Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

खबरबिट by खबरबिट
09/02/2022
in FEATURE 2, विचार
0
अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्
21
SHARES
513
VIEWS
Share on FacebookShare on Twitter

अंकित भट्टराई

एसइई उत्तीर्ण गरेकाहरुलाई +२ मा र +२ उत्तीर्ण गर्नेहरुलाई स्नातकमा कुन विषय लिएर पढ्ने भन्ने विषयले औधि पिरोल्छ । यो कुराको निचोड निकाल्न विद्यार्थीलाई सहज भने छँदै छैन । परिवार, समाज र आफन्तबाट थरीथरीका सल्लाह मिल्छन् तर कसैले विद्यार्थीको रुचि के मा छ भनि सोध्ने झिनो चासो देखाउदैनन् ।

READ ALSO

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

समाजमा नजिर यस्तो स्थापित छ; “जेहेनदारले प्राविधिक विषय पढ्नै पर्छ भने कम प्रतिशत ल्याउनेहरुमा बढी लगानी गर्नु बालुवामा पानी खन्याउनु सरह हुन्छ ।” नतिजा केन्द्रित शैक्षिक प्रणालीले आज समाज र देशलाई यसरी सताएको छ कि उनीहरु आफ्ना सन्ततिबाट ९० प्रतिशत नतिजाको असान्दर्भिक अपेक्षा राख्दछन् । अभिभावकहरुबीच नै आफ्ना छोराछोरीलाई डाक्टर र इन्जिनियर नै बनाउने होडबाजी चलेको छ । चेपुवामा परेका छन् त केवल विद्यार्थी र तिनीहरुको रुचि र चाहना ।

साँच्चै तपाईँ अभिभावकहरु आफ्ना नानीबाबुहरुसँग कतिको नजिक हुनुहुन्छ ? हजुरहरुलाई आफ्ना छोराछोरीको “स्ट्रोङ पोइन्ट” थाहा छ ? ठूलो भएर के बन्छस् बाबु ? भनेर सोध्ने आउने उत्तरहरुलाई कतिको महत्व दिनुहुन्छ ? करियर छनौटको सन्दर्भमा तपाईँ आफ्ना अधुरा सपना जवरजस्ती उसमा लाद्नु हुन्छ कि उसको छनौटको सम्मान गर्नुहुन्छ ? यी प्रश्नहरु समस्त अभिभावकहरुमा छोड्दै छु ।
ए प्लस र ९० प्रतिशत नतिजाले सफल अभिभावकत्व दर्शाउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ । अझ हाम्रो जस्तो देश जहाँ घोकेर र घोकाएर मात्र शैक्षिक गतिविधीहरु चलाएमान बनाइन्छन् । जहाँ केवल सैद्धान्तिक ज्ञान ले मात्र स्थान पाउँछ र विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको कमि रहेको छ, त्यस ठाउँबाट उत्पादन हुने भनेको केवल निरस फल मात्र हो ।

परीक्षालाई आइरन गेटको उपमा दिएपछि विद्यार्थीमा भय सिर्जना हुनु स्वभाविक हो । पढाएको कु्रालाई व्यवहारिकता प्रदान गर्न कुनै मापदण्ड बनाइएको हुँदैन भने घोकेर पानी बनाउनु शिवाय कुनै विकल्प बाँकी हँुदैन उनीहरुमा ।

प्रश्न फेरि अभिभावकतर्फै तेर्साउन मनलाग्यो । पढेको कुरालाई जीवनमा उतार्न आफ्नो बच्चालाई कतिको हौसला प्रदान गर्नुहुन्छ ? “दाइजो प्रथा गलत हो । यो एउटा सामाजिक समस्या हो ।” भनेर पढेको छोरोले “बाबा, म पछि दाइजो लिदिनँ ।” भन्दा तपाईँको प्रतिक्रियाको आशय कस्तो हुन्छ ; “तैँले दिनु÷नदिनु भनिरहनु पर्छ ? उनीहरुले आफैँ दिइहाल्छन् नि ।” कि “स्याबास् ! मैले चाहेको पनि त्यही हो ।” भन्नुहुन्छ ।

