Wed 2025, May
No Result
View All Result
  • गृह
  • खबर
    • स्थानीय
    • समाचार
    • मुख्य
    • प्रदेश खबर
    • अन्तर्राष्ट्रिय
  • रंग

    ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

    चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

    र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    ‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

    मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

    सुनसरीमा पर्यटन विकासको सम्भावना

    Trending Tags

    • फोटो

      झुम्का बजार अनुगमनका केही दृश्यहरू (फाेटाेफिचर)

      रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)

      १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

      Trending Tags

      • फाेटाे स्टाेरी
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन

        दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

        यात्रा : इटहरी-घलेगाउँ-पोखरा

        विश्व सिमसार दिवस : हसिना सिमसारमा मेला [फोटोफिचर]

        Trending Tags

        • पर्यटन
        • पर्यटनमन्त्री
      • साहित्य

        गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

        कविता : मलाई गितार मनपर्छ

        महँगी र मायालु (कविता)

        Trending Tags

        • खबरबिट साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९
    No Result
    View All Result

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    खबरबिट by बिनोद कोइराला
    प्रकाशित मिति : २०७७ असार ४ गते, २२:०६ बजे
    164
    SHARES
    ShareTweetSubscribe

    मानिसको जीवन बाचुन्जेल हतार नै हुँदो रहेछ । काम, क्रोध, लोभ, मोह, ईष्र्या त्याग्छु भनेपनी व्यवहारमा गर्न नसकिने । ५ बजेसम्म अनिवार्य कार्यलयको काम गरेर डिभाइसमा उपस्थित जनाएर हिँड्नुपर्ने । ५ बजे नै काठमाडौंका लागि राति छुट्ने निकै चटारो थियो । घरबाट निस्किँदा मनमा योजना बनाउँदै गएँ, ‘आज काम गरेर गएँ भने कम्तिमा छुट्टि त बच्छ ।’

    मलाई अगाडिका दिनहरूमा समयको खासै महत्व थिएन । जसले जहाँ बोलाए पनी जाने । दिनभर खालि पेटनै भएपनि गफमै बिताइदिने । यसरी लामो समय सम्मकै अपमान गरेर होला समयले मलाई निकै सताउने गर्छ । त्यसैले होला अचेल मलाई यसले महत्व सिकाउन थालेको छ । जागिरे जीवनमा छुट्टिको निकै महत्त्व हुँदोरहेछ । शनिबार त राजाबार जस्तो ।

    सबै काम सक्नै पर्ने । बिहान नै बस काउन्टरमा गएर बुझेँ, ‘दाइ, काठमाडौं कोशी कतिबेला छुट्ने हो ?’ काउन्टर मेरो लागि परिचित थियो । ‘५ बजे किन काठमाडौं जान लाग्यौ भाइ, नजाउ है कोरोना सोरोना केके भन्छन्,’ चपाउँदै गरेको पान थुक्न बाहिर निस्किए र ठट्टा गर्दै भने, ‘कोशिको टिकट छैन भाइ मितेरीमा जाउ, कति नम्बर सिट काटौं ?’

    ‘स्पेसल ए वा बी जुन भएनि सजिलो मिलाइदिनु न’ मैले भने ।
    ‘यत्तिको लक्का जवानलाई किन त्यस्तो ? स्पेसल त खालि छैन । ‘बि ४ नम्बरमा जाउ ।’
    भाडा कति हो नि दाइ ?
    हजार रुपैयाँ ।
    ठ्याक्कै हजार ? मिलाउन मिल्दैन? मैले भने ।
    लु भैगो ९ सय देउ, अरुलाई ११०० ले काटेको छ, अरुलाई नभन्नु । दाइले भने ।
    मैले मुसुक्क हाँस्दै सोचेँ, अहिले पैसा दिन्न, भरे ५ बजे आउँदा ढिलो भयो भने अर्कौ गाडीमा जाउँला । काउन्टरवालालाई भने, ‘दाइ पैसा बोकेको छैन, भरे नै दिउला है ।’ दाइले हवस् भने । म आफ्नो बाटो लागेँ ।

