Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

लुटिएको आत्मा (कथा)

खबरबिट by खबरबिट
24/05/2021
in FEATURE, साहित्य
0
लुटिएको आत्मा (कथा)
36
SHARES
902
VIEWS
Share on FacebookShare on Twitter

…यो सँगै मेरो मानवीय शरीरसँगको सम्बन्धमा पूर्णविराम लाग्यो । मक्काएर ढलेको रुखको मुढो जस्तै । निरिह बनी हेरीरहेका रुख, पोथ्रा, झाडी र घाँसपात, यिनै हुन् प्रत्यक्षदर्शी । चुपचाप हेरिरहन्छन्, मानौं अश्रुधारा भित्र यिनका वेदना डुविसके, चिच्याहटले मुटुको धड्कन बन्द भइसक्योे । त्यो अवोध लास जस्तै । कोपिलामै चुडिएको फुल जस्तै । गुुप्ताङ्गबाट निस्किएको रक्तनदीले सिंचित भएको यो वन, अबको युग युगसम्म पापको अभिभाराले जलिरहने छ । रगत पोतिएको हरियो घाँसको विस्तारामा लडिरहेको त्यो शरीरको मृत्युसँगै मेरो जन्म अदृष्य रुपमा भयो । मेरो जन्म हो वा मेरो शरीर सँगको विछोड । म चाहेर पनि त्यो शरीरभित्र बस्न सक्दिन । प्रकृतिले मलाई निरिह बनाएको छ । त्यो संतृप्त पुरुषको दानबी प्रवृत्ति प्रतिको घृणाले मेरो मन जलेको छ । त्यो कुकृत्यलाई सजाय दिएपछि मात्रै मेरो जीवन सार्थक हुनेछ । अनिमात्रै बैकुण्ठको यात्रा तय हुनेछ । स्वर्गको ढोका खुल्नेछ । मानवीय जीवनभन्दा थप संघर्षशील हुनेछ मेरो यो जीवन । अब मैले एक्लै संघर्ष गर्नुपर्ने छ ।

कपिल काेइराला

मैले मानव जीवनमा माया नै माया प्राप्त गरेँ । कार्निभोरस विरुवाले भमरालाई आफ्नो पासोमा पारे जस्तै म दानवको मुट्ठीमा परेँछु । माया भित्रको कुनियत यो मनले बुझ्नै सकेन । आठ वर्षीय मानव चिचिलोमा यो स्तरको सजाय, धिक्कार छ भगवान । धिक्कार छ । जगतलाई पाप र धर्मको पाठ सिकाउने भगवान नै पापको मतियार बन्न सक्छ भने, यो मानव प्रजातिको अन्तिम समय हो । म एक्लै संघर्ष गर्नेछु । मेरो स्वर्गको बाटो एक्लै खन्नेछु । म त्यो अवोध वालिका हैन, उसको आत्मा हो । म सँग जिम्मेवारी छ, त्यो पापी पुरुषको पुरुषत्व हरण गर्ने । पश्चातापको जलनले जीवनभरी तड्पिरहने बनाउन सकिन भने, मेरो आत्माको डढेलोमा थप आगो दन्किरहने छ । आगो बोकेर हिँड्दैछु म । यो मेरो हृदयको जलन हो । मेरो मानवीय लाससँगै मेरो जीवन घुमिरहन्छ, जबसम्म मेरो आत्माले शान्ति प्राप्त गर्दैन । म भुत होइन । मलाई पिसाच नभन मानिस, धामी मन्त्रद्वारा कमजोर नपार मलाई । म स्वर्गको ढोका खोल्न हिँडेको यात्री हुँ । मेरो यात्रामा सहयोग गर । पुण्य प्राप्त गर्ने छौ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

**

आठ वर्षीय अवोध बालिका जसलाई दानबी पुरुषले आफ्नो पुरुषोत्व देखाएर हत्या ग-यो । कलिला अङ्गहरु चिथोर्यो, लुक्ष्यो, चिच्याहटमा उत्सव मनायो । अनि आफ्नो संतृप्ततासँगै घाँटी थिच्यो, सासको गति बन्द गरायो, मुटुको धड्कन स्तब्ध बनायो । हो त्यही बालिकाको आत्मा हुँ म ।