हरेक विधा आफैँमा कमजोर हुँदैन । समाज, परिवार र वरपरकाको कमजोर मानसिकताले नै कुनै विधालाई महत्वपूर्ण र कुनैलाई कमजोर तुल्याई दिएको छ । लिखित परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण गर्नेहरु डाक्टर, इन्जिनियर, नर्स जस्ता प्रयोगात्मक र प्राविधिक विषयहरु नै लिनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना पनि यहि समाजले गरेको छ जसले गर्दा आज विद्यार्थीमा मानसिक तनाव उत्पन्न हुने गरेको छ । मानसिक चापलाई रोगको दृष्टिकोणबाट नहेरिदिँदा करियर छनौटमा अभिभावकबाटै असहयोगका कारण किशोरकिशोरीहरुमा मानसिक रोग चुलिँदो छ । एक अध्ययनका अनुसार, आफ्ना अभिभावकबाट सहयोग र माया मिल्ने बिद्यार्थीहरुमा करियर खोज गर्ने र क्षमता अनुकुल करियर चयनको निर्णय लिन उनीहरुमा थप आत्मबल जोडिने देखाएको छ ।

करियर छनौटकै सन्दर्भमा आफ्ना अभिभावकबाट विद्यार्थीहरुमा कति सम्म हस्तक्षेप हुन्छ भन्ने कुरा बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि जान्न सकिन्छ जहाँ तीन हजारमध्ये ५० प्रतिशतभन्दा बढीले आफ्नो इच्छाविपरीत अभिभावकले करियर छनौट गरिदिएको बताएका थिए भने ६९ प्रतिशतले विश्वविद्यालय छनौट गर्न समेत अभिभावक बाधक बनिदिएको बताएका थिए ।

यसो भनिरहँदा अभिभावकले आफ्ना छोराछोरीको कुभलो चाहन्छन् भन्न खोजिएको होइन तर उनीहरुको बलियो पक्ष नबुझि अत्यधिक अभिभावकीय नियन्त्रण कायम गरेर आफ्ना उद्देश्य उनीहरुमार्फत पुर्ति गराउन खोज्नु चाहिँ आफैँले आफ्नो खुट्टामा बन्चरो बर्साउनु सरह हो । यसले केवल अध्येताको निर्णय लिन सक्ने क्षमतामा आँच मात्र पु¥याउदैन मानसिक रुपमा पनि कमजोर बनाउँछ । कला, खेलकूद, साहित्य, नाटक आदिका क्षेत्रलाई कार्यक्षेत्र बनाउन चाहने किशोरकिशोरीहरुलाई अभिभावकबाट अस्वीकृति मिल्ने डर रहँदै आएको छ । यदि आमाबाबुले बच्चाको करियरका लागि आफ्नो निश्चित अपेक्षा नरहेको कुरा प्रस्ट्याउन सके, उसमा आफ्नो पेशा छनौट गर्न विविध विषयमा खोज गरि निर्णय लिनसक्ने क्षमताको पनि अभिवृद्धि हुन्छ ।

गलत करियर छनौटका परिणाम
आफ्नो इच्छा विपरीत कसैको दबाब र डरले निक्र्यौल गरिएको बिषय पढ्नाले विद्यार्थीको पढ्ने उर्जा स्वत कमजोर हुँदै जान्छ । अल्छिपना, आलस्यता, मनोरोग र आत्महत्या पनि गलत करियर छनौटबाट आइपर्ने समस्याहरु हुन् । प्लस टु र स्नातक अध्ययनरत विद्यार्थीहरुमा अराजकता हावी हुनु र उनीहरु अभिभावक र शिक्षकको नियन्त्रणभन्दा बाहिर उम्किन बल गर्नु पनि यसैको कारण मान्न सकिन्छ । नियन्त्रण कायम गर्न आफन्त र छरछिमेकको उदाहरण प्रस्तुत गर्दै विद्यार्थीको स्वतन्त्रतामा हस्तक्षेप गर्नाले बीचमै पढाई छोड्ने किशोरकिशोरीहरुको जमात पनि राम्रै भेटिन्छ हामी कहाँ । सिर्जनशीलतामा ह्रास आउने मात्र नभई पारिवारिक बोझको रुपमा समेत विकास हुने सम्भावना रहेकोले विद्यार्थीको रुचीको क्षेत्रमै उसलाई फुल्न र फक्रिन सहयोग गर्नु अति उत्तम हुन्छ ।