    घरमा पुगेर झोलामा कपडा हाल्न थालें । दिदीले भनि, ‘हैन सरको आज छुट्टी कि टाढैको सवारी हो? झोलासोला कसिँदै छ त ।’
    ‘विद्यालय विदा छ (विद्यार्थीको परीक्षा सकाएर उत्तर पुस्तिका काट्ने विदा) । दिउँसोको काममा चाहिँ जाने हो । र भरे यसो राजाको दर्शन गर्न काठ्माडौं लाग्नु परो भनेर’ म पनि बाङ्गिदै कुरा गरेँ, ‘मामाघर तिर केही कोसेली लान छ भने भन है ।’

    ‘किन जानुपर्र्यो उता चीनमा कति मान्छे मरे अरे बिथ्थामा पर्दैन जान’ दिदीले नजान अनुरोध गरि । मर्न लेखेको छ भने मरौंला, आखिर जन्मेपछी मृत्यु अवश्य छ । कसैले पनि संसारमा अजम्बरी बुटि खाएर आएको छैन भन्दै म भने मैला लुगा बोकेर कलतिर लागेँ ।

    दिदीले आफै लुगा धोइदिने भन्दै हट्न भनि । म भने आफ्नो कपडा आफैं धुने अडानमा थिएँ र भने, ‘ आफै धोइन्छ, कसैलाई दुःख नदिने, आजदेखि आफूले खाको थालपनी आफै माझ्छु ।’ ‘लु भयो, तँ सुध्रेको मैले धेरै देखिसकेँ’ दिदीले व्यंग्य गरि । अन्ततः रहरै भए धोइदे भनेर सबै कपडा कलमै छाडेँ ।

    घडि हेर्दा साढे ९ बजेको थियो । खाना खाने समय भएकाले दिदीलाई खाना पस्किन आग्रह गरे । दिदी पस्किएको खाना खाएर कार्यालयको पोसाक लागाएँ । अनि कार्यालय ति लागेँ । दिनभरका लागि नियमित काम प्रशस्त थिए । फेरिपनी केही विदाहरु मिलाउन सकिन्छ कि भन्ने सोच दिमागमा आइरह्यो । एकैछिनपछि सम्झिएँ । कार्यालय प्रयोजनका लागि काठमाडौंबाट केही सामान ल्याउने कुरा हाकिम साबले बेलाबेला गर्नुहुन्थ्यो । ‘सर म भरे काठमाडांै जान्छु, अफिसको सामान पनि ल्याउँछु, यहाँ धेरै खाँचो भइसक्यो,’ हाकिम सरको कोठामा छिरेर मलिन स्वर लिएर भनें, ‘मामा पनि बिरामी हुनुहन्छ अरे हेरेर पनि आउछु ।

    उनी चुरोट पिउने गर्दा रहेछन् तर मेरो त्यस्तो कुनै लत थिएन । होटलको काउन्टरको बाहिर झ्यालमा राखेको एक टुक्रा सुपारी टिपेर मुखमा हाले । उनी स्मोकिङ जोन तिर लागे । केही समयपछि हामी बसमा पस्यौं ।

    हाकिम सरले प्रस्ताव स्वीकृत दिँदै भने, ‘कति दिनमा आउँछौं ?’ मैले जवामा ५ दिन लाग्ने जानकारी दिए । म बिदा बचाउनका लागि त्यहाँसम्म पुगेको थिएँ । ‘सामान ल्याउँदा काज मिलाइ दिनुपर्यो,’ मैले भने, ‘सबै सामान ल्याउँछु ३ दिनको काज मिलाइ दिनु आखिर यहाँ बाट जाँदा पनि ३ दिन लागी हाल्छ नि ।’ २ दिन बिना भत्ता काज मिलाउने जवाफ हाकिम सरबाट आयो ।

