Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

तीज र तीजका गीतमा माैलिकता हराउँदै

खबरबिट by खबरबिट
12/08/2021
in FEATURE, विचार
0
तीज र तीजका गीतमा माैलिकता हराउँदै
19
SHARES
483
VIEWS
Share on FacebookShare on Twitter

रिकेश निरौला

हरितालिका तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाँड हो । यो चाड भाद्र शुक्ल द्धिनीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै दिदीबहिनीहरुले आफ्नो माइतीघरमा जम्मा भएर नाचगान गर्दै मनोरन्जन गर्ने गर्दछन् । नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्हासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रुपले नेपाल भरी मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा समेत मनाइन्छ ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

यो चाडमा माइती (बुबा,आमा,दाजु,भाइ,छोरिी,चेली)लाई घरमा गई लिएर आउने वा बोलाएर मिठामिठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुःख साटासाट गरि एउटै ठाँउमा खाने बस्ने चलन छ । यश दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, ढकने, मासु, सेलरोटि, फलफूल लगायतका खाना खाने गरिन्छ । आधुनकता सँगसँगै यसमा खाइने परिकारमा समेत परिवर्तन भइरहेको पाइन्छ ।

किंवदन्ती
हिन्दू धर्मको ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतिलाई मन नपरेपछि आफूले मन पराको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दासम्म पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरि पानी समेत नपिइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस भनी आशिर्वाद दिएपछि शिव र पार्वतिको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोहि तिथिदेखि हिन्दू नारीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो पौराणिक कालदेखि चलिआएको परम्परा हो । वर्षायामको लहरसँगै नागपञ्चमिदेखि हिन्दू नेपालीका मुख्य चाडपर्वको सुरुवाती पर्व हरितालिका तीजले ठूलो महत्व बोकेको छ । यसका विभिन्न धार्मिक, सांस्कृतिक र पारिवारिक महत्वका पाटाहरु लेकेका छनन् ।

बढ्दै तडकभडक
आधुनिकताको नाममा तीजमा देखिएको तडकभडक र तीजका गीतमा देखिएको बिकृतीले यो पवित्र पर्वको गरिमामा धब्बा लगाइ दिएको छ । तीज आउनुभन्दा दुई तीन महिनाअघिदेखि बजारमा आउने उत्ताउला खाले तीज गीतलाई कुनै अर्थमा पनि तीजका गीत मान्न सकिँदैन । आजभोलि तीजको अवसरमा गाइएका गीतहरु रत्यौली हुन् कि झ्याउरे हुन् छुट्याउन कठिन भइसकेको छ । प्रशासन भन्छ – भड्किलो भयो तीज,महिला अधिकारकर्मि भन्छन्– स्वतन्त्रता हनन गर्न पाईदैन । स्वतन्त्रता छ भन्दैमा आफ्नो मौलिक कला, भाका र संस्कृतीमा विकृती ल्याउने अघिकार पनि कसैलाई छैन । यस्ता ढोगि अधिकारकर्मी र समाजसेवाको नाममा विकृति भित्र्याउनेहरुले गर्दा आज नारीहरुको पवित्र पर्व तीज र अहिले आएका आधुनिक तीजको गितका शब्दा सुन्दा र नाच्ने शैली देख्दा रत्यौली र तीज छुट्ट्याउन गाह्रो हुने खालको छ । स्वतन्त्रताको नाममा आफ्नो पवित्र पर्व तीज महिलाहरु आफैले नङ्याउँदै छन् ।

भगवानलाई चढाउन के के पाहुर चाहिन्छ ?
बरिलै फुलपाति अक्षता ।
गायिका हरिदेवी कोइरालाले गाएको यो गीत आमा हजुरआमाको मानस्पटलमा भरिपूर्ण भएको र जिब्रोमै झुन्डिएको गीत हो । यस्ता मिठा शब्दले सजिएका पहिलेका हाम्रो मौलिकता झल्किने गीत अहिलेका युवा पुस्ताले सुन्दैनन् । हामी आफैंले हाम्रो आफ्नो मौलिक कला,भाका,लय र संस्कृतीको जगेर्ना गर्नुपर्छ र अब आउँदै गरेका युवापुस्तालाई संरक्षणका लागि हस्तान्तरण गर्नुपर्छ । अधिकारकर्मीको नाममा हाम्रो मौलिकता लोप गराउन खोज्ने मान्छेको पछि लाग्नुहुँदैन । करिब डेढ दशक पहिलाका महिलाहरु आफ्नो समाजमा भएका घटना, अत्याचार, अन्याय र आफ्ना कष्टहरुलाई गीतमार्फत प्रस्तुत गर्दथे । अहिले निकै उत्ताउलो र भड्किलो बन्दै गइरहेको छ तीज ।

