Friday, November 14, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नेपालमा पर्यटन विकासकाे सम्भावना र चुनौतीहरु

खबरबिट by खबरबिट
27/05/2021
in FEATURE, विचार
0
नेपालमा पर्यटन विकासकाे सम्भावना र चुनौतीहरु
73
SHARES
1.8k
VIEWS
Share on FacebookShare on Twitter

पर्यटन शब्दले महत्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक ठाउँहरुको भ्रमण गरि त्यहाँका विविध पक्षहरुको अध्ययन तथा त्यसबाट विभिन्न ज्ञानवद्र्धक, विभिन्न मनोरञ्जन हासिल गर्ने विषय भन्ने बुझाउँछ । संसारमा विभिन्न कुराहरुमा विविधता पाइन्छ । प्रायः एउटा सानो क्षेत्रमा मात्र सबै किसिमको विविधता पाउन कठिन हुन्छ । तर नेपाललाई प्रकृतिले संसारका प्रायः विविधता प्रदान गरेको छ । जुन विविधतालाई शव्दमा व्याख्या विश्लेषण गर्न सम्भव छैन । नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार विस्तारै बढ्दै गइरहेको छ । नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरुले संसारका मानिसलाई आकर्षित गरेका छन् । जसका कारणले नेपालमा पर्यटन व्यवसायको विकासको सम्भावना निकै बढि रहेको छ । नेपालको पृथक भौगोलिक बनावट, हिउँले ढाकिएका श्रंखलावद्ध हिमालहरु विभिन्न किसिमका झरनाहरु, पाखा, पखेरा, टाकुरा, हरिया जङ्गल झाडी, यहाँ रहेका नागवेलि नदिनालाहरु, यहाँका मानिसहरुमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृति विविधता, जातजाति, भेषभूषा कला संस्कृति आदि कुराहरुले पर्यटन व्यवसायमा विकासका सम्भावनाहरु बढाएका छन् ।

अनुपम प्रकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातिय, बहुभाषिक, बहुधार्मिक र सामाजिक विवधता एंव ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा परिचित छ । आज संसारमा रहेका १९५ देशहरु मध्ये नेपाल दक्षिण एसियामा पर्ने आफैंमा सानो तर प्राकृतिक रुपमा विशाल राष्ट्र हो । नेपाल सुन्दर र शान्त देश हो । यसले संसारको कुल भुभागको ० दशमलव ०३ प्रतिशत र एसियाको ० दशमलव ३ प्रतिशत भाग ओगटेको छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

संसारको सबैभन्दा होचो स्थान कालिगण्डकी नदीमा रहेको अन्ध गल्छी, सबै भन्दा अग्लो हिमाल सगरमाथा, संसारको सबै भन्दा अग्लो पास थ्रोइ पास र संसारमा शान्तिको ज्योती छर्ने शान्तिको अग्रदुत महामानव गौतम बुद्ध र संसारलाई सत्यता र धैर्यताको प्रतिक बनेर चिनाउने सितामाताले पनि नेपाल र हामी नेपालीको गौरवलाई संसारभरि चिनाएका छन् । यस्तै विविध सम्भावनाहरुमध्ये पर्यटन व्यवसाय पनि अतिनै सम्भावना भएको र अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याउने क्षेत्र हो पर्यटन ।

पर्यटन विकासका लागि स्थापित संस्था
नेपालमा विदेशी पर्यटकहरुको आवागमन सुरुवातसँग पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरिएको थियो । वि.सं. २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन् १९७२ को पर्यटन गुरुयोजना र प्रहासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा वि.सं. २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्यन मन्त्रालय नामकरण गरियो । मुलुकले अवलम्वन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ सालमा पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतका दुई वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरि क्रमशः नेपाल नागरिक उड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो । वि.संं २०५८ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको रुपमा नामकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभाको स्थापना गरिएको छ ।

पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि निकै ठूलो टेवा पुर्याउन सक्छन् । नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरुले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरि नेपालमा पर्यटन विकासको लागि योगदान पुर्याउनुपर्छ ।

विश्व सम्पदा सूचीमा नेपालमा सम्पदा
नेपालमा करिव १२५ जातजातिहरु बसोबास गर्दछन् भने १२३ भाषाको प्रयोग हुन्छ । संसारमा पाइने २ लाख ४८ हजार ४२८ प्रजातीका वनस्पति मध्ये ७ हजार प्रजातिका वनस्पतीहरु नेपालमा नै पाइन्छन् । संसारमा पाइने ४ हजार स्तनधारि जीवजन्तु मध्ये नेपालमा १७५ प्रजातिका स्तनधारि प्राणीहरु पाइन्छन् । ।नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरु मध्ये चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्ववसम्पदा सूचिमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एंवम् सांस्कृतिक सम्पदाहरु मध्ये राष्ट्रदेव पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्विनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरवार स्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन् । संसारभरमा रहेको चौधओटा आठ हजार मिटर भन्दा अग्ला हिमालहरु मध्ये आठओटा हिमाल नेपालमै रहेका छन् । नेपालमा भएका यी अथाहा प्राकृतिक श्रोत साधन, सांस्कृतिक सम्पदाहरु, फरक भौगोलिक वनावट, रितिरिवाज, चालचलन, साँस्कृतिक कला शैली आदिले गर्दा नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न पुगेको छ ।

