Friday, November 14, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विचार

खै समानतामा आधारित न्याय ?

खबरबिट by खबरबिट
26/04/2021
in विचार
0
खै समानतामा आधारित न्याय ?
17
SHARES
430
VIEWS
Share on FacebookShare on Twitter

जात शब्दको उत्पति संस्कृत भाषाको जातीबाट आएको हो । जसको अर्थ जन्मनु हुन्छ । वंश, परम्परा, धर्म, गुण आकृति, बासस्थान आदिका आधारमा मनुष्यको वर्गलाई जातमा विभाजन गरियो । हिन्दु परम्परा र मान्यता अनुसार प्रत्येक गाउँ वा शहरलाई आत्मनिर्भर बनाउनका लागि चार प्रकारको पदहरु सिर्जना गरेको मान्यता छ । समाजमा श्रम र सीपमा आधारित काम गर्नेलाई शुद्र भनियो । उत्पादनमूलक कृषि वा व्यापारजन्य कार्य गर्नेलाई वैश्य भनियो । सुरक्षा सेवा र शासन गर्नेलाई क्षेत्रीय र बौद्धिक काम गर्ने सल्लाह परामर्श दिने शिक्षा दिने जस्ता काममा लाग्नेलाई ब्राह्मण भनेर वर्गीकरण गरियो ।

यी शुद्र, बैश्य, क्षेत्रीय र ब्राह्मणले आफ्नो रुचिकर परिवर्तन गरेर आफ्नो पद परिवर्तन गर्दथे । यो अवधारणा विकासको मार्गतर्फ अगाडि बढाउने हेतुले अगाडि सारेको अवधारणा थियो । आधुनिक कालमा समाजका मानिस जात, कुलमा समान थिए । मानिसहरुबीच असमानता र विभेद थिएन । ईसा पूर्व ३०० देखि ईसा पूर्व २०० सम्म जातीय व्यवस्थाको अन्धकारको रुपमा लिइन्छ । यहि समयमा जातीय ब्यवस्थाले नहल्लिनेगरी जरो गाड्यो । जुन आजसम्म पनि प्रभावित छ । समाजमा रहेका टाठाबाठाहरुले कर्मयोगीहरुलाई शोषण र दमन गरे । परिणाम स्वरुप सुद्रहरु आर्थिक रूपमा पछि परे । उनीहरुलाई दृश्यवाह शैलिमा उनीहरुको सेवामा लाग्न बाध्य बनाइयो । त्यसकै परिणाम हो जातीय प्रथा । जातीय प्रथालाई धर्मसँग जोडेर छुवाछूत र धार्मिक कानुनसँग जोडियो । युद्धमा हारेका मानिसलाई र मन नपरेका मानिसलाई राजा रजोटाले शुद्रमा झारिदिए । यसरी जातीय विभेद र छुवाछूत प्रथा रहेको हो भनेर विश्लेषण गर्न सकिन्छ ।

READ ALSO

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा बि.सं. १९१० मा पहिलो मुलुकी ऐन जारी गरि कानुनी मान्यता दिएपछि यो अझ कडा हुन पुगेको देखिन्छ । नेपाली समाजमा जरो गाडेर बसेको जातीय प्रथा न धार्मिक हो न जैविक नै । नेपालमा छुवाछूत अन्त्य गर्न धेरै प्रयास भए । प्रजातान्त्र प्राप्त पश्चात अत्यन्त धेरै प्रयास भयो । बि.सं. २०२० सालमा बनेको पहिलो ऐनले पूर्ण रूपमा बन्देज गरेको थियो । त्यस पश्चात बनेका अन्य कानुन र संविधानमा पूर्ण रूपमा अन्त्य गर्न प्रतिबद्ध छन् । १० वर्ष हतियारसहित जङ्गलमा भएको माओवादीले यस व्यवस्थालाई अन्त्य गर्न प्रयास गरेको हो । यसको अन्त्य गर्न धेरै कानुन बने, धेरै आयोग बने, बहस र छलफल भए । राजनीतिक दलहरुका मुख्य घोषणा पत्र पनि नबनेको होइनन् । उपलब्धि उच्च रूपमा भएको हो ।