अपराधीको खोजी हुँदैछ । कडा भन्दा कडा कार्वाही गर्ने बाचा गरिदै छ । सडक, सदन, समाचारमा मात्र होइन हर मानिसको बोलिमा सत्यतथ्यको खोजीको आवाज गुञ्जीदैछ । अस्तित्वहिन आवाज हुन् ति । नबर्षिने वादलका गर्जन हुन् ति । त्यो नरपशु जो आफ्नो अपराधको छानबिन आफैँ गर्दैछ, उसैबाट न्याय पाउने आसा गर्दैछन् ति आवाजहरु । लाखौं आवाजहरु झुटको पासोमा उनिदैछन् । जादुगरको चालमा परे जस्तै । छल हुँदैछ यहाँ । पहिरोमा परेको ढुंगा जस्तै ।

घटना सेलायो । आवाजहरु तितरवितर भए । भनौं भिडले आवाज विर्सियो । हिउँदमा बादलले वर्षा विर्सिएजस्तै । हिउँदको खहरे जस्तै सुक्यो घटना । प्रहरी अधिकारी हो त्यो, जो आफ्नो अपराध लुकाउन सफल भएको बहादुरिताले छाति फुलाउँदै छ । यो उसको सफल शिकार बन्यो । र फेरि अर्को शिकार खोज्दैछ ।

**

सुज्ञानी, उमेर ६ वर्ष । भर्खरै युकेजीबाट क्लास वान मा गएकी । फस्ट ग्रल । चन्चल स्वभावकी । अगाडीका दुईवटा दाँत खुस्केको भएर अचेल सबैले थोती बुढी भन्न थालेका छन् । ऊ र म मिल्ने साथी थियौं । मेरो घर सँगै छ उसको घर । उसलाई म देउतीमाता को मा गएको भनिएको रहेछ । सुरु सुरुमा त म पनि नानी दिदिसँगै जान्छु देउतीमाताको मा भनेर जिद्दी गरिन् । न्यास्रो मानेपछि उनको मनभित्र खुसी खोज्न कहिले रिसोर्ट, कहिले फन पार्क, कहिले साथिहरुसँग पिकनिक लाने गर्नुहुन्छ । अझैपनि मलाई खोज्न मेरो घरमा गइरहने गर्छिन् । मेरो ममिले मिठाई, खेलौना दिएर पठाउनुहुन्छ । म चाहन्छु म सुज्ञानीको अगाडि देखिऊँ, उसलाई अंगालो हालौं, माया गरौं, भाडाकुटी खेलौं, लुकिडुम खेलौं । तर मेरो चाहना पुरा हुन सक्दैन । म भुत हुँ, प्रेत हुँ, मृत आत्मा हुँ । म बोल्न चाहन्छु सुज्ञानीसँग । म आत्माको कथा सुनाउन चाहन्छु । उसले भन्ने गरेको हात्तीको कथा सुन्न चाहन्छु । “नानी दिदी, हजुरलाई बर्थडेमा म दुईवटा हेडबिन दिन्छु ल !” भन्थिन् । अन्तिम पटकको भेटमा उनले भनेकी थिइन् ः

“नानी दिदी मलाई ड्रइङ्ग सिकाइदिनु ल । यसपाली त्यो रिजनलाई जितेरै छोड्छु । सँधै मेरो ड्रइङ्गलाई आलु जस्तो भन्छ । नानी दिदी के मेरो ड्रइङ्ग आलु जस्तो छ र ?”

“नानी तिम्रो ड्रइङ्ग त सबैको भन्दा राम्रो छ । म तिमिलाई डोरेमनको चित्र बनाउन सिकाइदिन्छु । रिजनलाई डोरेमनको चित्र बनाउन आउँदैन । अनि तिमि फस्ट हुन्छौ ।”

मेरो जवाफले उनलाई ढाँट्यो । उनलाई ड्रइङ्ग सिकाउन पाइनँ । अझै पनि रिजनले उनको ड्रइङ्गलाई आलु जस्तै भन्दो हो । अनि ऊनी मलाई मन मनै गाली गर्दिहुन् । नानी दिदी देउतीमाताकोमा जानु अगाडि मलाई ड्रइङ्ग किन सिकाइदिनौँ ?