    ‘सबै सामान ल्याउन सक्छौ के ?’ सरले भने । ‘हुन्छ म जसरी नि ल्याउँछु ।’ प्रतिउत्तरमा मैले भने । सामान प्रशस्त थियो, मलाई भत्ता हैन विदा चाहिएको थियो । एम.बी.एस. अन्तिम सेमेस्टरको परीक्षा नजिक आइरहेको थियो विदा अगाडि सकिन लागिसकेको थियो । मन थोरै भएपनि फुरुक्क भयो । घडि हेरेँ । ५ बजेको थियो । कार्यालयबाट हतार हतार निस्एिर घर पुगेँ । लुगा फेरेँ । सवा ५ बजिसकेको थियो । दिदीले दही चिउरा खाएर जान गरेको अनुरोध अस्वीकार गरेर झोला बोकेर निस्किएँ ।

    एकजना मित्रलाई तयारी अवस्थामा राखेको थिएँ । मोटरसाइकल चढेर बस स्टेन्डसम्म पुगेँ । बस भर्खर आइपुग्दै थियो । काउटरका दाईलाई सोधेँ, ‘दाइ मेरो सिट त छनि ?’ दाइले छ भन्दै टिकट दिए । हुन्छ भनेर टिकट लिएर म आफ्नै सिटमा बसिसकेपछी सोच्न थाले, केही त बिर्सिन ? यसो सम्झिएँ, विश्वविद्यालयको प्रमाणपत्र, म जून कामका लागि जाँदै थिए । एक्कासी चिसो भयो । ‘ए दाइ ५ मिनेट रोक्नु ल, सामान छुटेछ ।’ उत्तालिँदै मैले भने ।

    हतारहतार भान्जालाई फोन गरेर टेबलमा भएको फाइल ल्याइदिन भने । भाञ्जाले ५ मिनेटमा ल्याइदिए । मैले लामो सास फेरेँ । पुनः बसमा बसेँ । चालकले सामान सोधे । मैले भयो भन्ने आशयमा टाउको हल्लाए । त्यसपछि गाडी अगाडि बढ्यो ।

    बसका सहकाचल परिचित रहेछन् । उनले मलाई भुलिसकेका होलान् । तर मैले चिनेँ । उनी उही पुरानो झापा बसाइमा चिनेका बिजय दाइ थिए । ‘बिजय दाइ हैन ?’ मैले सोधिहालेँ । ‘हो हो, कसरी चिन्यौ ?’ आश्चर्य भावमा उनले सोधेँ । मैले उनलाई चिनाउन तिर लागे । उनी खासै चिन्न चाहेका थिएनन् । उनले यो परिचयको फाइदा उठाउन खोजी रहेछका थिए । बसवाला र काउण्टरको समन्वयको अभावले बी २ नम्बरको सिट २ जनालाई बेचेका रहेछन् । एकजना बृद्ध आमा सिट छेउमा उभिएर गाली गरिरहेकी थिइन् । बिजय दाइ आएर मलाई पछाडी जान अनुरोध गरे । ‘गाह्रो हुन्छ, भोलि पुगेर धेरै काम गर्नुछ’ मैले भने । उनले मासुखाना ख्वाउने आश्वासन दिए । ‘मासु भातमा चै बिकिँदैन दाइ,’ मैले उत्तर फर्काए ।

    उनको आश्वासन मलाई चित्त बुझेन । उता वृद्द आमालाई हेरेँ । केही बेरमै दाईलाई भने, ‘तपाईको मासुखानामा हैन, वृद्ध आमा भएकाले छोडेको हो, यसरी बुझ्नुस्’ मैले सिट छाड्दै बिजय दाईलाई भने । अन्तिम सिटमा एउटा युवा झ्यालतिर फर्केर बसिरहेका थिए । म त्यँही गएँ । म जानसाथ उनले म तिर हेरे । चिने जस्तो भान मलाई पनि भयो । ‘ओहो विनोद सर नमस्कार’ उनले भने । म दोधारमा परेँ । ‘नमस्कार सर’ प्रतिउत्तर मैले भने । ‘चिन्नु भएन हो ? म ठगिन भाइ ।’ उनले आफ्नो परिचय दिए ।