पिछडिएको र दलित वर्गलाई नै मध्यनजर गरेर समावेशिताको अवधारणा अगाडि सारेको छ । तर के वास्तविक दलितले लक्षितवर्ग क्षेत्र र समुदाय लाई समेट्न सकेको छ त ? राज्य व्यवस्थामा गरिब, दलित, मजदुर, किसान, आदिवासी, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र वर्गको उपस्थिति छ त ? कि यी सबको फाइदा केही पहुँचवाला अगुवाले उठाइरहेको छन् ? आज कुसुन्डा, नुराङ, राउटे, हायु, लेप्चा जस्ता जातीहरुको राज्य व्यवस्थामा प्रतिनिधित्व किन भएन ? वास्तविक पिछडिएको वर्ग कता छ ? किन मौन छ ? विभेद कि तिनै वर्गका अगुवा ले त गरेको हैन ? छुवाछुत र जातीय अन्तरता बचाउन त्यही वर्गका अगुवाको हात त छैन ? आखिर छुवाछुत अन्त्य भएको हो भनेर संविधान मै घोषणा भएपछी खै त समानतामा आधारित न्याय ? नेपाल को संविधान २०७२ मा करिब ९०५ जनप्रतिनिधि ले हस्ताक्षर गरेका छन् । यो संविधान संवैधानिक दृष्टिकोणले अत्यन्त राम्रो मानिन्छ । यसले विभिन्न आयोग बनायो तर ती पुर्ण रुपमा काम नगरेको पो हो कि ।

उता नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हकको व्यवस्था छ । धारा १८ मा समानताको हकको व्यवस्था छ र त्यसमा उल्लेख गरिएको छ , ‘राज्यले नागरिकका बीचमा उत्पती धर्म, जातजाति, लिङ्ग, शारीरिक अवस्था अपाङ्गता वैवाहित स्थिति आदिका आधारमा विभेद गरिने छैन’ । तर त्यही मौलिक हकको भाग २५ मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था छ । कसैलाई विभेद नै नगरेपछि छुवाछुत विरुद्धको हक आवश्यक छ ?

जे भएपनि छ्वाछुत र जातीय विभेद सामाजिक कुरिति हो । यसलाई अन्त्य गर्न आवश्यक छ । यो विकासको बाधक हो । यसले सामाजिक रुपान्तरणमा बाधा सृजना गर्छ । तर सरकारले ल्याएको समावेशीकरणको नियममा वास्तविक पीडित कै प्रतिनिधिको प्रतिनिधित्व छ त ? कि पीडितको नाममा खोल मात्र ओडेका पात्र हुन् ? समावेसिता जातीयताको आधार मा ठिक छ त ? कि वर्गीयताको आवश्यकता हो ?
उन्नत जात भनिने अधिकांश कर्णालीका ब्राहमणहरुको हरुको पेसा ढाकर बोक्ने छ । खान नपाउने बाहुन क्षेत्री पनि प्रसस्त छन् । सबै जाती, भाषा, धर्म संस्कृती समान छन् । त्यसकारण सबैको भलो र स्तरोन्नति हुन आवश्यक छ । जातीय विभेदको जरो उखेल्न नदिन तिनै वर्गको पनि हात नभएको होइन । त्यसकारण भेदभाव मुक्त समुन्नत समाज निर्माणका बाधक जो सुकै पनि सजायको भागिदार हुनुपर्छ । देशको स्तरोन्नति तर्फ सबैको ध्यान पुग्नुपर्छ ।

(लेखक कानुनका विद्यार्थी हुन् ।)

Tags: छुवाछुतबिनाेद काेइरालाविचारसंविधान

Related Posts

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार
FEATURE

‘नैतिक शिक्षा’ समाज निर्माणको आधार

21/08/2024
मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका
FEATURE

मौलिक संस्कृतिको पलायनतामा बजारशास्त्रको भूमिका

27/08/2023
सुनसरीमा पर्यटन विकासको सम्भावना
FEATURE

सुनसरीमा पर्यटन विकासको सम्भावना

22/08/2023
दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’
पर्यटन

दक्षिण एसियाकै पहिलो होमस्टे : स्याङ्जाकाे ‘सिरुबारी’

17/01/2023
मानव सभ्यतामा राजनीति र चुनाव
FEATURE

मानव सभ्यतामा राजनीति र चुनाव

10/05/2022
यात्रा : इटहरी-घलेगाउँ-पोखरा
FEATURE

यात्रा : इटहरी-घलेगाउँ-पोखरा

09/02/2022
Next Post
घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

घरेलु मदिरालाई ब्रान्डिङ गर्न भन्दै कार्यदल गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.