कलाकारहरुलाई राम्रै फाइदा पुगे पनि संस्कृति र मौलिकता जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हो । स्वदेशभित्रै पनि विभिन्न संघसस्था र कार्यलयहरुले समेत आफ्ना कार्मचारीलाई दर खुवाउने गर्छन् । गाँउदेखि शहरसम्मका चेलीहरु जम्मा भएर रमाइलो गर्नु निकै सकरात्मक पक्ष हो तर यसले चाडपर्वको गरिमालाई लत्याउनुभएन ।

नारीको चाड पर्व भनिए पनि गीतमा र नाच्ने शैलिमा रत्यौलीको झल्को देखिन्छ । गीतका शब्द, भाका र लय पनि उस्तै उत्ताउला, अपाच्य लाग्ने, दोहोरो अर्थ लाग्ने, भिडियो झन् उस्तै परिवारका सबै सदस्य बसेर हेर्न नमिल्ने खाल्का हुन्छन् । यस्तै अवस्था रहिरहने हो भने भोलिका पुस्ताले कसरी तीजको गरिमा र महत्वलाई सम्झला ? हामीले हाम्रा सन्ततीलाई के सिकाउने ? पहिला तीजको ब्रत बसेको दिन महिलाहरु दिनभर पानीसम्म पनि नखाई भोकै ब्रत बस्थे, अधिकांश महिलाहरु नजिक रहेको शिवमन्दिर, देवालयमा गई भगवान शिवको आराधना गर्थे, स्थुती गाउँथे साथै नाचगान तथा रमाइलो गर्ने गर्थे । तर आजभोलिका नयाँ पुस्ताहरु महिनौ अघि होटल, रेस्टुडेन्ट, बार, पार्टी प्यालेस ओगटेर स्वदेशी देखि विदेशी ब्रान्डका मदिरा सेवन गर्दै र उताउला खाल्को गीतमा नाचेर तीज मनाउदै आएका छन् ।

पुरुषहरुले तीजका गित गाँउनुहुँदैन भनिएको होइन । पहिलेपहिले पनि गाँउथे तर भाइ, दाइ, बुबा, काका माइतीको भूमिकामा रहेर सभ्य तरिकाले गाउँथे । अहिले माया प्रितिका, डेटिगंमा भेट्ने, सहवासमा जाने खालका गीतमा पुरुषहरु मस्किदै नाचेको देखिन्छ । नेपाली लोक गीत संगितमा आएको विकृति हटाउने भनेर खोलिएका संस्थाका जिम्मेवार व्यक्तिले बजारमा ल्याएको तीज गितको बारेमा छिरिक्क बोलेको पाइँदैन । उल्टै उनीहरु पनि च्यही गीतमा नाचिरहेका हुन्छन् । यो विषय केही वर्ष पहिला निकै विवादित बन्यो । बिगतको तीज गीत ढाडे बिरालो जस्तै यो गीत पुरै दुई अर्थ लाग्ने खाल्को छ ।

आधुनिकता र पूँजिवादको नाममा विकृतिले ठाँऊ पाउँदै गएको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहित महिलाहरु आफ्नो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बसि नाचगान र मनोरन्जन गर्छन् भने अविवाहितहरु सुयोग्य वरको आशा राखि ब्रत बस्छन् । तीजका गीतमा देखिएका विकृति मेटाउन सबैभन्दा पहिला जसले गीत गाउने हो उसले नै आफू कस्तो गाइरहेको छु भन्ने कुरा बुझ्न जरुरी छ ।

दसैंको गीत दसैंको जस्तो हुनुपर्छ । तिहारको गीत तिहारको जस्तो हुनुपर्छ भने तीजको गीत जस्तो गाए पनि हुन्छ ? गायक दुर्गेस थापाको गीतमा मस्कि मस्कि नाच्ने महिला आमा दिदीबहिनीले आफू कतिको चेतनशिल छु र आफ्नो संस्कृति पहिचानलाई कतिको माया गर्छु भनेर आफै मनन् गर्नेबेला आएको छ । चलचित्रमा सेन्सर बोर्ड छ तर लोकसंगीतमा सेन्सर बोर्ड छैन । त्यही भएर पनि छाडापनले ठाऊँ पाएको हुन सक्छ । यदि त्यस्तो हो भने लोकसंगितमा पनि सेन्सर बोर्ड राख्नुपर्छ । हाम्रो सम्पति हाम्रो संस्कार हो । तीजको मौलिकता लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो नै उजाडिन्छ ।