रोजगारी सिर्जना
नेपाल जस्तो भूपरिवेष्ठित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको आवश्यकता छ । पर्यटन क्षेत्रको राम्रो विकास हुन सकेमा नेपालको आर्थिक वृद्धि भई सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्न सकिन्छ । अहिले झण्डै ६० लाखको हाराहारीमा नेपालीयुवाहरु रोजगारीको सिलसिलामा खाडी तथा अन्य मुलुकहरुमा जानुपरेको छ । पर्यटन क्षेत्रमा द्रुत गतिमा विकास हुन सकेमा यसरी लाखौं नेपाली विदेशिनु पर्दैन । उनीहरुले आफ्नै देशमा रोजगारि प्राप्त गरि आफ्नै देशको विकासमा योगदान पुर्याउन सक्छन् ।
जति बढी पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न सकिन्छ, त्यतिनै बढी रोजगारीका अवसरहरुको सृजना हुन्छ र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । पर्यटकको संख्यामा वृद्धि गर्न सकेमा यससँग सम्बन्धित होटल, रेष्टुरेण्ट, ट्राभल एजेन्सि, प्याराग्लाइडिङ कम्पनि, पर्वतारोहण संघ, हस्तकला उत्पादक उद्योग, पदयात्रामा जाने पर्यटकहरुको भारी बोकी सघाउने भरिया, यस्तै अन्य पर्यटन व्यवसायका संचालक एवम् सहयोगीहरुले रोजगारी प्राप्त गर्न सक्छन् । जसबाट प्रत्यक्ष यस व्यवसायमा संलग्न हुनेले बढी फाइदा लिए पनि अप्रत्यक्ष रुपमा सम्पूर्ण नेपालीहरु लाभान्वित हुनेछन् । जसले गर्दा नेपाल र नेपालीको चौतर्फि विकासमा सहयोग पुग्दछ ।

पदयात्राको पहिचान र विकास
नेपालमा पर्यटकहरुका लागि उत्कृष्ट मानिएका पदयात्रा गर्ने ठाउँहरु छन् । यस्ता ठाउँहरुको राम्रो प्रचार प्रसार हुन सकेमा नेपाल आउने पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्छ । पर्यटन क्षेत्रमा भएको विकासको कारणले नेपालीहरुले विभिन्न फाइदाहरु प्राप्त गरेका छन् । नेपाललाई आत्मनिर्भर बनाउन र नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक तथा यसको चौतर्फि विकास गर्न सकिएमा नेपाल पनि संसारमा छिटै विकसित राष्ट्रको रुपमा चिनिन सक्छ । यसका लागि नेपाल सरकारले स्प्रष्ट कार्यनीति तथा रणनीति बनाई त्यसको कडाइका साथ कार्यनवयन गर्नुपर्छ । नेपालमा राजनीति अस्थिरता छ । यहाँका प्रत्येक क्षेत्रमा आवश्यक भन्दा बढी राजनीति हावी भएको पाइन्छ । यहाँका बहुसंख्यक नेताहरुले आफ्नो राष्ट्र, राष्ट्रियता र आफ्नो राष्ट्रका जनताका लागि जति सोच्नु पर्ने हो त्यति सोचेका छैनन् ।

नेपालमा पर्यटकहरुका लागि आधारभूत सुविधाहरुको पनि अभाव छ । यहाँको प्रशासनिक प्रकृया निकै झन्झटिलो छ । पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरु बीच पनि आपसमा अस्वस्थ प्रतिस्पर्धा छ । कतिपय व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय बढाउन अन्य क्षेत्रको बारेमा नकारात्मक प्रचार प्रसार गरेको पनि पाइन्छ । जसका कारण पनि पर्यटन व्यवसायको विकासमा थप चुनौती थपिएान छन् ।
नेपालले सगरमाथा, शान्तिको अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनि, सत्य र धैर्यताको प्रतिक राजा दशरथ र माता सीताको जन्मस्थान जनकपुर र नेपालमा भएको जल सम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्ने सक्छ । यहाँको नेतृत्वमा दृढ इच्छा, यहाँ भएका जैविक विविधता, सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार प्रसार गर्नु अति आवश्यक छ । इसाई धर्मावलम्वीहरुको लागि इजरायलको जेरुसेलम, ईस्लाम धर्मावलम्वीहरुको लागि साउदी अरेवियाको मक्का मदिना जस्तै विश्वमा बौद्धमार्गीहरुका प्रोरणाका श्रोत महामानव बुद्धको जन्मस्थल लुम्बिनिलाई बौद्ध तिर्थस्थलको रुपमा विकास गरि लाखौं धार्मिक पर्यटकहरु पनि भित्र्याउन सकिन्छ । हुन त सम्पूर्ण नेपाल आफैमा पर्यटकीय स्थल हो । यहाँ रहेका ७७ जिल्लाहरुमा नै पर्यटकीय क्षेत्र रहेका छन् ।

