Sunday, November 23, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

फोनिज १ नम्बर प्रदेश समितिले १० लाख रूपैयाँको अक्षयकोष स्थापना गर्दै

खबरबिट by खबरबिट
13/08/2021
in समाचार
0
फोनिज १ नम्बर प्रदेश समितिले १० लाख रूपैयाँको अक्षयकोष स्थापना गर्दै
106
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले आदिबासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारलाई सम्माण गर्ने उद्देश्यले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

फोनिज १ नम्बर प्रदेश समितिले उत्पीडित आदिबासी समुदायको भाषा, लिपी, संस्कृति, शिप, आर्थिक जीवन लगायत बारे समाचार उत्पादन तथा प्रकाशन÷प्रसारण गर्ने पत्रकारलाई बार्षिक रुपमा सम्मान गर्न १० राख राशीको “आदिबासी कलम सम्मान अक्षयकोष” स्थापना गर्ने घोषणा भएको हो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

फोनिजको साउन २७ गते २२ औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित भर्चुअल (जुम) प्रविधिमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अक्षयकोष घोषणा भएको फोनिज प्रदेश अध्यक्ष अर्जुन जमेली राईले जानकारी गराएको थियो ।

प्रदेश समितिले प्रस्ताव गरेको कार्यक्रममा फोनिज संघीय सचिव कमन देवानले २० हजार, प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले १० हजार, उपाध्यक्ष भूमिका फियाक लिम्बू, महासचिव बिदुर खवास, कोषाध्यक्ष शुसन राईले पाँच, पाँच हजारको दरले अक्षयकोषमा रकम जम्मा गर्ने घोषणा भएसँगै ४५ हजारको प्रतिबद्धता ब्यक्त भएको हो ।

कोषमा संघीय संगठन सचिव मिलन लिम्बू, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भीषण राई, १ नम्बर प्रदेश समिति उपाध्यक्ष हिमाकुमारी चेम्जोङ लिम्बू, संघीय प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष दिलकुमार लावति, फोनिज इलाम जिल्ला अध्यक्ष राम योङहाङ, मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लगायतले अक्षयकोष पुरा गर्न रकम जम्मा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आदिबासी जनजाति समुदायको संमृद्धि चाहने ब्यक्ति तथा संस्थाहरुसँग सहकार्य गर्दै अक्षयकोष पुरा गर्ने प्रदेश महा सचिव विदुर खवासले कार्यक्रममा जानकारी गराएका हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ, केन्द्रीय सचिवहरु, १ नम्बर प्रदेश इन्चार्ज दिपिन राई, प्रदेश सल्लाहकार संयोजक जनकऋषि राई लगायतका अतिथिहरुले शुभकामना दिएका थिए ।

शुभकामना दिने क्रममा संगठनका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपालका आदिबासी जनजातिहरुलाई सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा एकपछि अर्को सफलता मिल्दै गएको बताए । नेपालमा समानुपातिक, समावेसी राज्य व्यवस्था कायम गर्न आदिबासी पत्रकारहरुले निरन्तर कलम चलाउनु पर्ने अध्यक्ष गुरुङको भनाइ थियो । गुरुङले संगठनको स्थापना कालको स्मरण गर्दै हाल स्थापित केही पत्रकारहरु आदिबासी जनजाति पत्रकारमा संगठित हुन प्रस्ताव गर्दा भाग्ने, वचन लाउनेहरु अहिले आएर फोनिजसँग नजिक हुन, जोडिन तीव्र चाहना राख्ने अवस्था आएको बताए ।

फोनिज १ नम्बर प्रदेश समितिले नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गर्दै गत फागुन २१, २२ गते सुनसरीको रामधुनीमा प्रदेश भेला गरेका थिए । उक्त भेलाको उपलब्धीको चर्चा तथा फोनिज संघीय समितिद्वारा आवार्डेड (सम्मानित) पत्रकारहरु, पत्रकार महासंघमा प्रदेश, जिल्ला समितिमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई, फोनिज प्रदेशले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Tags: अक्षयकोष स्थापनानेपाल आदिवासी जनजाति पत्रकार महासंघपत्रकारफोनिज

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
भरुवा बन्दुकसहित बराहक्षेत्रका एक पक्राउ

भरुवा बन्दुकसहित बराहक्षेत्रका एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.