अभिभावको भूमिका
कुनै निश्चित विषय अध्ययन गर्न अनावश्यक दवाब दिनुभन्दा आफ्ना सन्तानलाई करियर छनौट गर्न धेरैभन्दा धेरै विकल्प ऊ समक्ष प्रस्तुत गर्नु उचित हुन्छ । उसको रुचीका बिषयहरुसँग सम्बन्धित कु्राहरुको जानकारी लिन र त्यस क्षेत्रमा अपरिहार्य मानिने सीप आर्जन गर्न प्रेरित गर्नु पनि अभिभावकीय दायित्व रहन्छ । आफ्नो भूमिका पहिल्याएर करियर छनौटका क्रममा सहजकर्ताको रुपमा प्रस्तुत भइदिने हो भने हरेक बालबालिकाले स्वाधिनताका साथ विषय चयन गरि युवावस्थामा पाइला अघि बढाउन उर्जा मिल्दछ । आफ्नो बच्चासँग दैनिक संवाद गर्ने र उनीहरुको कुरालाई सुनेर मनन गर्न सक्ने असल श्रोता भइदिनाले उनीहरु भयरहित वातावरणमा आफ्ना कुरा स्पष्ट राख्न सक्दछन् । यस्तो बानीको विकास बच्चाको बाल्यावस्था देखि नै सुरु गर्नु पर्दछ । स-साना कुराहरु जस्तै; ऊ के कुरामा बढी उत्सुक छ, उसले सोधिरहने प्रश्नहरु कस्तो प्रकृतिका छन्, उसलाई सहज लाग्ने बिषय कुन हो, आदिबारे जान्न सकिए उसको स्ट्रोङ र विक पोइन्ट पहिल्याउन कठिनाई हुँदैन ।

तसर्थ आफ्ना सन्तानको करियर छनौटको काम बाल्यावस्था देखि नै सुरु गर्नुपर्छ । अध्ययनशीलता र सिर्जनशीलता पहिचान गरि विद्यार्थीको भावना अनुरुपको क्षेत्रमा बेलैमा निपुण बनाउन लागि परे एकातिर अध्येतामा अनावश्यक भय र चिन्ताले स्थान पाउँदैन भने अर्कातर्फ अभिभावकमा पनि यो बिषय टाउको दुखाईको कारक बन्न पाउँदैन । बाल्यावस्था देखि नै यस तर्फ ध्यान दिए कम समयमा लिइने हतारको निर्णयको भागेदार बन्नु पर्दैन ।

कुनै विधा आफैँमा सहि वा गलत हुन्छ भन्ने मनस्थितिबाट बाहिर निस्कनु जरुरी छ । छोराछोरीको करियर छनौटका दौरान सरिक मात्र हुने तर नियन्त्रण नगर्ने, सल्लाह दिने तर निर्णय गर्ने स्वतन्त्रता उनीहरुमै छोडिदिने र अन्त्यमा समर्थन गर्ने तर हावी नहुने प्रवृत्तिको विकास गर्न आवश्यक छ । बस् समस्त आमाबुवाहरुले बिद्यार्थीको छनौटको सम्मान गरि सहजकर्ताको भूमिका निर्वाह गरिदियून्, बाँकी काम त उनीहरु आफैँ गर्नेछन् ।

(लेखक इटहरी नमुना कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत छन्)

Tags: विचारविद्यालयशिक्षा

Related Posts

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार
FEATURE

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

21/08/2024
जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई
FEATURE 2

जिल्ला प्रहरी सुनसरीद्वारा हरिनगरमा नागरिक सुनुवाई

10/10/2023
मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका
FEATURE

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

27/08/2023
सुनसरीमा पर्यटन विकासको सम्भावना
FEATURE

सुनसरीमा पर्यटन विकासको सम्भावना

22/08/2023
दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’
पर्यटन

दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

17/01/2023
सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि
FEATURE 2

सिमानामा ज्यादती हुँदा परराष्ट्र मन्त्रालयकाे मौनतामा रावलकाे असन्तुष्टि

29/10/2022
Next Post
यात्रा : इटहरी-घलेगाउँ-पोखरा

यात्रा : इटहरी-घलेगाउँ-पोखरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.