका धार्मिक क्षेत्र र आकर्षक रमणीय क्षेत्रहरुलाई समेटेर पर्यटन व्यवसाय र उद्योगहरु चलाउन सकिने पर्याप्त अवसर छ । यसका अतिरिक्त अन्य साहसिक पर्यटकीय खेलहरु जस्तैः प्यारा ग्लाइडिंग, माउण्टेन राइडिंग, रोलर कोस्टर, बन्जि जम्पिंग र रक क्लाइम्बिंग सञ्चालन गर्न सकिने पर्याप्त संभावना बोकेको धरानलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिन्छ ।
सुनसरी जिल्ला, सुदुर पूर्वको प्रदेश नम्बर १ अन्तर्गतको पश्चिम दक्षिणको तराइ भागमा अवस्थित छ । यस जिल्लाको पूर्वमा मोरङ्ग, पश्चिममा सप्तरी र उदयपुर, उत्तरमा धनकुटा जिल्ला पर्दछ भने दक्षिणमा भारतको विहार राज्यसँग जोडिएको छ । यस जिल्लाको नामाकरण भरौल क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट नामाकरण गरिएको हो । यो नदी भरौल, बक्लौरी, सिंगिया, भोक्राहा, इनरुवा, नरसिंह, जल्पापुर, भुटाहा, घुस्की आदि गाउँहरु हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा ९१४ मिटर उचाईमा रहेको छ । सुनसरी मा १२ वटा स्थानीय तह छन् । जसमा २ वटा उपमहानगरपालिका, ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकहरु रहेका छन् ।
सुनसरी पर्यटन विकासको सम्भावना बोकेको जिल्ला हो । सुनसरीमा पर्यटन प्रवद्र्धन र विकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहनुपर्दछ । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई जिल्लामा भित्र्याउन सकिन्छ । त्यसका लागि सञ्चार माध्यमले विशेष योगदान गरेको हुन्छ र हाल संसारभरीनै पर्यटन उद्योग सबैभन्दा ठूलो व्यवसायका रुपमा परिणत भइसकेको छ । त्येसैले यस जिल्लाका विभित्र संस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक, खेलकुद, स्थानीय परिकार आदिका बारेमा राम्रो प्रचारप्रसार, संवद्र्धन र विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको जिल्ला बत्र सक्छ ।
बालसन्त मोहनशरण देवाचार्यले प्राचिन हरिद्वारका नामले चिनाएको चतरालाई प्रचार–प्रसार गर्न सकेका छैनौं । भगवान बिष्णुको तेस्रो अवतारको रुपमा अवस्थित वराहक्षेत्र धाम लगाएत, रामधुनी, औेलिया मठ, पितृमोक्ष विष्णुपादुका, दन्तकाली, पिण्डेश्वर, बूढासुब्बा र पञ्चकन्या जस्ता ख्यातिप्राप्त मन्दिरहरुले यस क्षेत्रलाई धार्मिक पर्यटनका लागि पर्याप्त संभावना भएको पुष्टि गर्दछ । त्यतिमात्र होइन धरान आसपासका धार्मिक क्षेत्र र आकर्षक रमणीय क्षेत्रहरुलाई समेटेर पर्यटन व्यवसाय र उद्योगहरु चलाउन सकिने पर्याप्त अवसर छ । यसका अतिरिक्त अन्य साहसिक पर्यटकीय खेलहरु जस्तैः प्यारा ग्लाइडिंग, माउण्टेन राइडिंग, रोलर कोस्टर, बन्जि जम्पिंग र रक क्लाइम्बिंग सञ्चालन गर्न सकिने पर्याप्त संभावना बोकेको धरानलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिन्छ । यी क्षेत्रहरुको प्रचार प्रसार गर्नसकेमा यस जिल्लाको आय स्तरमा पनि बृद्घि हुने सम्भावना देखिन्छ ।
कोशीटप्पु वन्यजन्त आरक्षण जहाँ विश्वमा नभएमा चराहरु पाइन्छ त्यहाँ रहेका चरा हेर्न आउने पर्यटकका लागि व्यवस्थित गर्दै चरा संरक्षणमा ध्यान दिन अत्यन्त आवश्यक छ । बर्जुताल, तालतलैया, सप्तकोशी नदी जस्ता जलाधारलाई व्यवस्थित गर्नुपर्दछ ।
सप्तकोशी नदीमा व्यवस्थित रुपमा बोटिङको व्यवथा गर्दै त्यहाँको जलधारामा रमाउने मन कसलाई नहोला । सुन्दर सहर धरान, व्यापारिक केन्द्रका रुपमा इटहरी, इनरुवा यहि जिल्लामा अवस्थित रहनु आदिको कारणले गर्दा पनि पर्यटनको विकासको प्रचुर सम्भाव्यता भएको कुरामा दुईमत छैन ।