हिजो नानीको फस्ट ट्रमको रिजल्ट भएछ । उनी थर्ड भइछिन् । रिजन फस्ट । हिजोदेखि खाना पनि खाएकी छैनन् । आफु थर्ड भएकोमा भन्दा पनि रिजन फस्ट भएकोमा बढी पिर छ उनलाई । रिजन उनको एकमात्रै प्रतिस्पर्धी हो । अरु साथीहरुलाई जित्न सक्छु भन्ने विश्वास छ उनलाई । उनी सँधै फस्ट हुन्थिन्, ड्रइङ्गमा मात्र थियो सेकेन्ड हुने । मलाई थाहा छ, नानी थर्ड हुनुको कारण म नै हुँ । तर म के गर्न सक्छु ? रुन सक्दिन । उनको अगाडि गएर माफी माग्न सक्दिन । म निरिह छु । मात्र हेरिरहन्छु ।

औशीको रात रहेछ । म आगनमा हिँड्दै गर्दा कतैबाट कहालिएर “मम्मि ! भुत” भन्ने आवाज आयो, कुकुर भुक्यो । म डराएँ, नजिकैको वाल पछाडी लुप्त भएँ । म चाहन्न कसैले मसँग डराउनु परोस् । त्यो आवाज सुज्ञानीको मम्मिको रहेछ । सेतो टल्केको देख्नुभयो अरे । मेरो मम्मिले नि केहि दिन अगाडि देख्नुभाथ्यो, कसैले पत्याउदैनन् भनेर नभन्नुभएको रे ।

**

म यो संसारबाट विदा भएपछि मेरो मम्मि एकोहोरो हुनुभएको छ । दुध उम्लिएर पोखिएर भाँडो डडिसक्दा समेत हेरीराख्नु हुन्छ । कसैले बोलाउँदा पनि सुन्नुहुन्न, छेउमा गएर कोट्याउदा झसङ्ग भएर हेर्नुहुन्छ । कसैसँग दोहोरो कुरा गर्नुहुन्न । कापेको अनुहारमा कहिल्यै हाँसो देखिदैन । बाबा मेरो हत्यारा पत्ता नलागेकोमा हिनता बोध गर्नुहुन्छ । आफु कमजोर भएको महशुस गर्नुहुन्छ । आफ्नो छोरीको रक्षा गर्न नसकेकोमा आफूलाई असक्षम बाबु सम्झनुहुन्छ । हो मैले यही महशुस गरेकी छु । मेरो भाई भर्खर चार वर्षको भयो । त्यति धेरै मलाई सम्झिदैन । तर कहिलेकाहीँ चाहीँ नानी दिदी भनेर फोटोमा हेर्छ । खोजी गर्छ । मैले मेरो बाबा ममिलाई खुसी बनाउनुको सट्टा दुखी बनाएँ । सोच्छु यो मेरो कर्मको फल हुनुपर्छ । मैले पूर्वजन्ममा ठूलो अपराधबाट उन्मुक्ति पाएको रहेछु । त्यसैको फल मेरो बाबा ममीले भोगिरहनु भएको छ ।

**

सुज्ञानीको ठूलोबाबा डि.आई.जी. अमर । हो त्यही अपराधी हो मेरो र परिवारको यो अवस्था सिर्जना गर्ने । “अपराधीको खोजी गरेर छोड्छु, कानूनको दायरामा ल्याएरै छाड्छु । मेरो आफ्नै छोरी जस्तै हो हजुरहरुको छोरी । अपराधीले सबै प्रमाण नष्ट गरेको रहेछ । केही समय लाग्छ तर अपराधी पत्ता लाग्छ । हजुरहरुले न्याय पाउनुहुन्छ ।” मेरो बाबा ममिलाई भनिरहन्छ सम्झाइरहन्छ ।