नेपाल सरकारले ती सम्पूर्ण ठाउँहरुको साथसाथै गोर्खा, पाल्पा, मनाङ,मुस्ताङ, भक्तपुर, ललितपुर, धरान, विराटनगर, इटहरी, इलाम, पोखरा, नाम्चेबजार, नगरकोट लगायतका पर्यटकीय क्षेत्रको अझ बढी प्रचार प्रसार गर्नु अति आवश्यक छ । हाल नेपालमा पर्यटन व्यवसाय मौसमि प्रकारको छ । यसमा पनि सरकारले विभिन्न व्याकेजका कार्यक्रम ल्याई सदावहार बनाउनु आवश्यक छ । यसका लागि विश्वप्रसिद्ध सञ्चारका माध्यमहरु वि.वि.सि, सि.एन.एन र अलजीरा जस्ता टेलिभिजनहरु र विभिन्न आधिकारिक सामाजिक संजालहरुवाट प्रचारप्रसार गर्न सके विश्वसामु नेपालका गन्तव्य सहजै पुग्नेथियो । यसका लागि सरकारको मात्र मुख नताकि यस व्यवसायमा लागेका निजि क्षेत्रका लगानिकर्ताहरुले पनि आआफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्छ । साहसिक पर्यटन विकासको लागि र्याफटिङ तथा प्याराग्लाइडिङ, बन्जीजम्पको अझ बढी प्रचार प्रसार गर्नुपर्दछ । यसका लागि सरकारले नेपाल भ्रमण वर्ष १९९८, पर्यटन वर्ष २०११, भ्रमण वर्ष २०२० जस्तै आन्य पर्यटकहरुलाई आकर्षक गर्ने किसिमका प्याकेज तथा अभियानहरु घोषणा गर्नुपर्छ । तर त्यस्ता प्याकेजहरु घोषणा मात्र गरेर पुग्दैन । त्यसको साथसाथै पर्टयटनमैत्री वातावरण पनि सृजना गर्नुपर्छ ।

सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको नपालले, वर्षको सुरुदेखी नै कोरोनाभाइरस सङ्क्रमणका कारण अरबौं क्षति बेहोर्नुपरेको थियो । विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०२० मा विश्वभरि ७० प्रतिशतले पर्यटकहरु घटे । नेपाल पर्यटन बोर्डको पूर्व कार्यकारि प्रमुख दिपकराज जोशीका अनुसार सन् २०२० सुरु भए एता मात्रै कोरोना भाइसरका कारण एक खर्व भन्दा धेरै आम्दानि गुमिसकेको छ । नेपालमा ११ लाख मानिस प्रत्यक्ष र अप्रत्यक्ष गरेर पर्यटनमा आश्रित रहेको उनको दाबी छ । जसमध्ये ५० प्रतिशत भन्दा धेरै मानिसहरु कोभिड १९ का कारण बेरोजगार भएका छन् ।

हाल नेपालमा बाह्य पर्यटकलाई मात्र बढी महत्व दिएकोमा आन्तरिक पर्यटकहरुप्रति पनि ध्यान दिन आवश्यक छ । अब कोरोना महामारी पछिका आउँदा दिनहरुमा आन्तरिक पर्यटकहरुलाई पनि बाह्य पर्यटकहरुलाई जस्तै महत्व दिनुपर्छ । पर्यटनको विकासमा आन्तरिक पर्यटकले पनि निकै ठूलो टेवा पुर्याउन सक्छन् । नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरुले आफ्नो आफ्नो ठाउँबाट सक्दो पहल गरि नेपालमा पर्यटन विकासको लागि योगदान पुर्याउनुपर्छ । हामी सबैले एक सक्षम, समुन्नत र विकसित नेपालको निमार्ण गर्नुपर्छ । आज जसरी हामीले युरोप तथा अमेरिका जस्ता देशहरुमा प्रवेशाज्ञा प्राप्त गर्दा त्यतिनै खुशीको अनुभूति गर्ने नेपालको निर्माण गर्नु हामी सबै नेपालीको आजको आवश्यकता हो ।

(लेखक निरौला इटहरी नमुना कलेजमा आमसञ्चार र पत्रकारिता अध्ययनरत छन् ।)

Tags: पर्यटनपर्यटन क्षेत्रविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
प्रेस युनियन बराहक्षेत्रद्वारा स्वास्थ्य साम्रागी वितरण

प्रेस युनियन बराहक्षेत्रद्वारा स्वास्थ्य साम्रागी वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.