गत दशकहरूमा पर्यटन विकासको क्षेत्रमा सरकारी वा गैर–सरकारी स्तरमा उल्लेखनीय प्रगति भएको छ । त्यस अनुसार पर्यटन सम्बन्धि कैयौं नीति, योजना, गुरुयोजना वा ऐन कानूनहरू बत्रुपर्छ । पर्यटनको क्षेत्रमा सम्भावित भविष्य माथि ध्यान दिँदै त्यसका लागि स्थानीय सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त वा कम हुने गर्दछ । त्यसपछि पर्यटनको विकासका लागि अत्यन्त न्युन रकम बाँकी रहन्छ । त्यो न्युनतम रकमले पर्यटनको क्षेत्रमा उल्लेखनीय कामहरू सम्पत्र हुन सक्दैन । पर्यटन विकास क्षेत्रहरूको निर्माणमा समेत जोड दिने हो भने पर्यटनका लागि बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता छ ।
इटहरी उप-महानगरपालिका वडा न . २ मा निजि क्षेत्रबाट खोलिएको इपील्याण्ड फन पार्क घुम्न दैनिक साना ठुला गरि ५० भन्दा अधिक भारतीय नम्बरका मात्र गाडी आवतजावत गर्ने गरेको र यहाँको फनपार्कमा रमाएको देख्दा होस वा भाटभोटेनी सुपरमार्केट अन्य पार्कमा लागेको भिडभाड देख्दा लाग्छ कि निजी क्षेत्रको तर्फबाट ढुक्क भएर लगानी गर्ने वातावरण बत्रे हो र हड्ताल मुक्त क्षेत्र घोषणा गर्ने हो भने यस्ता अनेकौ संरचनाको विकास गर्न सक्नुपर्दछ । र हाम्रो आध्यात्मिक तथा सांस्कृतिक धरोहर विभित्र क्षेत्रलाई स्थनीय सरकार सरोकारवालाले प्रचार प्रसार गर्दै कौशिकीतटमा अवस्थित सुनसरीमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन सकिन्छ र सुनसरी समृद्घ बन्न सक्नेछ ।
पर्यटकले भोगेको मुख्य समस्याहरु पनि छन् यसको न्युनीकरण तर्फ सरोकारवालाको ध्यान जान जानुपर्दछ :
– पारिवारिक तथा समूहगत रुपमा भ्रमणमा आउने पर्यटकहरुको चाहना अनुसार सामुहिक रुपमा बस्न तथा पकाएर खान आवश्यक सामाग्री तथा सुविधा उपलव्ध छैन । धार्मिकस्थलमा बौद्धमार्गी पर्यटक तथा तीर्थालुहरुले बस्न तथा पूजाविधि अनुसारको खाना वा खाना तयार गर्ने सुविधा तथा सामाग्रीहरुको अभाव रहेको पाउन सकिन्छ ।
– पर्यटकका लागि मन्दिरसम्मको पदयात्राको लागि व्यवस्थित पूर्वाधार तथा मन्दिर आसपासमा पर्याप्त सार्वजनिक शौचालय नभएको साथै, भएका शौचालयहरु नियमित रुपमा सरसफाइ अभावका कारण प्रयोग योग्य नरहेको तथा उपलब्ध पूर्वाधारहरु अपाङ्गमैत्री नभएको ।
– धार्मिकस्थल वरपर पिउने तथा अन्य प्रयोजनको लागि उपभोग्य पानीको अभाव, निजी सवारी साधन पार्किङ्गको लागि पूर्वाधारका अभाव रहेको । पर्यटकको स्तर अनुसारको स्तरीय होटल-लज र धर्मशाला नरहेको ।
– अपाङ्गता भएका धर्मालम्बीहरुलाई मन्दिरसम्म पुग्न र पूजाआजा गर्नका लागि वैकल्पिक व्यवस्था नभएको तथा खुद्रा पसल व्यवस्थित गर्न नसकेका कारण पर्यटकलाई मन्दिरसम्म पुग्न असहज हुने गरेको ।
– मन्दिरहरुमा सन्ध्याकालीन भजन गर्न, धुनी बाल्न, होम गर्ने, विवाह व्रतवन्ध जस्ता वैदिक कार्य गर्नका लागि आवश्यक संरचना तथा स्थान अभाव रहेको ।
– कच्ची राजमार्ग र जीर्ण ग्रामीण सडकमा सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी साधन सञ्चालन गर्ने गरेका कारण पर्यटकको यात्रा कष्टकर तथा जोखिमयुक्त हुने गरेको।
सुनसरी पर्यटकका लागि उर्वर भूमि भएकोले सबै सरोकारवाला निकायहरुसहित तीन वटै सरकारको प्राथमिकता र लगानीबाट यो जिल्ला थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको सुखद गन्तव्य बन्न सक्छ भन्ने कुरामा कुनै दुईमत छैन । होमस्टेको अवधारण होस वा सांस्कृतिक केन्द्रहरु हुन् आज सबैलाई सुरक्षित मनमोहक, आरामदायी पर्यटकीय स्थलहरुको आवश्यकता छ र यसको प्रचुर सम्भावना बोकेको सुनसरी जिल्ला कोसी प्रदेशको विकास र समृद्धिका लागि शक्तिशाली, बैकल्पिक आयाम हो ।