सानीलाई खुब माया गर्छ । खेलौना, मिठाई, राम्राराम्रा चित्र भएका कपि, कथाका किताब ल्याइदिन्छ । सानीलाई साइकल किनिदिएका छन् । सानीको साथी जस्तै हो उसको ठूलोबाबा । तर त्यसको कुनियत मैले राम्रोसँग बुझेकी छु । प्रत्येक मिठाइको सट्टामा त्यसलाई चुप्पा चाहिन्छ । एउटा चकलेट दियो निधारमा, अर्को चकलेट दियो गालामा, अर्को चकलेट दियो ओठमा । लाग्छ चकलेटसँग चुप्पा साटिदैछ । त्यो अवोध बालिकाको भावनासँग पुरुषोत्वको व्यापार हुँदैछ । छुने, टोक्ने, सुम्सुम्याउने यस्ता कुकृत्यप्रति अन्जान छिन् सुज्ञानी । त्यही कुकार्यलाई माया सम्झेर सहजै स्वीकारेकी छिन् ।

म के गर्न सक्छु भगवान ? कसरी त्यो पापीलाई आफ्नो पापको सजाय दिन सक्छु ? मेरो लागि उपाय दिनुहोस् । म सुज्ञानीमाथिको हिंसा हेरेर बस्न सक्दिन । के गरुँ म ? को सँग विन्ती गरुँ म ? म रुन सक्दिन । कराउन सक्दिन । मेरो कुरा कसैसँग राख्न सक्दिन । भगवान मलाई किन यस्तो सजाय दिदैछौ ? किन मलाई यो श्रृष्टिबाट एक्लो तुल्याउदै छौ ? आखिर किन ? विन्ती भगवान, सुज्ञानीको अवस्था मेरो जस्तो नहोस् । म रुदै कराउँदै नजिकैको देवी मन्दिरमा मेरा सारा कुरा राखेँ । फर्किदै गर्दा पर परका आवाजहरु सुने भुत भुत, राँके भुत, चोर चोर, बौलाहा, भुत नै हो अस्ति पनि मैले देखेको, यसले बच्चाहरु खान्छ, चुडेल हो, बोक्सी हो…… यस्तै यस्तै कुराहरु सुन्दै बेपरवाह आफ्नो बाटोमा हिँडिरहेँ । तिनै मानिसहरु हुन् हिजो मेरो न्यायको माग गर्ने । मेरो शान्तिको कामना गर्ने ।

यो धर्तीमा अझै कयौं भुतहरु छन् । आत्माहरु छन् । जो आफ्नो अभिभार निभाउन सकेका छैनन् । अपराधलाई सजाय दिन सकेको छैनन् । उन्मुक्त अपराधिको हाँसोसँगै तड्पिन बाध्य छन् । हृदयमा आगो बोकेर हिँड्न विवश छन् । ति आत्माहरुको बेदना सुन्न चाहदैन मानिस । हिजो सबैकी प्यारी थिएँ म । तर आज सबै डराउँछन्, तर्सिन्छन्, भाग्छन् । कोही पनि मेरो नजिक हुन चाहदैन । कोही पनि मेरो वास्तविक कथा सुन्न चाहदैन । कोही आवोस न मेरो छेउ । सोधोस् न “तिमिले किन शान्ति पाएनौं ? किन खोलिएन तिम्रो लागि स्वर्गको ढोका ?” पानीसँगै बग्ने ढुंगाहरुको पिडा सोध्ने फुर्सद कसलाई हुन्छ । पानीको पो गन्तव्य छ, निरन्तर आफ्नो यात्रा जारी राख्दछ । तर त्यो लक्ष्यविहीन ढुंगाहरुलाई कहाँ पु¥याएर छोड्छ । कहाँको यात्रामा छ त्यो ढुंगा । कति ठोक्किएर, चोइटिएर, पिल्सीएर बेदनाका आवाजसँग कति चिच्याउँदो हो । खै कसले सुन्ने त्यो आवाज ? कसले बुझ्नो ? कसले सोध्ने ? स्वार्थी छ यो दुनिया । स्वार्थी छन् मानिस । स्वार्थी छन् भगवान ।