    ‘ओहो कहाँबाट यता आयौ, कहाँ छौ ?’ मैले सोधेँ । मलाई पनि धेरै खुशी लाग्यो । ‘युएई गएको थिएँ, आएको ३ महिना भयो, फेरि जानुपर्छ होला,’ उनले भने, ‘अनि तपाईको के छ ?, कता हुनुहुन्छ ?, हामिलाई बिर्सिनुभयो ?’ एकै सासमा उनले सोधे । ‘छैन बिर्सेको’ मैले उत्तर दिएँ, ‘यतै पेटपाल्नका लागि केहि त गर्नैपर्ने रहेछ ।’

    छेउकै सिटमा परिचित नै भएपछि गफगाफ त चल्ने तै भयो । दाई त नेता हुनुभएको छ अरे भन्दै ठट्टा गर्न थाले । उनले वालापन कोट्याउन थाले । उनलाई मेले पढाएको थिएँ । ‘तपाइँले पढाएको २ एकान २, २० सम्म अझै कण्ठ छ । नआउँदा खोलासम्म खेदाउनु हुन्थ्यो, बिर्सिनु भयो होला । तर तपाईको खुब याद आउँछ । तपाइले गर्दा म गणित विषय पास भएको थिएँ । तपाई सहर पसेपछि मेरो पढाइपनी तपाइँ सँगै आएछ ।’ बालापन सम्झिँदै मुस्कुराउँदै उनले लगातार सुनाए ।

    म अनि आफ्नो एउटा समयसम्म पुगेँ । जुन ठाउँमा मेरो वालापन बितेक छ, जुन ठाउँको माटोसँग मेरो प्रेम छ । जुन विद्यालय मेरो भविष्यको एउटा पुल थियो । नमिठो लागेर आयो । भाइ खुब आनन्द मानी राखेका थिए । मैले नि खबर अनि तलब सोधेँ । ‘खै सर कस्तो कस्तो नपढेर दुःख पाइयो, एस.एल.सि पास गर्न सकिन, खाडी तिर भासिए ।’ निन्याउरो मुख लगाउँदै सुनाउँदै गए, ‘खै के भनौं, कसरी भनौं । वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेको थिएँ, सुन्दर सपनाहरु थिए ।’

    उनले सुनाउँदै गए, फेसबुकमा अचानक एक सुन्दर युवती देखेँ, फ्रेन्ड रिक्वेस्ट गरे स्वीकार भयो । हाई हेल्लोबाट कुरा हुँदै गयो । धेरै कुरा हुँदै गयो । हामी एक आपसमा मायाको फन्दामा पर्यौँ । मलाई पनि उनी एकदमै नजिक लाग्थ्यो । च्याटबाट सुरु भएको माया भिडियो कलसम्म नि पुग्यो । नियमित लामो समयसम्म कुरा हुन्थ्यो । उनी सुन्दर थिइन् । म पनि मायाको आभास र गहिरो हुँदै गयो । नाम माया, घर देउखुरी दाङ । पढाई एसइइ उतिर्ण गरेको यस्तै कुरा बताउथिन् । घरको आर्थिक अवस्था कमजोर र नर्सिङ पढ्ने ठूलो इच्छा भएको बताउँथिन् । मैले पनि उनले पढुन् भन्ने चाहना राखेको थिएँ । फेरि मेरो खाडीमा कमाई राम्रै थियो । मैले उनलाई पढ्न सहयोग गर्ने आश्वासन दिएँ । उनी पनि खुसी भइन् ।