अहिले कोरोनाको सङ्क्रमण बढीरहेको छ । त्यसैले भनेजसस्तो, सोचेजस्तो गर्न नसकिएला तर पुर्खौँदेखि गर्दै आएको काम छाड्नु मनासिव हुन्न । यसो भयो भने त केही वर्षभित्र हाम्रा सबै पर्व, चाड समाप्त भएर जानेछन् । यसतर्फ निकै विचार पुर्याउन आवश्यक छ ।
हरेक जातजाति, धर्मावलम्बिहरुले आफ्नो आफ्नो पर्व आफ्नो रितिरिवाज अनुसार मनाउनुपर्छ । तीज नमनाउने त कुरै भएन तर अघिल्लो वर्ष कोभिडले भेला हुने वातावरण बनेन र यसपटक पनि सोही अवस्था भएकाले यसपालिको तीज अलि फरक तरिकाले मनाऔं । पहिले जुटथ्यौँ भने अब केही समयका लागि फुटौँ अलि टाढै बसौँ । ज्यान रहे तीज त अर्को पटक फेरि आइहाल्छ नि । मुख्यकुरा आफ्नो ज्यानको ख्याल राखौँ । कोरोना भाइरसलाई परास्त गरौँ । सोझै भन्ने हो भने हाम्रा पर्वहरुले हामीसँग मितेरी नै लगाएका छन् । जसबाट हामी अलग हुनै सक्दैनौँ । अझ तीज त झन् त्यस्तो पर्व हो जो विशेष महिलाकै लागि आउने गर्छ । मिठो खाने, राम्रो लगाउने, भेटघाट गराने माहोलसमेत सिर्जना गर्ने भएकाले पनि तीजको महत्व निकै छ ।

तीजको गीत अर्को आकर्षण हो । यतिबेला एल्बमहरु निकाल्नेको भिड नै लाग्छ बजारमा भने स्टेज सोहरु पनि उतिकै आयोजना हुन्छन् । विकृती र बिसंगतिलाई घोचपेच गरिएका गीतले निकै स्थान पाउने गरेको छ । तर अब यो पनि अब यो पनि थियो भन्नुपर्ने अवस्था सिर्जना भएको छ किनकि यसपटक हामी यसरी तीज मनाउने अवस्थामा छैनौँ । गायिका हरिदेवि कोइरालाको भनाइमा तीजका गीत भनेको पर्व, भाका, शैली र संस्कृतिसगँ जोडिएको हुनुपर्छ र सर्जकहरुले पनि यसलाई निकै ख्याल गर्न आवस्यक छ । तीजलाई तीज जस्तो सभ्य बनाउनुपर्यो । तीजमा चेलीले माइतीको बाटो हेरिरहेकी हुन्छिन्न् । यसको मतलब उनीहरु भेटभएपछि चेलि र माइतीबीचको सम्बन्ध र सुखदुःख साटासाट नि हुन्छ । यति ठूलो पारिवारिक आयाम जोडिएको छ । पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ । पछिल्लो पुस्तालाई निराशा मुलक गीत भन्दा पनि कही आशा जगाउने खालका गीतहरु दिनुपर्छ ।

अहिले नेपालमा बस्नेहरुले भन्दा पनि विदेशमा बस्ने नेपालीहरुमा तीजको मोह निकै बढी देखिन थालेको छ । महिनौं अगाडिदेखि कलाकार बोलाएर तीज मनाउने चलन बढ्दै गएको छ । कलाकारहरुलाई राम्रै फाइदा पुगे पनि संस्कृति र मौलिकता जोगियो कि जोगिएन भन्ने कुरा मुख्य हो । स्वदेशभित्रै पनि विभिन्न संघसस्था र कार्यलयहरुले समेत आफ्ना कार्मचारीलाई दर खुवाउने गर्छन् । गाँउदेखि शहरसम्मका चेलीहरु जम्मा भएर रमाइलो गर्नु निकै सकरात्मक पक्ष हो तर यसले चाडपर्वको गरिमालाई लत्याउनुभएन ।

सत्य सनातन हिन्दू धर्मावलम्बि महिलाहरुको पवित्र तथा महान पर्व तीज बिकृतीमा परिणत भयो । घरमा परिवार आमा दिदी बहिनीहरुको सामु बसिरहेका बेला टिभिमा कुनै तीज गित बज्यो भने आफू बसिरहेको ठाँउ छोडेर हिँड्नुपर्ने अवस्था समेत कतिपटक भोग्नु परेको छ । यस्तो अवस्था आउनुमा नारीहरुकै ठूलो हात छ र यस्ता विकृति बिसङ्गति हामी सबै मिलेर अन्त्य गर्नुपर्छ । भोलिका दिनमा यस्तो अवस्था नदोहोरियोस् भन्नेमा हामी सबै आफ्नो आफ्नो क्षेत्रबाट लागिपर्नुपर्छ । आउँदै गरेको नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना ।
..

Tags: चाडपर्वतीजतीजका गीतरिकेश निराैलाविचार

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
फोनिज १ नम्बर प्रदेश समितिले १० लाख रूपैयाँको अक्षयकोष स्थापना गर्दै

फोनिज १ नम्बर प्रदेश समितिले १० लाख रूपैयाँको अक्षयकोष स्थापना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.