त्यो चुम्बनमा माया महशुस गर्दैछिन् सुज्ञानी । शरीरका अङ्ग अङ्गका स्पर्शलाई खेल सम्झिदै छिन् सुज्ञानी । गोप्य अङ्गमा सलबलाउने हातहरुलाई चिथोर्न सक्दिनन् उनी । रगताम्ये हुने गरी टोक्न सक्दिनन् उनी । खेलौना र मिठाइमा भुल्दछिन् । चाहेर पनि प्रतिकार गर्न सक्दिनन् उनी । विवश छिन् रमाइदिन । त्यो पुरुषोत्वको गोप्य अङ्गहरु खेलाउन बाध्य छिन् उनी । अन्जान भएरै त्यो नरपशुलाई क्रिडाको सन्तुष्टि दिदैछिन् । मनमा आगो दन्काएर हाँस्न बाध्य छिन् । कसैलाई भन्न सक्दिनन् उनी । डर छ, भोलीदेखि मिठाइ, खेलौना पाईदैन भन्ने । डर छ ठूलोबाबा रिसाउँछन् भन्ने । सुज्ञानी सहन सक्छिन् । खस्रा दाह्रीहरुले चिथोरिएका आफ्ना कोमल गालाका पिडाहरु लुकाउन सक्छिन् । दबाउन सक्छिन् आफ्ना आवाजहरु । दुरुस्तै म जस्तै छिन् सुज्ञानी । निरिह ।

**

नानी ! ए नानी ! मैले बोलाएँ । स्कुलबाट फर्किदै रहिछिन् सुज्ञानी । त्यही देवी मन्दिर अगाडिको पिपलको रुखको फेदमा । फर्किएर हेरिन् । आँखाभरी आँसु पारिन् । दौडिएर आइन् । अनि मलाई कसिलो अंगालो हालिन् । भक्कानिएर रोइन् । आँसुका धारा वर्षाइन् । धेरैबेरसम्म केही शब्द निस्केनन् । मैले उनको आँखामा हेरेँ । आँसु पुछिदिएँ । नरुन विन्ति गरेँ । “नानी दिदी ! कहाँ जानुभएको थियो यत्तिका दिन ? किन मलाई छोडेर जानुभयो ? किन मलाई तपाईसँगै लानुभएन ? यत्तिका समयसम्म मलाई कहिल्यै सम्झनु भएन है । कति निर्दयी हुनुहुन्छ मेरो नानी दिदी । मैले हजुरलाई कति सम्झिएँ, कति बोलाएँ, तर अहँ हजुरले कहिल्यै मलाई सुन्नुभएन । हजुर निस्ठुरी हुनुहुन्छ ।” उनले म प्रतिका सारा कुन्ठाहरु सविस्तार लगाइन् । अनि मेरो आँखामा हेर्दै भनिन् “नानी दिदी ! मलाई छोडेर अब कहिल्यै नजानुस् है । मैले बाबालाई भनेर हजुरको लागि दुईवटा हेडविन किनिदिएको छु । मेकअप किट पनि किनिदिएको छु । हजुरको लागि ठूलो टेड्डी बियर किनिदिएको छुु । मैलो हुन्छ भनेर मैले कसैलाई छुन दिएकी छैन । मम्लिे दराजमा राख्नुभएको छ । नयाँ छ ।” म सुनिरहन्छु । उनि सविस्तार सुनाइरहन्छिन् । यत्तिका समयका आफ्ना भावनाहरु, व्यथाहरु, खुसीहरु ।