    प्रत्यक्ष रुपमा हाम्रो साक्षात्कार नभए पनि भावनात्मक रुपमा नजिक थियौँ । नयाँनयाँ योजना र कल्पनाहरु बुन्दै थियौँ । भनिन्छ प्रेम दुई आत्माहरुको मिलन हो तर, प्रेम त्यति मात्र होइन, अनौठो गहिराई हो । जुन गहिराइमा डुबुल्की मारेपछी छुट्टै संसार जस्तो लाग्ने । म प्रेमको एकोहोरोपनमा लागि सकेको थिएँ । म अविवाहित अल्लारे भएपनी उनीसँग बिहे भएको १० औं वर्ष जस्तै सोच्न थालेछु । प्रेममा अरुका कुरा फिक्का लाग्छन् । यी सबै लक्षण म मा थियो । यसरी जीवन चलिरहेको थियो । एस.इ.इ.को रिजल्ट पश्चात् उनी काठमाडौं हुइकिन् । केही समय बानेश्वरमा आफन्तकोमा बसेरा एउटा नर्सिङ क्याम्पसमा भर्ना भइन् । मैले उनलाई त्यहीँबाट पैसाको बन्दोवस्त गरिरहेको थिए ।

    ‘बैंसमा स्याल पनि घोर्ले हुन्छ रे’ म संसारमा उनी भन्दा राम्रा मान्छेको पनि जन्म भएको छ भन्ने कुरामा खासै विश्वास गर्दिन थिए । ड्युटी सकिएपछि हस्याङफस्याङ गर्दै भिडियो कल/अडियो कल सबै हुन्थ्यो । आफन्तकामा बस्दा अलिक असहज भयो । म साथिसँग बस्छु भनिन् र मैले हुन्छ भनेको थिएँ । किन मलाई पनि उनको असहज वातावरणको प्रभाव पर्नु स्वभाविक नै थियो ।’ उनले कहानी सुनाउँदै गए । म सुन्दै गएँ । बस रामनगर पुगिसकेछ ।

    बिजय(सहचालक) दाइ ल खाना खाने ठाउँ आयो भन्दै कराउन थाले । बसबाट सबै मान्छे झरे म र ठगिन पनि बाहिर झर्यौ । उनले खाना खाने मनसाय राखे तर म रामनगरको खाना सँग परिचित थिएँ । एकछाक खानाले १० दिनसम्म बिरामी परेको अझैपनि बिर्सिन सक्दिन । हामी होटल छिर्यौ र एउटै टेबलमा बस्यौं । मैले सुख्खा रोटी र ठगिनले खाना मगाए । खाना खाइसक्यौं । उनी चुरोट पिउने गर्दा रहेछन् तर मेरो त्यस्तो कुनै लत थिएन । होटलको काउन्टरको बाहिर झ्यालमा राखेको एक टुक्रा सुपारी टिपेर मुखमा हाले । उनी स्मोकिङ जोन तिर लागे । केही समयपछि हामी बसमा पस्यौं । बस अगाडि बढ्यो रातको ११ बजिसकेको थियो । केही बेरपछि उनले फेरि बाँकी कहानी सुनाउन थाले ।

    उनी असाध्यै सुन्दर थिइन् । मलाई उनी स्वर्गबाट ईश्वरले मेरै लागि पठाइएको अनुपम उपहार हो जस्तो लाग्थ्यो । २ वर्ष बित्यो मेरो ल्यापटपमा आफ्नो भन्दा उनको सामग्री बढी छ । यसरी उनले ३ वर्षमा नर्सिङ पढाइ सकिन् । म पनि खुसि थिएँ । सोच्थेँ, अब नेपाल गएर बिवाह गरिन्छ । उता बसका सबै यात्रु निदाइ सकेका थिए । हामी भन्दा २ सिट अगाडि १ जना दिदि फोनमा कुरा गरिरहेकि थिइन् । सहचालक भाई उनलाई हेरेर खुब मस्किरहेका थिए । ‘कुन स्वर्गकी परि हौ तिमी…’ अगाडि चालकले सानो स्वरमा गीत बजाइरहेका थिए ।