“नानी दिदी ! यसपाली म थर्ड भएँ । रिजन फस्ट भयो । थाहा छ नानी दिदी ! रिजन अचेल ज्ञानी भएको छ । उसले मलाई ड्रइङ्ग सिकाइदिन्छ । म दुखी भएको बेला मलाई फकाउँछ । मलाई खुसी बनाउन, उसले मुसाको कथा भन्छ, बाघको कथा भन्छ । गीत गाउँछ, नाच्छ । मलाई पनि नचाउँछ । मेरो ड्रइङ्गलाई आलु जस्तो भन्दैन । विग्रिएको ठाउँमा सच्याईदिन्छ । उसले ल्याएको खाजा पनि मलाई दिएर खान्छ । मैले नखाई उ कहिल्यै खाँदैन । अस्तिनै हजुरको यादमा रोएको बेला रिजनले दिएको घडी हेर्नु त, कस्तो छ ? नानी दिदि ! रिजनले मलाई माया गर्छ । ऊ मेरो बेस्ट फ्रेण्ड हो ।”

म निशब्द रहेँ । मौन रहेँ । केही बोल्न सकिन । भक्कानिएँ । तर रुन सकिन । आँसु आएन मेरा । नानीको जसरी मेरा व्यथाहरु सुनाउन सकिन । फेरि मैले सुज्ञानीलाई अंगालो हालेँ । उनको कपाल सुम्सुम्याएँ । सुँक्क सुँक्क गर्दैथिन् उनी । नानी म तिमिलाई मेरो कथा भन्न आएको । आत्माको कथा । तिमि सानी छौ, निस्वार्थी छौ । छल छैन तिम्रो मनमा । पाप छैन । तर नानी अब तिमि जिम्मेवार बन्नुपर्छ । मेरो अभिभारा तिमिले निभाउनुपर्छ । मेरो लागि स्वर्गको ढोका तिमिले खोल्नुपर्छ । मेरो हत्यारालाई सजाय तिमिले दिनुपर्छ । हो अब तिमि कठोर बन्नुपर्छ । मेरो आत्माको शान्तिको दुत तिमि नै हौ । तिमिले मात्र मेरो आत्मालाई शान्ति दिन सक्छौ ।

मेरा सारा कथाहरु बेलिविस्तार सुनाएँ । राताराता आँखा पारिन् उनले । लाग्छ मन्दिर भित्रकी देवीले पनि सुनिन् मेरो कथा । सुज्ञानीलाई शक्ति दिइन् देवीले । देवीको रुप धारण गरीन् सुज्ञानीले । दानवी प्रवृत्तिको बध गर्ने शक्ति प्राप्त गरिन् । कलियुगको महिषाशुरको बध गर्ने देवी हुन् सुज्ञानी ।

र विहानीको झुल्केघामसँगै सुज्ञानीको सपनीबाट विदा भएँ म । हिजो जस्तै दैनिकी सुरु भयो सुज्ञानीको । उनको आँखाको भावलाई बुझ्ने कोशिस गर्दैछु म । सपनीको मेरा सारा कथाहरुलाई बुझिन् कि बुझिनन् उनले ? उनी साच्चिकै देवी बन्न सक्छिन् कि सक्दिनन् ? मेरो आत्माको अभिभारा पुरा गर्न सक्छिन् कि सक्दिनन् ? कतै योजनामा चुक्ने पो हुन् कि ? यदि केही गरी हाम्रो योजना सफल भएन भने के होला उनको हालत ? यस्तै यस्तै कुराहरुले मेरो मन डराउँदैछ । लाग्छ म कायर आत्मा हुँ ।

**

आज मेरो मानवीय जीवनको अन्त्य भएको एक वर्ष पुरा भयो । मेरो घरमा वार्षिक पुण्य तिथिको कार्य हुँदैछ । मेरो आत्माको शान्तिको लागि गौदान हुँदैछ । सुज्ञानीको मम्मि पनि त्यहीँ व्यस्त हुनुहुन्छ । सुज्ञानीको स्कुलको वार्षिक परीक्षा सकिएर उनी घरमै खेलेर बसिरहेकीछिन् । आज उनको ठूलोबाबा आउनुभएको छ । हो, त्यही ठूलोबाबा जसले मेरो अस्तित्व हरण ग-यो । मेरो मानवीय चोलाको अन्त्य ग¥यो । त्यही दानव हो जसले उम्रिदै गरेको विरुवाको घाँटी निमोठीदियो, फेरि उम्रन नसक्ने गरी ।

आज सुज्ञानीलाई सानो टेड्डीवाला ब्याग ल्याइदिएको रहेछ । डेरीमिल्क, क्याटबरी, किटक्याट । मिठाईको त झोला नै रहेछ । सदा झैँ उसले चकलेटसँग चुम्बन साट्यो । गज्जबको व्यापार भएको महशुस ग¥यो । नानीको शरीरसँग खेल्न थाल्यो । रमाउन थाल्यो । गोप्य अङ्गहरुमा उसका हात सलबलाउन थाले । नानीको रुप सधैँभन्दा फरक देख्दैछु म । नानी सँधैजस्तो लाचार देखिन्नन् । कायर देखिनन् । विवश देखिन्नन् । उनको राता राता आँखामा शक्ति देख्दैछु म । उग्रचण्डीको रुप देख्दैछु । भद्रकालीको रुप देख्दैछु उनमा । हो उनी साच्चिकै देवी हुन् सुज्ञानीको भेषमा । त्यो दानवको पुरुषोत्व हरण गर्ने मौका कुर्दैछिन् उनी । पापको सजाय दिने अवसर खोज्दै छिन् उनी । अवोध बालिकाको कोमल अङ्गसँग खेलेर सन्तुष्टिको सरपान गर्नमा लिप्त छ त्यो नरपशु । कलिला ओठहरुलाई आफ्ना अङ्ग अङ्गमा चुमाएर संतृप्त बन्दैछ । एक वर्ष अगाडिको अपराध दोहो¥याउन तत्पर छ त्यसका राक्षसी प्रवृत्ति ।

सुज्ञानीको यो परीक्षा हो । भगवानले लिएको परीक्षा । सुज्ञानी आज सफल हुनैपर्छ । धर्मग्रन्थमा उनको नाममा देवीको रुप थपिनैपर्छ । इतिहासका पानामा उनको नाम लेखिनैपर्छ । जुगजुग सम्म उनी पुजिनुपर्छ । म जस्तै लाखौं लाख आत्माहरुलाई स्वर्गको ढोका खोल्नुपर्छ सुज्ञानीले ।

म दर्शक बनेर हेर्दैछु । म के नै गर्न सक्छु र ? म केही गर्न नसक्ने मुर्ति हुँ । एक वर्ष अगाडिको कुकृत्यमा जसरी रुखहरु लाचार भएर हेर्न विवश थिए, त्यसरी नै हेर्न विवश छु आज म । तिनै पोथ्रा, झाडी र झारपात जस्तै भएको छु । म आफैँ त्यसको घाँटि रेट्न चाहन्छु । रगतको धारा घुटघुटी पिएर मेरो आत्माको प्यास मेट्न चाहन्छु । त्यसको टाउकोबीच सडकमा झुन्ड्याएर मैशासुरको मानव रुप दुनियालाई देखाउन चाहन्छु । त्यसको शरीर गिद्धलाई दिन चाहन्छु । चोक्टा चोक्टा लुछेर खाएको हेर्न चाहन्छु ।

सुज्ञानीले एक मुठी खुर्सानीको धुलो छ्यापिदिइन त्यसको आँखामा । आऽया.. भन्दै आँखा मिच्दै ढल्यो । धारीलो छुरा लिइन् सुज्ञानीले । पापले भरिएर फुलेको त्यो पुरुषोत्व छेदन गरिन् उनले । चिच्याहटले गुञ्जयमान भयो, धर्ति तरंगित भयो । पिडाले छट्पटाएको राक्षसी रुप हेरिन् उनले । दुई हात जोडेर विन्ति गर्न लालायित थिए ति हातहरु । तर त्यको निर्देशन हातहरुले टेरिरहेका थिएनन् । सुज्ञानीले त्यो पुरुष अङ्गबाट बगिरहेको रगत त्यही दानबको मुखमा हालिदिइन् । र त्यो कलियुगको दानवलाई आजीवन पश्चातापको अग्निकुण्डमा होमिदिइन् ।

Tags: कथाखबरबिट साहित्यलुटिएको आत्मासाहित्य

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने रामधुनीका प्याकुरेल पक्राउ

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने रामधुनीका प्याकुरेल पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.