    ठगिनको अनुहार मलिन थियो । उनले फेरि सुनाए । उनी सानो जागिर गर्छिन् । म कृषिफर्म खोल्छु बङ्गुर पाल्छु, त्यहाँ पोखरि खनेर माछा पाल्छु । एक्लै सकिँदैन होला पार्टनर खोजौँला भन्ने योजना बनाउदै थिएँ । केहि पैसा उनका लागि खर्च भयो केही जम्मा भएको थियो । उनी पढाइ सकेर इन्टनसिप गर्दै थिइन् । म पनि नेपाल चाँडै फर्कनको लागि टिकट तयार गरिरहेको थिएँ । मनमा सोच्दै थिएँ चाँडै मेरो कल्पनाको सागरमा पुग्दैछु । स्वर्गको परिसँग मेरो भेट हुँदैछ । साँच्चै म भाग्यमानी रहेछु । नेपाल फर्कन १५ दिन बाँकि थियो ।

    अचानक उनी अलिक टाँढा भएको महसुश भइरहेको थियो । उनको ब्यवहार रुखो हुँदै गएको थियो । उनको म्यासेज आयो । म्यासेजमा लेखेकी थिइन् ‘आजसम्मको सहयोग र साथका लागि धन्यवाद । तपाई र मेरो कुनै सम्बन्ध छैन । मेरो विवाह भयो म अब अविवाहित केटी जस्तो ब्यवहार गर्न सक्दिन । तपाईं पनि चाँडै नेपाल आउँदै हुनुहुन्छ विवाह गर्नुहोला । तपाईंको जीवनमा सधैं सुखहोस । म पनि बाध्यतामा छु । अहिले दाउन्ने नवलपरासीमा छु । बाई बाई सानू ।’ यति भन्दा आखाँबाट आसु झरिसकेका थिए । उता बसमा दमौलिमा भेट मायालुले सम्झना गरेमा हुन्छ पछि भेट भन्ने गीत बजाई राखेका थिए । म पनि भावुक भइरहेको थिए ।

    ‘मलाई फेसबुकमा पनि ब्लक गरि, जुलुम बनाएर गई । नेपाल फर्किए काठमाडौंमा गल्लि गल्लि आखा चियाए कतै देख्छुकि तर देखिन, हुन त प्रत्यक्ष रुपमा आजसम्म कतै देखेको पनि छैन । उता नेपालमा साथिभाईसँग मिलेर कृषि फार्म खोलेको दुई महिना नपुग्दै साथीभाई बीच मनमुटाव भयो ।’ उनले सुनाउँदै गए, ‘त्यो पनि डुब्यो । नकमाएको हैन सर, धेरै पैसा कमाए तर आजसम्म रित्तो रित्तै हिँडिरहेको छु । फेरि खाडि पस्नु पर्छहोला । पहिलाको कम्पनीबाट फिनिसमा आएको । आज मेनपावरले बोलाएको छ । पासपोर्ट उहीसँग छ । पैसा पनि ५० हजार रुपैयाँ दिएको छु । अब के के हुने हो सर …’ यसरी निरन्तर उनले आफ्ना कथा व्यथा सुनाउँदै गए । बिहानीको झिसमिसेमा बस कलंकी पुग्यो । बस नयाँ बसपार्कतर्फ लाग्यो । म कलंकी झरेँ । भाइ नयाँ बसपार्क तर्फ लागे । अब वैदेशिक यात्रा र उनको जिन्दगी के हुने हो, थाहा छैन । तर उनको आगामी जीवन सुखमय र सफल होस् ।

    याे पनि : यात्रा क्षितिजबाट उदाएकी परी

    Tags: खबरबिट साहित्यबिनाेद काेइरालायात्रासाहित्य
    ADVT
    अगाडिकाे पाेस्ट

    बराहक्षेत्रमा लडेर एकको मृत्यु

    अर्काे पाेस्ट

    रूकुम घटनाः पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत

    सम्बन्धित Posts

    साहित्य

    कविता : मलाई गितार मनपर्छ

    by बिनोद कोइराला
    प्रकाशित मिति : २०८० पुस २३ गते, १८:२८ बजे
    0

    साथी, मलाई गितार मन पर्छ...

    FEATURE

    यात्रा : इटहरी-घलेगाउँ-पोखरा

    by बिनोद कोइराला
    प्रकाशित मिति : २०७८ माघ २६ गते, १६:२० बजे
    0

    सुनसरीको इटहरी हुँदै लमजुङको घलेगाँउ...

    मेरो गाउँ (कविता)

    प्रकाशित मिति : २०७८ असार ७ गते, २०:२३ बजे

    लुटिएको आत्मा (कथा)

    प्रकाशित मिति : २०७८ जेष्ठ १० गते, ११:२६ बजे

    आमा ! हार्दिक श्रद्धाञ्जली !

    प्रकाशित मिति : २०७८ बैशाख ३१ गते, २१:१० बजे

    खै समानतामा आधारित न्याय ?

    प्रकाशित मिति : २०७८ बैशाख १३ गते, १८:२६ बजे
    अरू हेर्नुहाेस्
    Subscribe
    Connect with
    Login
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    Notify of
    Connect with
    I allow to create an account
    When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
    DisagreeAgree
    0 प्रतिक्रिया
    पुरानाे
    नयाँ Most Voted
    Inline Feedbacks
    सबै प्रतिक्रिया हेर्नुहाेस्

    नयाँ खबर

    समाचार

    लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

    by बिनोद कोइराला
    प्रकाशित मिति : २०८२ बैशाख १७ गते, १२:५१ बजे
    0

    सबै पढ्नुहाेस्

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    प्रकाशित मिति : २०८२ बैशाख १६ गते, ९:१७ बजे

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:५२ बजे

    शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

    प्रकाशित मिति : २०८२ बैशाख १५ गते, ९:४० बजे

    सिद्धार्थ शिक्षा सदनमा ‘श्रष्टासँग बालबालिका’

    प्रकाशित मिति : २०८१ चैत्र २७ गते, २१:१७ बजे


    बढी पढिएकाे (३० दिनमा)

    • मेरो गाउँ (कविता)

      0 shares
      Share 0 Tweet 0
    • जनकपुरमा जानकी जन्मोत्सव सुरु

      0 shares
      Share 0 Tweet 0
    • समाज परिवर्तनमा युवाको भूमिका र दायित्व

      0 shares
      Share 0 Tweet 0
    • लागूऔषध ब्राउन सुगरसहित सात पक्राउ

      0 shares
      Share 0 Tweet 0
    • शिक्षक र चिकित्सक सडकमा : विद्यार्थी परीक्षा र बिरामी उपचारको प्रतीक्षामा

      0 shares
      Share 0 Tweet 0

    सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


    मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
    शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

     

    हाम्राे टिम

    प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
    डेस्क रिपाेर्टर :
    बजार व्यवस्थापक :
    संवाददाता : नसिम अन्सारी (सुनसरी)
    संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

    No Result
    View All Result

    सम्पर्क

    माेबाइल : ९८०२७८१०८३
    विज्ञापन : ९८०२७८१०८३
    इमेल : khabarbit@gmail.com
    सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

    Design  by :

    • हाम्राे टीम
    • विज्ञापन
    • राशिफल

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    No Result
    View All Result
    • गृह
    • खबर
      • स्थानीय
      • समाचार
      • मुख्य
      • प्रदेश खबर
      • अन्तर्राष्ट्रिय
    • रंग
    • विचार
    • फोटो
    • विविध
      • पत्रपत्रिका
      • पर्यटन
      • साहित्य
      • अन्तर्वार्ता
      • भिडियो
      • प्रविधि
      • खेलकुद
      • रोजगार
      • विचित्र संसार
      • पुरानाे
      • निर्वाचन २०७९

    © Saledo Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

    Welcome Back!

    Sign In with Facebook
    OR

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Sign Up with Facebook
    OR

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।